संविधान संशोधन विद्येयकमाथी छलफल जारी, संशोधनको पक्षमा सांसदहरु (लाईभ भिडियो सहित)

२७ जेष्ठ, काठमाण्डौँ । संविधान संशोधन विधेयकमाथि संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा छलफल सुरू भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङ्फले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । संशोधन प्रस्ताव पेस भएलगत्तै सभामुख अग्नि सापकोटाले आजको बैठकमा छलफल अघि बढाउनुभएको हो । अहिले सांसद्हरुले विधेयकमाथि आ–आफ्नो धारणा राखिरहेका छन् । यसमा सम्पुर्ण दलका नेताहरुले एक भएर संविधान..

जसपाका असन्तुष्ट नेताहरु विच बैठक जारी, सरिता गिरीको बिषयमा नेताहरु दुई धारमा

२७ जेष्ठ, काठमाण्डौँ । नवगठित जनता समाजवादी पार्टी नेपालमा दर्ता नहुँदै विवाद उत्पन्न भएको छ । ५१ सदस्यीय कार्यसमिति सहित जेठ २५ गते निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिएको थियो । पार्टी दर्ताका लागि आयोगमा निवेदन दर्ता गराएपछि थुप्रै नेताहरु असन्तुष्ट बनेका हुन् । तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्यहरु अनिलकुमार झा र राजकिशोर यादव निर्वाचन आयोग नै पुग्नु भएन । ५१ सदस्यीय कार्यसमितिमा आफ्नो मान्छे नपरेको कुरामा..

सरकारको विरोध गर्दे बालुवाटारमा प्रदर्शन गर्नेलाई पानीको फोहोरा, १० जना नियन्त्रणमा

२७ जेष्ठ, काठमाण्डौँ । सरकारको विरोधमा बालुवाटारमा प्रदर्शन भएको छ । कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकार गम्भिर नभएको र प्रयास फितलो भएकोमा विवेकशली नेपाली दल र डा. गोविन्द केसी समर्थकहरु आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअघि प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहोराले हानेको थियो । सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप पनि भएको थियो । प्रदर्शनकारीहरुले कोरोना भाइरसको परीक्षण पीसीआर विधिबाट मात्रै गर्नुपर्ने, क्वारेन्टिन सेन्टरहरु पूर्ण सुरक्षित बनाउनु..

असार १ देखि सिकाइमा निरन्तरता दिइन्छः शिक्षामन्त्री पोखरेल

२७ जेष्ठ, काठमाण्डौँ । कोरोनाभाइरसका कारण स्थगित परीक्षाहरुबारे अब धेरै दिन अन्यौलता नरहने भएको छ । शिक्षामन्त्री गिरीराजमणी पोखरेलले स्थगित परीक्षबारे अब धेरै दिन अन्यौलन नरहने जानकारी दिनुभएको हो । मन्त्री पोखरेलले आज संसदमा सांसदहरुले गरेका प्रश्नहरुको जवाफ दिँदै कक्षा १० देखि विभिन्न तहका स्थगित परीक्षाबारे मन्त्रालयले चाँडै योजना सार्वजनिक गर्ने बताउनुभएको हो । ‘महामारीका कारण अवरुद्ध भएको कक्षा १०,११ र १२ तथा विश्वविद्यालयका विभिन्न परीक्षा र सीटीईभिटीका परीक्षाका सम्बन्धमा..

प्रतिपक्षले राम्रो भन्नै नहुने, प्रतिपक्षको राम्रो कुरा पनि सुन्नै नहुनेः कृषिमन्त्री भुषाल

२६ जेष्ठ, काठमाण्डौँ । कृषिमन्त्री घनश्याम भुषालले सरकारप्रति घुमाउरो ढंगले असन्तुष्टि जनाउनुभएको छ । कृषि मन्त्रालयको बजेट विनियोजनमाथि संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै कृषिमन्त्री भुषालले संसदीय प्रणाली र मन्त्रिमण्डलमा देखिएको अनावश्यक औपचारिकताका कारण यो प्रणाली नै ध्वस्त भएको बताउनुभयो । सांसद प्रदीप गिरिको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो–‘हामी संसदीय प्रणालीभित्र निकै औपचारिक भयौं । प्रतिपक्षले सत्तापक्षलाई राम्रो भन्नै नहुने, सत्तापक्षले प्रतिपक्षको राम्रो कुरा पनि सुन्नै नहुने भयो । त्यस्तैगरी मन्त्रिमण्डलमा..

कोरोना भाईरसको असर सकिएको ६ महिना भित्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्छौँः मन्त्री भट्टराई

२६ जेष्ठ, काठमाण्डौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले कोरोना संक्रमणको असर अन्त्य भएको ६ महिनाभित्र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो मन्त्रालयमाथी सांसद्हरुले उठाएको प्रश्नहरुको उत्तर दिँदै उहाँले विमानस्थल निर्माण कार्यको अन्तिम चरणमा आफूहरू पुगेको बताउनुभएको हो । उहाँले भन्नुभयो–‘कोरोना संक्रमणको असर नभएको भए आज गौतमबुद्ध विमानस्थलबाट दोहा– कतार उड्न पाइन्थ्यो । कोरोना संक्रमणको स्थिति नर्मल भएको ६ महिनाभित्र..

प्रतिष्ठामा आँच पुर्याउने अभिव्यक्ति आएको भन्दै प्रमाणित गरेर देखाउन खेलकूदमन्त्रीको चुनौति

२६ जेष्ठ, काठमाण्डौँ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले एकजना सांसदले आफ्नो प्रतिष्ठामा आँच पुरयाउने अभिव्यक्ति दिएको भन्दै सो अभिव्यक्तिलाई प्रमाणित गर्न चुनौति दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो मन्त्रालय माथी सांसद्हरुले उठाएहो प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । ‘व्यक्तिको इज्जत, प्रतिष्ठा, इमान र छबिलाई बिना आधार कसैलाई धमिल्याउने छुटकसैलाई छैन । विना प्रसंगका विषय जोडेर कुनै मन्त्रीलाई विवादमा तान्न खोज्नु हुदैन ।’ उहाँले भन्नुयो–‘सार्वभौम संसदको..

वैज्ञानिक वन व्यवस्थापनमा मन्त्रालयको कुनै सहभागिता नभएको वनमन्त्री बस्नेतको दावी

२६ जेष्ठ, काठमाण्डौँ । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वैज्ञानिक वन व्यवस्थापनमा मन्त्रालयको कुनै सहभागिता नरहेको दावी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो मन्त्रालयमाथी सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री बस्नेतले वैज्ञानीक वन व्यवस्थापनमा अनियमितता भएको कुरा आएको तर यसमा संघीय सरकार र मन्त्रालयको कुनै सहभागिता नरहेको दावी गर्नुभयो । वैज्ञानिक वन व्यवस्थापनको विषयमा सांसदहरुले मेचीदेखि महाकालीसम्म २८ अर्ब रुपैयाँ बराबरको ५६ लाख क्वीफिट..

असार १५ देखी दैनिक १० हजार जनाको पीसीआर टेष्ट गर्ने छौँः स्वास्थ्य मन्त्री ढकाल

२६ जेष्ठ, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जुनसुकै कारणले मृत्यु भएपनि मृतकमा कोरोना भाइरसको संक्रमण छ कि छैन भनेर मृत्युपछि पनि पीसीआर टेष्ट गरिने बताउनुभएको छ । आज प्रतिनिधिसभा बैठकमा सांसदहरु ऋाफ्नो मन्त्रालय माथी उठाएका प्रश्नहरुको जवाफ दिँदै उहाँले जुनसुकै कारणले मान्छेको मृत्यु भएपनि मृतकको शरीरमा कोरना भाइरसको संक्रमण थियो भने उसको सम्पर्कमा रहेका परिवारका सदस्यहरु तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको कन्ट्रयाक ट्रेसिङ गर्ने प्रयोजनका लागि तथा शव..

अर्को बर्ष नेपालको झण्डा फहराउँदै जयनगर–जनकपुर रेल गुड्छः यातायात मन्त्री नेम्वाङ

२६ जेष्ठ, काठमाण्डौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले आगामी आर्थिक वर्ष २०७७/०७८ मा नेपालको झण्डा फहराउँदै जयनगर–जनकपुर रेल गुड्ने जिकिर गर्नुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा सांसद्हरुले आफ्नो मन्त्रालय माथी उठाएको प्रश्नहरुको जवाफ दिँदै मन्त्री नेम्वाङले काठमाडौं केरुङ, काठमाडौं रक्सौल रेलमार्ग डिपिआर तयारका लागि छिमेकी मुलुक भारत र चीनसँग सम्झौता गरेर अगाडि बढाइएको जानकारी दिनुभयो । ‘आउने वर्ष २०७७/७८ भित्र नेपालको झण्डा फहर्याएर जयनगरबाट जनकपुर रेल..