राजनीति
युवराज खतिवडालाई सफल अर्थमन्त्री मान्न सकिन्नः राप्रपा अध्यक्ष लोहनी
२० भाद्र, काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाललाई सफल मान्न नसकिने बताउनभएको छ । डा. खतिवडा अर्थशास्त्रमा काविल व्यक्ति भएपनि अर्थमन्त्रीको हैसियतले उहाँले व्यतित गरेको साँढे दुई वर्षको रेकर्ड भने मिश्रित रहेको डा. लोहनीले टिप्पणी गर्नुभएको छ । मन्त्रीको पदभार ग्रहण गरेलगत्तै खतिवडाले अघि सारेका कार्यक्रम र श्वेतपत्रअनुसार कुनैपनि काम नभएको उहाँको भनाई छ । युवराज खतिवडाको साढे २ वर्षको कार्यकाल..
बालुवाटारको शक्तिलाई कम नआँक्न प्रधामनमन्त्रीको नयाँ शस्त्रहरु….
२० भाद्र, काठमाण्डौँ । पार्टीको सचिवालय बैठकले आफूलाई घेराबन्दीमा पारेर वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गराउन बाध्य पारेको नदेखाउन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नयाँ रणनीति अख्तियार गर्नुभएको छ । गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको दुई पटकको निर्णयलाई समेत वहाँले तत्काल कार्यान्वयनको प्रक्रिया अघि बढाउनु भएको छैन । बालुवाटारको शक्तिलाई कम नआँक्न उपाध्यक्ष गौतमलाई संविधान देखाएर भएपनि तर्साउने प्रधामनमन्त्रीको मनसाय छ । संवैधानिक अड्चन देखाएरै भएपनि वामदेव गौतमलाई..
इतिहास मेटाउने काम गर्नुहुन्नः रामचन्द्र पौडेल
२० भाद्र, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले इतिहास सधैं जीवीत रहने बताउँदै पहिचानको नाममा इतिहास मेटाउने काम गर्न नहुने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले स्वर्गीय राजा वीरेन्द्र शाह र पूर्व राजा ज्ञानेन्द्र शाहसँगको तस्विर शेयर गर्दे कसैको पहिचान मेटाउन नहुने बताउनुभएको हो । पौडेलले लेख्नुभएको छ–‘इतिहास जिवित रहन्छ ! पृथ्वीनारायण शाहको होस् या लखन थापाको ! आफ्नै अलग पहिचान छ !..
कांग्रेस मनोनयन विवादः देउवाविरुद्ध ‘अल्टिमेटम’ जारी गर्ने तयारीमा पौडेल पक्ष
२० भाद्र, काठमाण्डौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विभागहरुमा मनोनयन जारी राखेपछि रुष्ट भएको रामचन्द्र पौडेल पक्षले आफू निकट केन्द्रीय सदस्यहरुको ‘भर्चुअल’ बैठक बोलाएको छ । केन्द्रीय सदस्यहरुको ‘जुम मिटिङ’बाट निर्णय फिर्ताको लागि सभापति देउवालाई दबाब दिने रणनीति बनाउने नेताहरुले बताएका छन् । केन्द्रीय सदस्य गुरुराज घिमिरेले आजको छलफलमा दबाबमुलक कार्यक्रम गर्नेबारे छलफल हुने बताउनुभयो । ‘विधिको उल्लंघन गरेकाले सुरुमा निर्णय सच्याउन अल्टिमेटम दिने, निर्णय नसच्चिए धर्ना र अनशन..
सरकारलाई सहयोग गर्न डा. खतिवडालाई प्रधानमन्त्रीको आग्रह
१९ भाद्र, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिनुभएको छ । आज अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपछि उहाँले सम्हाल्दै आएको मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । अर्थ मन्त्रालयबाट बिदाइः राजीनामा दिने दिन मन्त्री खतिवडा अर्थ मन्त्रालयमा आयोजित विदाइ कार्यक्रममा सहभागी हुनुभएको थियो । मन्त्रालयका एक सहसचिवका..
अर्थमन्त्री युवराज खतिवडाद्धारा पदबाट राजीनामा
१९ भाद्र, काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालय समेत संम्हाली रहनुभएका अर्थमन्त्री डा.युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएको छ । खतिवडाले आज अपरान्ह बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्माओलीलाई रजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । भोलिबाट खतिवडाको पदावधि सकिँदै थियो । खतिवडा गत फाल्गुनमा राष्ट्रियसभाको दुई वर्ष कार्यकाल सकिएपछि सांसद पद बिहीन हुनुभएको थियो । संविधानको धारा ४८ को उपधारा १ बमोजिम मन्त्री बन्नुभएका खतिवडाको पदअवधी भोली..
प्रदेश–२ मा कसै–कसैलाई मन्त्री बन्ने रहर जाग्यो होला तर सरकार परिवर्तन हल्ला होः यादव
१५ भाद्र, काठमाण्डौँ । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएर जनता समाजवादी पार्टी गठन भएसँगै प्रदेश–२ सरकार परिवर्तन हुने चर्चा सुरु भएको छ । यस्तो चर्चासँगै पार्टीका नेताहरुको दौडधुप पनि बाक्लिएको छ । संघिय सरकारमा विपक्षी दलको भूमिका निर्वाह गरिरहेको र प्रदेश–२ मा सरकारको नेतृत्व गरिरहेको पार्टीले संघीय सरकार र आफ्नो नेतृत्वको प्रदेश सरकारका सफलता÷असफलतलाई कसरी मूल्याङ्कन गरिरहेको छ भन्ने पनि महत्वपूर्ण प्रश्न छ । प्रदेश–२..
राप्रपामा चुनाव चिन्हको विवादः गाई की हलो !
१४ भाद्र, काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई निर्वाचन आयोगमा पार्टी दर्ताका लागि पार्टीभित्र अन्तिम गृहकार्य चहिरहेको छ । गत २८ फाल्गुनमा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा. प्रकाश चन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त)बीच पार्टी एकता भएपछि एकताको आधार पत्रमाथिको व्याख्या र विवादित विषयमा सहमतिको खोजी जारी छ । राप्रपाद्वारा एकताको आधारपत्रलाई व्याख्या र विवादित विषय टुंग्याउन ६ सदस्सीय कार्यदल समेत बनाइएको थियो । कार्यदलमा थापा..
विद्यार्थी संगठनको इतिहास र वर्तमान अवस्था !
१४ भाद्र, काठमाण्डौँ । वर्तमान समयमा विद्यार्थी आन्दोलनको औचित्य समाप्त भयो, यी सम्बद्ध सङ्गठनलाई खारेज गरे हुन्छ भन्ने भनाइ आजकल सुनिन्छ । जसलाई हिजो यही आन्दोलनले स्थापित गर्याे ती व्यक्तिहरूले समेत यस्तै आशय व्यक्त गर्नुले विद्यार्थी आन्दोलनप्रति गम्भीर प्रश्न खडा गरेको छ । के साँच्चै विद्यार्थी आन्दोलनको औचित्य समाप्त भएको हो त ? हामी जस्ता विद्यार्थी आन्दोलनमा होमिएका कार्यकर्तालाई यस प्रश्नले अन्तर हृदयसम्म कम्पन पैदा गरेको छ । विद्यार्थी आन्दोलन..
मुख्यमन्त्री फेरीन्छ त केवल अर्को निर्वाचन पछि !
१५ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका मुख्यमन्त्री नफेरिने दावी गर्नुभएको छ । पत्रकार रिऋी धमला संगको विशेष अन्तवार्तमा उहाँले तत्काल मुख्यमन्त्री परिवर्तन गरिनु भनेको अस्थिरता ल्याउनु भएको बताउनुभयो । संघिय सरकारको मन्त्रिपरिषद् पुनर्गठन भने आश्वयकताका आधारमा गरिने भन्दै त्यसबारे आफूले विचार गरिरहेको उहाँले बताउनुभयो । त्यसको अधिकार प्रधानमन्त्रीमा हुने भएकाले सोही अनुसार समीक्षा गरेर निष्कर्षमा पुग्न सकिने उहाँको भनाइ छ । अर्काे प्रसंगमा ओलीले पार्टीभित्र केही समस्या..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७