राजनीति

एमसिसीबारे छलफल गर्न नेकपा सचिवालयको बैठक आज बस्दै
३१ जेष्ठ, काठमाण्डौँ । आज एमसिसीबारे छलफल नेकपा सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा आज अपरान्ह ४ बजे बैठक बस्ने तय भएको नेकपाका एक नेताले बताए । आजको बैठकमा एमसिसी कार्यदलका सदस्यहरुलाई पनि बोलाइएको छ । नेकपाले एमसिसीबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सदस्य रहनुभएको छ । कार्यदलले एमसिसी..

ऐतिहासिक निर्णयः संविधान (दोस्रो संशोधन) विधेयक संसदबाट सर्वसम्मतले पारित
३१ जेष्ठ, काठमाण्डौँ । मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न आज नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ । दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट सर्वसम्मतले पारित भएको हो । प्रतिनिधिसभा बैठकमा २५८ सांसद उपस्थित थिए । उनीहरू सबैले संविधान संशोधनको पक्षमा अर्थात हुन्छ..

जसपाको ह्वीप सरिता गिरीले मानिनन्, कारवाही होला त ?
३१ जेष्ठ, काठमाण्डौँ । समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि संसद सचिवालयमा पेश गरेको संशोधन फिर्ता नलिने अडान पार्टी संसदीय दलको बैठकमा लिएको पाइएको छ । आज बसेको संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले संशोधन फिर्ता लिन आग्रह गरेपछि उनले फिर्ता नलिने अडान दोहोर्याएको सांसद प्रदीप यादवले बताउनुभयो । स्रोतका अनुसार संविधानको अनुसूची ३ को बारेमा संसदमा छलफल भयो भने मात्र फिर्ता लिने नत्र नलिने उनले..

संविधान संसोधन विधेयकको पक्षमा मतदान गर्ने समाजवादी पार्टीको धारणा
३१ जेष्ठ, काठमाण्डौँ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले जनतासामु माफी माग्नुपर्ने बताउनुभएको छ । नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा बोल्दै अध्यक्ष यादवले सुगौली सन्धीभन्दा राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले माफी माग्नुपर्ने बताउनुभयो । सुगौली सन्धीले महाकाली पश्चिमको भूमि भारतको भनेपनि महाकाली नदीको भूभाग नै सीमा भएको कुरा राष्ट्रघाती महाकाली सन्धीमा उल्लेख भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नेपाल इष्ट इण्डीया..

राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आईपुगेका छौंः प्रचण्ड
३१ जेष्ठ, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आईपुगेको भन्दै गर्व महशुस गर्नुभएको छ । प्रचण्डले संविधान संशोधनका लागि सहयोग गर्ने सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई धन्यवादसमेत दिनुभएको छ । आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो,‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेका छौं,..

कूटनीतिक प्रयासबाट भूमि फिर्ता ल्याउन समर्थन र साथ रहन्छ: देउवा
३१ जेष्ठ, काठमाण्डौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मलुकको सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम भएको बताउनुभएको छ । सरकारले ल्याएको संविधान संशोधन विधेयक मुलुकको हितमा भएका कारण कांग्रेसले केन्द्रीय समिति र संसदीय दलले समर्थन गरेको उनले प्रष्ट पार्नुभयो । लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै देउवाले मुलुकको अखण्डताको पक्षमा देखिएको राष्ट्रिय एकतालाई कायम..

संविधान संशोधन विधेयक आज पारित हुँदै, सांसद गिरीले प्रस्ताव फिर्ता लिन्छिन् त !
३१ जेष्ठ, काठमाण्डौँ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । उक्त बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । संभावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ । छलफलपछि कानुनमन्त्री तुम्बाहाङ्फेले नै उक्त विधेयकलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ । लिम्पियाधुरा,..

झापासहित देशका विभिन्न स्थानमा आज पनि सरकार विरुद्ध प्रदर्शन हुँदै
३१ जेष्ठ, झापा । झापा सहित देशका विभिन्न स्थानमा आज पनि सरकार विरुद्ध प्रदर्शन हुँदैछ । कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै युवाले मुलुकका प्रमुख शहरमा प्रदर्शन गर्न लागेका हुन् । काठमाडौंको माइतीघर मण्डलामा दश बजेपछि सामाजिक दुरी कायम गरेर प्रदर्शन गर्ने तयारी युवाहरुको छ । प्रहरीले भने गैरकानुनी रूपमा हुने जुनसुकै हूलहुज्जत तथा भीड नियन्त्रणमा लिइने जनाएको छ । आजै सुर्खेत, झापाको दमक, नवलपरासी, भक्तपुर लगायतका स्थानमा समेत प्रदर्शन हुने..

सांसद सरिता गिरीको विषयमा आज बस्ने जसपा संसदीय दलको बैठकले निर्णय लिने
३१ जेष्ठ, काठमाण्डौँ । आफ्नै पार्टीकी सांसद सरिता गिरी संविधान संशोधनको विपक्षमा उभिएपछि के गर्ने भनेर छलफल गर्न समाजवादी पार्टी संसदीय दलको बैठक आज बस्ने भएको छ । नेपालको नयाँ नक्सा निशानछापमा अध्यावधिक गर्न संविधान संशोधन गरिँदै छ । तर, समाजवादी पार्टीकी सांसद गिरीले त्यसको विरोध गर्दै संविधान संशोधन गर्न नहुने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएकी छन् । समाजवादी पार्टीले आफ्नो प्रस्ताव फिर्ता लिन गिरीलाई निर्देशन दिए पनि गिरीले मानेकी..

कोरोना महामारीको समयमा राजनीति प्रवेश भएको स्वास्थ्यमन्त्रीको भनाई
३० जेष्ठ, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीतिको प्रवेश भएको बताउनुभएको छ । आज स्वास्थ्य मन्त्रालयमा कान्ति बाल अस्पतालको ई–टिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले कोरोना महामारीमा राजनीति घुसाइएको प्रतिक्रिया दिनुभएको हो । उहाँले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको पनि बताउनुभयो । पिसिआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय देशभर सरकारविरुद्ध भइरहेका प्रदर्शनहरूलाई लक्षित गर्दै मन्त्री ढकालले कोरोनामा राजनीति मिसिने खतराहरू बढेको बताउनुभयो ।..