पार्टीको ह्वीप समेत नमान्ने सांसद गिरीलाई साधारण सदस्य समेत नरहनेगरी कावाही गरिने

पार्टीको ह्वीप समेत नमान्ने सांसद गिरीलाई साधारण सदस्य समेत नरहनेगरी कावाही गरिने

१ आश्विन, काठमाण्डौँ । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ ।
नेपालको नयाँ नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको उच्च स्रोतले बतायो ।

स्रोतका अनुसार सांसद गिरीले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गरेको र पार्टीले त्यो फिर्ता लिन ह्वीप जारी गर्दा पनि उनले नमाने पछि उनलाई स्वतः कारवाहीमा हुने छ ।

अहिले पार्टी अधयक्ष उपेन्द्र यादव बिराटनगरमा र बरिष्ठ नेता डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुवै नेता राजधानी फर्कन साथ उनलाई कारवाही हुने बबताईएको छ ।
समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद हुन् ।
सांसद गिरीलाई पार्टीको साधारण सदस्यबाट समेत हटाइने जसपाका एक नेताले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर