प्रदेश–२ मा मुख्यमन्त्री परिवर्तन हुने सम्भावनाः नेताहरुको दैडधुप सुरु

७ भाद्र, जनकपुरधाम । प्रदेश–२ को सरकारमा रहेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएको औपचारिक जानकारी प्रदेशसभा सचिवालयलाई गराइएको छ । प्रदेश–२ का प्रदेशसभा सभामुख सरोज यादवलाई प्रदेश–२ का सत्तारुढ दुई दलबीच एकीकरण भएको औपचारिक जानकारी दिइएको हो । योसँगै प्रदेशसभामा अब साविकका दुवै सत्तारुढ दलको संसदीय दल एकीकरण हुने प्रकृया शुरु भएको छ । दुवै दलको संसदीय दललाई एकीकृत गरी जनता समाजवादी पार्टी नेपालको संसदीय दल..

कोरोना विरुद्धको संघर्षलाई नयाँ ढंगले ब्यवस्थित गर्न देउवाको सुझाव

७ भाद्र, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समयको सदुपयोग गरेर सवल ढंगले कार्य गर्न सरकारलाई अपील गर्नुभएको छ । उहाँले लकडाउन र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोना विरुद्धको संघर्षलाई नयाँ ढंगले ब्यवस्थित गर्न सरकारलाई अपिल गर्नुभएको छ । आज एक विज्ञप्ती जारी गर्दै सभापति देउवाले पीसिआर परिक्षण ७७ जिल्लामै गर्ने गरि अविलम्ब क्षमता बिस्तार गरेर समुदाय स्तरमा परिक्षण व्यापक रुपले पुर्याउन पनि माग गर्नुभएको छ..

नेकपा कार्यदलले बुझायो अध्यक्षद्वयलाई प्रतिवेदन

६ भाद्र, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा गठित कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको छ । महासचिव विष्णु पौडेल नेतृत्वको सो कार्यदलले सर्वसम्मतिले तयार पारेको सो प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयलाई बुझाएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । कार्यदलमा शङ्कर पोख्ररेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहनुभएको थियो । यही भाद्र १..

के प्रचण्ड ‘खोरमा थुनिएका बाघ’ भएका हुन् त ?

४ भाद्र, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको राजनीतिमा कमजोर हुँदै गएको होकी भन्दै उहाँकै निकटस्थहरु छक्क पर्न थालेका छन् । जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहने र कुनै न कुनै राजनीतिक अस्त्र फालेर हलचल ल्याउने प्रचण्ड अहिले पुरै शिथिल जस्तो हुनुहुन्छ । तत्कालको समयमा प्रचण्डसंग कुनै बलियो राजनीतिक एजेन्डा देखिदैन । बलियो राजनीतिक अस्त्र पनि देखिदैन । त्यसैले उहाँका अडान फितलो सावित हुनथालेको छ ।..

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट श्रेष्ठलाई नहटाउन सर्वाेच्चको अन्तरिम आदेश

३ भाद्र, काठमाण्डौँ । प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई तत्काल पदबाट नहटाउन सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सरकारले हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका किशोर श्रेष्ठलाई नहटाउन र नियमावली संशोधन गर्न पर्नाका कारण पेश गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो । सरकारले प्रेस काउन्सिल ऐन, २०४८ गत श्रावण २६ गते प्रेस काउन्सिल कार्य व्यवस्था नियमावलीमा संशोधन गर्दै कार्यवाहक अध्यक्ष तोक्ने..

नेकपा एमाले निर्वाचन आयोगमा दर्ता

३ भाद्र, काठमाण्डौँ । निर्वाचन आयोगले नेकपा (एमाले) दर्ता गर्ने निर्णय गरेको छ । निवेदन परेसँगै विवादमा आएको सो पार्टीलाई आयोगले वैधता दिने निर्णय गरेको हो । सो दलले गत असारमा दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएपछि पछिल्लो समय नेकपामा विवाद उत्पन्न भएको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै यो पार्टी दर्ताको प्रकृया अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको इशारामा भएको दावी गर्नुभएको थियो । सो..

नेकपामा महाधिवेशनको चर्चाः प्रचण्ड सहमतिको बिन्दु खोज्दै !

२ भाद्र, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीमा एकता महाधिवेशनको चर्चा चलेको छ । पार्टी विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन घोषणालाई सहमतिको एउटा बिन्दुका रुपमा लिएको बुझिएको छ । त्यसै अनुसार विवाद समाधानको खाका तयार गरिरहेको कार्यदलले महाधिवेशनको विषयलाई समेत समेटेर छलफल गरिरहेको छ । स्रोतका अनुसार नेकपाभित्र एकता महाधिवेशन घोषणा भएमा सहमतिबाट महाधिवेशन प्रतिनिधि चयनको विषय उठेको छ । पूर्व माओवादीको तर्फबाट तल्लो..

तपाईंहरु समस्या सृजना गर्ने समाधान गर्न नसक्ने ? कार्यदल किन ?–बामदेव गौतम

१ भाद्र, काठमाण्डौँ । ‘तपाईंहरु आफै समस्या सृजना गर्ने आफै समाधान गर्न नसक्ने ?’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा उपाध्यक्ष बामदेव गौतमले उठाउनुभएको प्रश्न । विवाद समाधान गर्न गठित कार्यदलप्रति असहमती जनाउदै गैतमले असन्तुष्टि ब्यक्त गर्नुभयो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको द्वन्द्वका कारण समस्या सृजना भएको भन्दै गौतमले दुबै जना बसेरै समस्याको निकास निकाल्नुपर्ने बताउनुभयो । नेकपाका एकजना सचिवालय सदस्यका अनुसार गौतम निकै कडा ढंगले..

संवैधानिक नियुक्तिको सकसः १५ पदको बार्गेनिङमा काँग्रेस

१ भाद्र, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच संवैधानिक आयोगका रिक्त पदाधिकारी र सदस्यको नियुक्तिका सम्बन्धका छलफल भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकसँग संवैधानिक आयोगमा नियुक्तिका सन्दर्भमा छलफल गर्नुभएको थियो । यसअघि उक्त विषयमा..

ओली–मोदी फोन संवादको तारतम्य !

१ भाद्र, काठमाण्डौँ । पाँच वर्षअघिको भारतीय नाकाबन्दीमा राजनीतिक कारण थियो । अहिले विश्वव्यापी महामारी कोरोनाको प्रकोप छ । यस्तो अवस्थामा नक्सा र राम जन्मभूमि अयोध्या बारे उसलाई जति रिस उठेपनि नाकाबन्दीको हदसम्म जान नसक्ने विश्लेषण गरिएको छ । मानवीय दृष्टिकोणबाट पनि भारत यसपटक विगतमाझैँ नाकाबन्दीको हदमा जाँदैन भनिएको छ । उसले निर्यातजन्य वस्तुमा करलगायतको विषय उठाएर अप्ठेरो पार्ने योजना बनाएपनि महामारीमा त्योसमेत मानवीय दृष्टिकोणले उपयुक्त नभएको भन्दै त्यत्तिकै पन्छाएको..