प्रधानमन्त्रीबाट मलाई हटाउने सपना कसैले नदेखे हुन्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्रीबाट मलाई हटाउने सपना कसैले नदेखे हुन्छः प्रधानमन्त्री ओली

१४ असार, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको जारी नयाँ नक्सामा समावेश गरिएको लिम्पियाधुरासहित नेपालको भूमि फिर्ता लिई छाड्ने बताउनु भएको छ ।

मदन भण्डारीको ६९औँ जन्म जयन्तीका अवसरमा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अरूको जमिनमा दाबी नगरी आफ्नो जमिन फिर्ता ल्याउन खोजेर नेपालले कुनै गल्ती नगरेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले नक्सा छापे बापत र संविधानमा नक्सा समावेश गरे बापत प्रधानमन्त्री हटाउँछु भन्ने सपना कसैले नदेखे हुन्छ भन्दै नेपालको राष्ट्रियता कमजोर नरहेको बताउनुभयो ।

‘ले भन्नुभयो–‘म तपाईहरुलाई यत्ति भन्दिन्छु–नक्सा छापेवापत, संविधानमा नक्सा सामेल गरेवापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले सपना देख्या छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन । यो नसोचे पनि हुन्छ ।’

प्रधानमन्त्री ओलीले जननेता मदन भण्डारीका स्पष्ट विचाहरु र लोकतन्त्रको सन्दर्भ आज पनि उत्तिकै सशक्त र सान्दर्भिक रहेको भन्नुहुँदै देशको राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमिकता विषयमा उहाँले उठाउनु भएका विषय अहिले पनि सान्दर्भिक रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कुनै पनि देशको सार्वभौम सत्ता सानो वा ठुलो नहुने भन्नु हुँदै नेपाल दुई देशबिचमा रहेको सार्वभौम र स्वतन्त्र र गर्व गर्न लायक इतिहास बोकेको मुलुक भएकाले राष्ट्रियताका लागि सधैँ एकजुट भइरहने बताउनुभयो ।

‘तपाईंहरूले पनि सुन्नु भएको होला, हप्तार१५ दिनमा प्रधानमन्त्री परिर्वतन हुँदैछ भनिँदैछ’ उहाँनले भन्नुभयो, ‘भारतका मिडिया सुन्नु भएको होला, भारतका बौद्धिक बहसहरू सुन्नु भएको होला । कसरी भारतको राज्य संयन्त्र सक्रिय छ ‘।’

प्रधानमन्त्री ओलीले विश्वलाई नै आक्रान्त पारेको कोभिड १९ ले कारण देशको आर्थिक वृद्धिदर सोचे भन्दा बढी असर पारे पनि यसको सामना गरेर अघि बढ्ने बताउनुभयो ।

मदन भण्डारी फाउण्डेसनका अध्यक्ष उषाकिरण भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाउण्डेसनका तर्फबाट कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु पाँच लाख सहयोग गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर