ओली–दाहालबीच भेटवार्ताः मन्त्रीमण्डल हेरफेर र संवैधानिक नियुक्ति प्याकेजमा गरिने

२८ भाद्र, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा¬)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज साँझ वालुवाटारमा भएको भेटवार्तामा पार्टी स्थायी कमिटी बैठकको समिक्षा गर्दै आगामी दिनमा कसरी अगाडि बढ्नेबारे कुराकानी भएको बुझिएको छ । पार्टीको निर्णय कार्यान्वयनका लागि सबै तहमा सर्कुलर जारी गर्ने अध्यक्षद्वयले टुंगो लगाउनुभएको स्रोतले बतायो । आजको बैठकमा मन्त्रीमण्डल पुर्नगठनबारे छलफल अगाडि बढेको पनि स्रोतको दावि छ । यसअघि दुवै..

निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन सके भ्रष्टाचार नियन्त्रण हुन्छः पूर्वराष्ट्रपति यादव

२८ भाद्र, काठमाण्डौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन सके भ्रष्टाचार नियन्त्रण हुने बताउनुभएको छ । अमेरिकामा रहेको अमेरिका–नेपाल नीति अनुसन्धान केन्द्रको पाँचौँ वार्षिक सम्मेलनका अवसरमा आज अनलाइनमार्फत पूर्वराष्ट्रपति यादवले निर्वाचनको निष्पक्षतासँग प्रजातान्त्रिक विधि गाँसिएको बताउनुभयो । उहाँले निर्वाचन प्रक्रियामा सुधारको आवश्यकता औँल्याउँदै निर्वाचनप्रति गम्भीर बन्न सम्बन्धित सबैमा आग्रह गर्नुभयो । नेपालको संविधानमा लेखिएका विषयहरुमा ज्यान भर्ने र देश तथा जनताको हितमा काम गर्ने जिम्मेवारी..

मन्त्रीपरिषदको पुर्नगठनमा दुई बर्षे मापदण्ड !

२८ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले असोज लाग्ने वित्तिकै मन्त्री हेरफेर गर्ने कुरोको चर्चा सुरु भएको छ । अहिले भइरहेका मन्त्रीहरुलाई कुनै कारण दिएर हटाउनुपर्ने भएकाले एउटा मापदण्ड बालुवाटारले तयार गरेको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दुई वर्ष मन्त्री भइसकेकालाई बिदा गर्ने गरी मापदण्ड बनाउने गरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग कुराकानी गर्नुभएको छ । यसमा लगभग सहमति पनि जुटिसकेको बुझिएको छ । दुई वर्ष मन्त्री भइसकेकालाई..

मुख्यसचिवका लागि दौडधुप सुरु

२८ भाद्र, काठमाण्डौँ । करिब पाँच सातापछि रिक्त हुने मुख्यसचिव पदका लागि दौडधुप सुरु भएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको कार्यकाल कार्तिक ६ गते मा सकिँदैछ । मुख्यसचिवका लागि ६ जना सचिवहरु आकांक्षी देखिएका छन् । रेग्मीले कार्यकाल पूरा हुनुभन्दा १५ दिनअघि पदबाट राजीनामा गर्नुभयो भने शंकरदास बैरागी, केदारबहादुर अधिकारी र मोहनकृष्ण सापकोटामध्ये एक मुख्यसचिव हुनुहुनेछ तर उहाँले कार्यकाल पूरा गरी अवकाश लिनुभयो भने यी तीनैजना मुख्यसचिवको दौडबाट बाहिरिने छन्..

अध्यक्षद्धयको प्रतिवेदनमा माधव नेपाल असन्तुष्ट हुनुहुन्नः भिम रावल

२७ भाद्र, काठमाण्डौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले अघि सारेको राजनीतिक प्रतिवेदन कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएको छ । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै उहाँले प्रतिवेदनलाई लिएर वरिष्ठ नेता माधव कुमार नेपालको कुनै असन्तुष्टि नभएको पनि जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘उहाँले यी सबै कुराहरुको समर्थन गर्नुभएको छ..

नेकपाको ‘सेफ ल्याण्डीङ’

२७ भाद्र, काठमाण्डौँ । विभिन्न अड्कलवाजीहरुलाई चिर्दै नेकपाले झण्डै ५ महिना लामो आन्तरिक विवाद तत्कालका लागि मत्थर पारेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको नयाँ समझदारीसँगै पार्टीभित्रका विवाद समाधान उन्मुख भएका छन् भने सिंगो पार्टीपंक्ति एकता महाधिवेशनमा केन्द्रित हुने भएको छ । पार्टी एकतालाई सुदृढ र बलियो बनाउने भन्दै गरिएका निर्णयको कार्यान्वयन पक्ष कति प्रभावकारी हुन्छ भन्ने विषयमै पार्टीको आन्तरिक संघर्षको अवस्था निर्भर हुनेछ ।..

पार्टी अनुशासनमा कडाई गर्दे नेकपा

२५ भाद्र, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी अनुशासनमा झन् कडाई गर्ने भएको छ । आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्न पार्टीका नेता–कार्यकर्तामाथि प्रतिबन्ध लाग्ने भएको छ । भोलि शुक्रबार बस्ने स्थायी कमिटीको बैठकले नेकपाका कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा नेताविरुद्ध जथाभावी लेख्न नदिने निर्णय गर्न लागेको हो । स्थायी कमिटीको बैठकअगावै बाहिरिएको अध्यक्षद्वय केपी ओली र प्रचण्डको संयुक्त प्रतिवेदनमा कार्यकर्ताहरुले नेताविरुद्ध लेख्न नपाउने भनिएको छ । स्थायी..

आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित

२५ भाद्र, काठमाण्डौँ । आज साँझका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । सत्तारुढ दल नेकपाको शुक्रबार बस्ने स्थायी समिति बैठकको तयारीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली लाग्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित गर्नुपरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रीहरूलाई यसअघि आज साँझ बैठक बस्ने सूचना दिइएको थियो । तर बिहान आजको मन्त्रिपरिषद् बैठक स्थगित गर्ने जानकारी गराएको एक मन्त्रीले जानकारी दिए । अब बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत..

नेकपाको विवाद समाधान गर्न अध्यक्षद्धयको ठोस प्रस्ताव

२५ भाद्र, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवाद समाधान कार्यदलले दिएको सुुझावका आधारमा कार्यान्वयनको कार्ययोजनासहितको प्रस्ताव तयार गर्नुभएको छ । अध्यक्षद्वयले बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गर्नुभएको छलफलमा स्थायी कमिटीको बैठक यही भाद्र २६ गते बस्ने बैठकका लागि पेश गर्ने सहमतिको ठोस प्रस्ताव तयार गरेको नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी..

जसपा समायोजनः भागबण्डा नमिल्दा ‘हात्ती छिर्यो पुच्छर अड्कियो !’

२५ भाद्र, काठमाण्डौँ । नवगठित जनता समाजवादी पार्टी (जसपा)नेपालको समायोजन प्रक्रिया अल्झिएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका कारण समायोजन प्रक्रिया प्रभावित भएको हो । तत्कालीन राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण भई बनेको जसपा नेपालमा समायोजन प्रक्रिया चुनौतीपूर्ण मानिँदै आएको छ । तत्कालिन राजपा नेपालको छ सदस्यीय अध्यक्षमण्डलबीच भागबण्डामा कुरा नमिलेपछि जसपा नेपालको समायोजन प्रक्रिया प्रभावित भएको हो । जसपा नेपालको केन्द्रीय कार्यसमिति सात सय ५१ सदस्यीय रहने..