राजनीति

नयाँ नक्सा संविधानमा समेट्ने संशोधनको पक्षमा मतदान गर्ने जसपाको निर्णय
३० जेष्ठ, काठमाण्डौँ । जनता समाजवादी पार्टी, नेपालले संविधानको अनुसूची–३ संशोधन गर्न संसदमा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आज बसेको पदाधिकारी बैठकले संविधानलाई संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय लिएको हो । बालकुमारीस्थित पार्टी कार्यलयमा बसेको जपसा पदाधिकारी बैठकले संशोधन सम्बन्धि प्रक्रियामा पक्षमा उभिने निर्णय गरेको हो । सोही पार्टीकी सांसद सरिता गिरीले भने सरकारी विधेयक खारेजीको माग गर्दै प्रस्ताव दर्ता गराएकी छिन् ।..

कार्यसमिति सच्याउन महन्थ ठाकुरलाई पार्टीभित्र दबाब, राजकिशोर यादव र अनिलकुमार झा अन्यायमा
३० जेष्ठ, काठमाण्डौँ । नवगठित जनता समाजवादी पार्टी नेपाल असन्तुष्टिको भूमरीमा फँसेको छ । दुवै पार्टीले जसपा नेपाल दर्ताका लागि जेष्ठ २५ गते निर्वाचन आयोगमा निवेदन दर्ता गराएको थियो । ५१ सदस्यी कार्यसमितिसहित दर्ताका लागि निवेदन दिएपछि पार्टीमा असन्तुष्टि चुलिएको हो । असन्तुष्टिहरु सतहमा आएपछि जसपा नेपालको पदाधिकारीको बैठक बसेको थियो । बिहीबार बसेको पदाधिकारी बैठकमा तत्कालिन राजपा नेपालका अधिकांश नेताहरुले असन्तुष्टि जनाएको विषयमा छलफल भएको थियो । पार्टी दार्ताका..

लिम्पियाधुरा, लिपुलेक र कालापानीका स्थानियहरु भरतीय प्रहरीको आइजी देखि डिआइजीसम्म
३० जेष्ठ, काठमाण्डौँ । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्शा जारी भएपछि पूर्व झापा देखि कञ्चनपुरसम्म खुशियाली छाएको छ । अहिले आम नेपाली नागरीकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ईतिहासकै ‘राष्ट्रवादी’ नेताको रुपमा लिएका छन् । तर लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नक्शामा नेपालले आफ्नो बनाइसक्यो जमिन भारतले नै भोगचलन गर्दै आएको छ । उक्त क्षेत्रका तीन हजार जनसंख्याबारे भने सरकार बेखबर जस्तै छ । नक्शा बनाएपछि सरकारले प्रमाण..

लकडाउन खुकुलो बनाउने सरकारको निर्णयः कार्यालय दुई सिफ्टमा सञ्चालन हुने
२९ जेष्ठ, काठमाण्डौँ । सरकारले जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले आजको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । अर्थ तथा सञ्चारमन्त्री समेत रहनुभएका मन्त्री खतिवडाले पत्रकार सम्मेलनमा स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला गर्ने निर्णय भएको जानकारी दिनुभयो । जसअनुसार निजी क्लिनिक समेत सञ्चालन हुनेछन् । यसैगरी सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री..

सरकारको विरुद्धमा राजधानीमा प्रदर्शन, प्रहरीद्धारा पानीको फोहोरा, अश्रुग्यास र लाठी चार्ज
२९ जेष्ठ, काठमाण्डौँ । सरकारको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र लाठी चार्ज गरेको छ । विरोधमा उत्रिएकाहरुलाई प्रहरीले धरपकड गरेको थियो । उनीहरुमाथि पानीको फोहोरा प्रहार गरिएको थियो । प्रदर्शनकारीहरुले सरकारले दश अर्ब पैसा के मा खर्च गर्यो ? कर केका लागि ? जस्ता प्रश्न गरेका थिए । उनीहरुले बोकेका प्लेकार्डमा हरेक चीजमा भ्रष्टाचार, हाम्रो नेपाल हाम्रो शान, हरेक चीजमा अनुदान, शक्तिमा भएका मानिहरुभन्दा मानिसको शक्ति बलियो,..

सरिता गिरीले हालेको संशोधन फिर्ता लिन जसपाको निर्देशन, फिर्ता नलिए कारवाही गर्ने
२८ जेष्ठ, कठमाण्डौँ । जनता समाजवादी पार्टी नेपाल(जसपा)की सांसद सरिता गिरीले संविधान संसोधन विधेयक दर्ता खारेजीको माग गर्दे संसोधन दर्ता गराएपछि पार्टीले सो निर्णय फिर्ता लिन निर्देशन दिएको छ । लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै उनले आज संशोधन दर्ता गराए पछि जसपा नेपालले सो निर्देशन जारी गरेको हो । पार्टी एकीकरण प्रकृया सम्पन्न भईनसकेको हुनाले सांसद् गिरीलाई तत्कालिन समाजवादी पार्टीको तर्फबाट निर्देशन दिइएको छ..

सरकार शक्ति केन्द्रित गर्ने मनसायमा छैनः प्रधानमन्त्री ओली
२८ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको वर्तमान सरकारलाई शक्ति केन्द्रित गर्ने कुनै ख्वाब नभएको स्पष्ट पार्नुभएको छ । आज संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले भने,‘अहिलेको सरकारलाई शक्तिकेन्द्रित गर्ने कुनै ख्वाब छैन् । शक्ति कायम राख्ने यसको उद्देश्य होईन् । यसको उद्देश्य त बरु विभिन्न निकायको, अंगहरुको प्रभावकारिताको अभिवृद्धि हो । ती निकायहरुको प्रभावकारि परिचालनको विषय हो । त्यसबाट देशमा सुशासन..

संसदमा प्रधानमन्त्रीको सम्बोधन सुरु (लाईभ भिडियो)
२८ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसदमा सम्बोधन सुरु भएको छ । सांसदहरुले प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयमाथी उठाएका प्रश्नकहरुको उहाँले जवाफ दिनुहुने छ । लाईभ हेर्नुहोस्ः https://www.youtube.com/watch?v=_WOmtbu_KG8

सरिता गिरीलाई संसद पदबाट हटाउन युवा संघको एक हप्ताको अल्टिमेटम
२८ जेष्ठ, काठमाण्डौँ । संघीय संसद सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)की नेतृ सरिता गिरीले संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हीत विपरित अभिव्यक्ति दिएको भन्दै नेकपा सम्वद्ध राष्ट्रिय युवा संघ नेपालले आपत्ती जनाएको छ । गिरीलाई संसद सदस्यबाट अविलम्व फिर्ता बोलाउन सम्बन्धित राजनीतिक दललाई संघलेसमेत गरेको छ । त्यसै गरी यस्तो गैर आचरण र कार्य गर्ने निजलाई कानुन बमोजिम कारवाही गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ ।..

संविधान संशोधनमा सबै दलको समर्थन, सरकारलाई भूमि फिर्ता ल्याउने तयारी थाल्न आग्रह
२७ जेष्ठ, काठमाण्डौँ । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर जारी गरिएको नक्साअनुसार संविधानको अनुसुची ३ मा रहेको निशान छाप संशोधन गर्नका लागि संसदमा पुगेको नेपालको संविधान संशोधन प्रस्तावमा संघीय संसदमा सबै दलले समर्थन जनाएका छन् । उक्त विधेयकमा समर्थन जनाउँदै सबै दलका सांसदले अब भूमि फिर्ता ल्याउनका लागि कूटनीतिक पहल गर्न पनि सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा संविधान संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा बोल्दै सत्तारुढ नेकपाका साथै..