नेकपा स्थायी समिति बैठक १ बजे पछि बस्ने

६ श्रावण, काठमाण्डौँ । आज(मंलवार) ११ बजे बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक मध्यान्न १ बजे सम्मका लागि सरेकोे छ । यसअघि आइतबार ११ बजे बस्ने तय भएको स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्ने जानकारी आएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । स्रोतका अनुसार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको कुराकानीपछि ११ बजेको बैठक २ घण्टा पछि सारिएको हो । नेकपामा आन्तरिक किचलो बढेपछि..

प्रचण्डले बोलाएको भेला समय सान्दर्भिक नभएको लेखराज भट्टको टिप्पणी

६ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा उद्योगमन्त्री लेखराज भट्टले हिजो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको पूर्व माओवादी केन्द्रतर्फका स्थायी कमिटी सदस्यहरुको भेलामा आफू नगएको स्पष्ट पारेका छन् । तर आफू र पार्टी अध्यक्ष दाहालबीच बाहिर चर्चा भएजस्तो सम्बन्ध नचिसिएको र र पानी बाराबारको अवस्थापनि नरहेको पनि बताएका छन् । उनले उक्त भेलालाई समय सान्दर्भिक नभएको टिप्पणी गरेका छन् । उनले..

प्रचण्ड ‘खेमा’को भेलामा गृहमन्त्री थापा र उद्योग मन्त्री भट्ट गएनन्

५ श्रावण, काठमाण्डौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूनिकट स्थायी समिति सदस्यसँग छलफल गरेका छन् । प्रचण्ड निवास खुमलटारमा भएको भेलामा पूर्वमाओवादी पक्षधर सबै स्थायी समिति सदस्यहरू उपस्थित थिए । तर गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट भने छलफलमा सहभागी भएनन् । स्रोतका अनुसार पूर्वमाओवादीहरू छिन्नभिन्न भएको भन्दै प्रचण्डले स्थायी समिति सदस्यलाई खुमलटार बोलाएका हुन् । पूर्वमाओवादी पक्षीय केही स्थायी समिति सदस्यहरू प्रचण्ड र..

ओली–प्रचण्डबीच साढे २ घन्टा छलफलः विवादको चुरो जहाँको त्यही !

४ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफल सकिएको छ । दुई अध्यक्षबीच आइतबार साँझ झन्डै साढे दुई घन्टा कुराकानी भएको थियो । ओलीसँग कुरा गर्न प्रचण्ड सवा ४ बजेतिर बालुवाटार पुगेका थिए भने पौने ७ बजे बाहिरिएका थिए । दुई अध्यक्षबीच के कुराकानी भयो भन्ने विस्तृत विवरण आइसकेको छैन । यसअघि शनिबार प्रचण्डले ओलीसँग विवाद..

कांग्रेस सांसद ज्वारचनद्धारा शपथ ग्रहण

४ श्रावण, काठमाण्डौँ । नेपाली कांग्रेसकी सांसद सुवर्ण ज्वारचनले पद तथा गोपनियताको शपथ लिनुभएको छ । गुल्मीकी ज्वारचनले आज संघिय संसद्का सभामुख अग्निप्रसाद सापकोटासमक्ष शपथ लिनुएको हो । ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त स्थानमा कांग्रेसले ज्वारचनलाई सांसद बनाएको हो । समानुपातिक सांसद छन्त्यालको गत असार १७ गते निधन भएको थियो । सामानुपातिक तर्फको कुनै सांसदको निधन भएमा सोही सामावेशी समूहअन्तर्गत पार्टीले निर्वाचन अयोगमा बुझाएको बन्दसूचीको पहिलो नम्बरमा रहेको व्यक्ति स्वतः..

ओलीका अस्त्रहरु घेराबन्दी तोड्न विफलः महाधिवेशनको कार्ड मान्य छैन-प्रचण्ड

४ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरमा महाधिवेशनको प्रस्ताव गरेपनि त्यसमा आफ्नो कुनै समर्थन नरहेको स्पष्ट पारेका छन् । उनले ओलीले गरेको ‘अर्ली महाधिवेशन’ प्रस्ताव मान्य नरहेको र त्यसमा आफूहरुबीच कुनै सहमति नरहेको आइतबार प्रचण्ड निवास खुमलटारमा सचिवालयका ४ सदस्य र केही स्थायी समितिका सदस्यको भेलामा स्पष्ट पारेका हुन् । ‘ओलीजी र मेरोबीच कुनै सहमति भएको थिएन । सहमति बिनै..

राष्ट्रपति भण्डारीसँग नेकपा अध्यक्षद्धयको भेट, माधव नेपाल रुष्ट

४ श्रावण, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार साँझ भेटवार्ता गरेका छन् । पार्टीको सचिवालय बैठक सकिएलगत्तै अध्यक्षद्वयले राष्ट्रपति भवन शीतलनिवास पुगेर भेटघाट गरेका हुन् । भेटवार्ताका क्रममा मुलुकको समसामयिक विषयमा छलफल भएको जनाइएको छ । नेकपाको शीर्ष तहमा देखिएको विवाद समाधानका लागि छलफल जारी रहेका बेला हिजो सचिवालय बैठकसमेत बसेको थियो ।..

नेकपा सचिवालय बैठक सम्पन्नः पार्टीको विवाद अध्यक्षद्वयले सहमतिमा टुंग्याउने निर्णय

३ श्रावण, झापा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टी विवादलाई थप छलफल गरेर टुंग्याउने निर्णय गरेको छ । आज दिउँसो ३ बजेदेखि साझ ७ बजेसम्म बसेको बैठकले पार्टी विवादबारे अध्यक्षद्वयले सहमतिमा टुंग्याउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘पार्टीको समग्र समस्याको बारेमा छलफल भएको हो । आजको छलफल राम्रोसँग भएको छ । तर विवाद समाधान भएको छैन । दुई अध्यक्षले सहमतिमा विवाद टुंग्याउने सहमति भएको..

पार्टी विवादबारे प्रदीप ज्ञवाली भन्छन्ः धुरीखाँबो भाँचियो भने घरै भत्किन्छ !

३ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले पार्टीभित्र जारी विवादका कारण देशैभरिका नेता तथा कार्यकर्ता, पार्टी सदस्इ र समर्थक शुभचिन्तकहरु अत्यन्त चिन्तित रहेको बताउनुभएको छ । भर्खरै सुरु भएको समृद्धिको यात्रा कतै दुई दिनको जुनेली, फेरि उहीँ अँध्यारो रात भनेझैं हुने त होईन ? भन्ने प्रश्नले पनि सिंगो देशलार्य पिरोलिरहेको उहाँको टिप्पणी छ । सामाजिक संञ्जाल फेशबुकमार्फत ज्ञवालीले पार्टी विवादबारे आफ्नो..

संसदीय दलमा बहुमत कायम गर्न ओलीको कसरत

३ श्रावण, काठमाण्डौँ । नेकपाको विवाद धुरीमा पुगेको बेला केपी ओली पक्षले संसदीय दलमा आफ्नो बहुमत कायम गर्ने प्रयास जारी राखेको छ । बालुवाटारमा विभिन्न सांसदहरुलाई बोलाएर छलफल गर्ने क्रम जारी छ । दुवै पक्षले केही साता अघि नै सांसदहरुको हस्ताक्षर गराइसकेका छन् । केही सांसदले दुईतिर हस्ताक्षर गरेका छन् भने केहीले दुवैतिर गरेका छैनन् । आखिर, स्थायी कमिटीमा करीब दुईतिहाई बहुमत रहेको प्रचण्ड–माधव नेपाल समूह किन केपी ओलीको हठ..