जसपाको ह्वीप सरिता गिरीले मानिनन्, कारवाही होला त ?

जसपाको ह्वीप सरिता गिरीले मानिनन्, कारवाही होला त ?


३१ जेष्ठ, काठमाण्डौँ । समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि संसद सचिवालयमा पेश गरेको संशोधन फिर्ता नलिने अडान पार्टी संसदीय दलको बैठकमा लिएको पाइएको छ ।

आज बसेको संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले संशोधन फिर्ता लिन आग्रह गरेपछि उनले फिर्ता नलिने अडान दोहोर्याएको सांसद प्रदीप यादवले बताउनुभयो ।

स्रोतका अनुसार संविधानको अनुसूची ३ को बारेमा संसदमा छलफल भयो भने मात्र फिर्ता लिने नत्र नलिने उनले बैठकमा कुरा राखेकी थिइन् ।

लगत्तै नयाँ नक्सा अनुसार निशान छाप परिमार्जनका लागि प्रतिनिधिसभामा प्रस्तुत गरिएको संविधान संशोधन विधेयकमा मतदान गर्न संसदीय दलले ह्रीप जारी गरेपछि सरिता गिरी बैठक छाडेर हिँडेकी थिइन् ।

उनी आफ्नो संशोधनको बारेमा संसदमै जवाफ दिने भन्दै बैठकबाट बाहिरिएकी थिइन् ।
तर, बैठकमा सरकारले ल्याएको विधेयकको पक्षमा मतदान गरिएन भने पार्टीप्रति नराम्रो सन्देश जाने भन्दै राष्ट्रिय अखण्डताका लागि एकजुट भएर मतदान गर्न उपेन्द्र यादवले बैठकमा आग्रह गर्नुभएको थियो ।

यादवले राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षमा पार्टीलाई एकजुट हुन आह्वान गर्दा सांसद सरिता गिरीले फेरि पनि संविधानको अनुसूची ३ मा बहसको माग गरेकी थिइन् ।

सरिता गिरी उठेर गएपछि समाजवादी पार्टी संसदीय दलले सभामुखलाई पत्र लेखेर सांसद गिरीले संसद सचिवालयमा पेस गरेको विधेयक अस्वीकृत गर्न आग्रह गरेको थियो । सोहीअनुसार उनको संशोधन प्रस्ताव अस्वीकृत भइसकेको छ ।

तर सांसद गिरीले आफ्नो संशोधन प्रस्ताव फिर्ता नलिएपछि उनलाई पार्टीले के कारवाही गर्ने भन्ने बारेमा जसपाले केही निर्णय गरेको छैन ।

तर जिम्बाब्बेका तत्कालिन राष्ट्रपति रबर्ट मुगाबेका केही भनाइहरुले रंगभेद कहिल्यै समाप्त नहुने संकेत गर्छन् । मुगाबेले भनेका थिए— सेता कारहरुले काला टायरहरु लगाउञ्जेलसम्म, सेतो रंगले शान्ति र कालो रंगले कुसाइत जनाउञ्जेलसम्म, बिहेमा सेता लुगा र अन्त्येष्टीमा कालो लुगा लगाउञ्जेलसम्म रंगभेद समाप्त हुँदैन ।

प्रतिक्रिया:

सम्बन्धित खवर