१९ असार, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट नहट्ने चट्टानी अडानमा उभिनुभएको छ । पार्टीले जे गर्छ गरोस्, तर आफूले दुवै पद नछाड्ने प्रधानमन्त्री ओलीको दृढ अडान छ ।
प्रधानमन्त्रीको यही अडानका कारण दुई अध्यक्षबीच समझदारीका लागि एक दिन समय लिएर स्थगित भएको नेकपा स्थायी कमिटी बैठकअघि कुनै चमत्कार हुने संकेत देखिएन । आज तीन घण्टासम्म बालुवाटारमा चलेको दुई अध्यक्षबीचको छलफलमा ओली आफ्नो अडानबाट टसमस नभएको स्रोतले बताएको छ ।
तत्कालीन एमाले र माओवादीको एकता गर्ने गोप्य सहमतिका दुई साक्षी महासचिव बिष्णु पौडेल र अर्का नेता जनार्दन शर्मालाई समेत राखेर केपी ओलीसँग अर्का अध्यक्ष प्रचण्डले आज बालुवाटारमा लामो छलफल गर्नुभएको थियो ।
प्रधानमन्त्री ओली र प्रचण्डबीच आज बालुवाटारमा मन माँझेर नै छलफल भएको बताईएको छ । पार्टी नै फुट्ने खतरा बढेपछि नेताहरुबीच लामो छलफल भएको होे ।
तर प्रधानमन्त्रीको अडानका बावजुत पनि छलफल हदसम्म सकारात्मक मोडमा पुगेको बताईएको छ । तर, निष्कर्ष निस्किएको छैन ।
प्रधानमन्त्री पद पनि पाँच वर्ष चलाउन दिन भनेको बुझिएको छ । दुवै नेताले आ आफ्नो प्रस्ताव राखेपछि थप छलफल गरी निर्णयमा पुग्ने सहमति भएको स्रोतको दावि छ ।