राजनीति
नेकपाका ‘हेभिवेट’ नेताहरुको निशाना राष्ट्रपति माथीः महाभियोग लगाउने सम्मको रणनीति
२० असार, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीभित्रको एक समुहले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउने सम्मको रणनीति तयार गरेको खुलासा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन तयार नभएको र ओलीले चालेको कदमलाई धमाधम अनुमोदन गर्न थालेको भन्दै उक्त समुहले महाभियोग लगाउने सम्मको रणनीति तयार गरेको बुझिएको छ । प्रचण्ड निवास खुमलटारमा ओलीइतर समुहको बैठक बसी ओलीले चाल्न सक्ने कदमलाई दृष्टिगत गरी महाभियोग सम्म लगाउने रणनीति तयार भएको विश्वस्त..
नयाँ आइजिपीको लागि दौडधुप सुरुः थापा र पालमध्ये कसले बाजी मार्ला ?
२० असार, काठमाण्डौँ । नेपालमा राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा अधिकांश प्रहरी प्रमुख चयन भएका छन् । असार २४ गतेदेखि वर्तमान प्रमुख ठाकुरप्रसाद ज्ञवाली उमेरहदका कारण अनिवार्य अवकास हुँदैछन् । र अबका प्रहरी प्रमुख को बन्ला भन्ने चासो बढेको छ । गत माघमा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएका ज्ञवालीले आगामी असार २५ गते अनिवार्य अवकाश पाउने मिति नजिकिँदै गर्दा ज्ञवालीको उत्तराधिकारी हुने दौड प्रहरीभित्र सुरू भएको हो । नेपाल प्रहरी..
नेकपाको स्थायी समिति बैठक फेरि स्थगित
२० असार, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । पार्टीभित्र देखिएका विवाद समाधानका लागि प्रयास गर्न बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । स्रोतकाअनुसार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा कुराकानी भएर बैठक स्थगित गरिएको हो । स्थायी समितिको अर्काे बैठक असार २२ गतेका लागि..
प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्दिनँः प्रधानमन्त्री ओली
१९ असार, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट नहट्ने चट्टानी अडानमा उभिनुभएको छ । पार्टीले जे गर्छ गरोस्, तर आफूले दुवै पद नछाड्ने प्रधानमन्त्री ओलीको दृढ अडान छ । प्रधानमन्त्रीको यही अडानका कारण दुई अध्यक्षबीच समझदारीका लागि एक दिन समय लिएर स्थगित भएको नेकपा स्थायी कमिटी बैठकअघि कुनै चमत्कार हुने संकेत देखिएन । आज तीन घण्टासम्म बालुवाटारमा चलेको दुई अध्यक्षबीचको छलफलमा ओली आफ्नो अडानबाट..
नेपाल र चीनबीच सिमा विवाद छैन, दुई देशको सम्बन्धमाथि प्रहार गर्न खोजियोः राजदूत यान्छी
१६ असार, काठमाण्डौँ । नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन र नेपालबीच सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्दै दुई देशबीच सीमा विवाद नरहेको बताउनुभएको छ । गोरखापत्रलाई दिएको विशेष अन्तर्वार्तामा राजदूत यान्छीले कालापानी नेपाल र भारतबीचको विषय भएको र वर्तमान विषम परिस्थितिमा भइरहेको विवादलाई दुवै पक्षले सौहार्दपूर्ण संवाद तथा आपसी सहमतिका आधारमा टुङ्ग्याउने आफ्नो विश्वास रहेको बताउनुभएको छ । चीनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई..
प्रधानमन्त्रीबाट मलाई हटाउने सपना कसैले नदेखे हुन्छः प्रधानमन्त्री ओली
१४ असार, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको जारी नयाँ नक्सामा समावेश गरिएको लिम्पियाधुरासहित नेपालको भूमि फिर्ता लिई छाड्ने बताउनु भएको छ । मदन भण्डारीको ६९औँ जन्म जयन्तीका अवसरमा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अरूको जमिनमा दाबी नगरी आफ्नो जमिन फिर्ता ल्याउन खोजेर नेपालले कुनै गल्ती नगरेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले नक्सा छापे बापत र संविधानमा नक्सा समावेश गरे बापत प्रधानमन्त्री हटाउँछु भन्ने सपना कसैले..
नेकपा स्थायी कमिटी बैठकः नेपाल भारत सीमामा तारबार लगाउन माग
१२ असार, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेपाल भारत सीमामा तारबार लगाउनुपर्ने मत बलियोसँग प्रकट भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा स्थायी कमिटी सदस्यहरूले सीमा नियमन मात्र होइन, सिल गर्नुपर्ने धारणा समेत राखेका छन् । बैठकको सुरुमा नै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल भारत सीमा विवादको ऐतिहासिक तथ्यसहित आफ्नो धारणा राख्नुभएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा १८ जनाले..
प्रधानमन्त्री ओली बिना नै नेकपाको स्थायी कमिटी बैठक जारी
१२ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । तर, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा उपस्थित भएका हुनुहुन्न । बैठकमा आफू उपस्थित हुन केही समय लाग्ने जानकारी गराउँदै ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बैठक सञ्चालन गर्न आग्रह गरेको र सोहीअनुसार दाहालको अध्यक्षतामा बैठक जारी रहेको एक नेताले जानकारी दिए । ती नेताकाअनुसार ओलीले आफू अर्कै काममा व्यस्त भएकोले बैठकमा आउन..
नागरिकता विधेयकमा ओली सरकारलाई देउवाको ‘ग्रीन सिग्नल’
११ असार, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा विचको आत्मीयता पछिल्लो समय झाङ्गिदै गएको छ । केही अभिव्यक्ती र संसद्मा पेश भएका केही विवादस्पद् विधेयकका कारण आलोचित बनिरहेका प्रधानमन्त्री ओलीलाई देउवाको बलियो साथ रहेको देखिन थालेको छ । केही दिन अघि मात्र प्रतिनिधिसभाको सुसासन तथा राज्य व्यवस्था समितीले बहुमतले पारित गरेको नागरीकता विधेयकमा सभापति देउवाले पनि घुमाउरो..
प्रधानमन्त्री ओलीको स्पष्ट धारणाः ‘कसैले विरोध गर्दैमा राजीनामा दिईदैंन’
१० असार, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले विरोध गर्दैमा राजीनामा नदिने बताउनुभएको छ । उहाँले आरोपहरुको सामना गरेर बढ्ने भन्दै कसैले विरोध गर्दैमा राजीनामा दिईहाल्नुनपर्ने बताउनुभएको हो । आज बसेको स्थायी कमिटि बैठकमा सहभागी एक नेताका अनुसार सरकारलाई कमजोर बनाउने प्रयास भइरहेको बताउँदै ओलीले प्रतिवादको शैलिमा प्रस्तुत हुनुभएको थियो । उहाँले पार्टीभित्रैबाट सरकारलाई असहयोग भइरहेको समेत बताउनुभयो । उहाँले गरेको प्रश्न उदृत..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७