राजनीति

कोरोनाको ओखती फेला पर्ला तर नेकपाको ओखती नपाइने भो !–गोकुल बाँस्कोटा
२४ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टीभित्रको झगडाको ओखती काठमाडौंमा नपाईने टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत बाँस्कोटाले यस्तो बताउनुभएको हो । उहाँले ट्विटरमा लेख्नुभएको छः–‘२०५४को झझल्को पो आउन थाल्यो त नेकपामा ! बरु कोरोनाको ओखती फेला पर्ला ! नेकपाको झगडाको ओखती कमसेकम काठमाडौंमा चै नपाइने भो जस्तो छ । बिहान मिलेको कुरा बेलुका भत्काइ दिने कन्ट्रोल कक्ष कहाँ..

नवप्रवेशीको आडमा शक्ति संञ्चय गर्दे देउवा
२४ श्रावण, काठमाण्डौँ । नेपाली काँग्रेसमा १४औं महाधिवेशनको मिति तय भएसँगै सुरु भएको आन्तरिक रस्साकस्सी जारी छ । श्रावण १० गते यता स्थानीय तहको पार्टी संगठन क्रियाशील सदस्यता वितरण र नवीकरणमा कांग्रेस लागिपरेको छ । महाधिवेशनका लागि शक्ति संञ्चयको होडबाजी चल्दैगर्दा शीर्ष नेताहरुको कार्यकर्ता फकाउने आ–आफ्नै रणनीति छ । सभापति शेरबहादुर देउवाले पद बाँड्ने नीति अख्तियार गरेको पाइन्छ भने संस्थापन इतर पक्ष देउवालाई असफल सिद्ध गरेर महाधिवेशनमा आफूलाई विकल्पको रुपमा..

नारायणकाजीलाई वामदेवको सुझावः पार्टी फुटको पीडा मलाई थाहा छ, फुट्नु हुन्न !
२४ श्रावण, काठमाण्डौँ । हिजो (शुक्रबार) साँझ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई उहाँकै निवास भैंसेपार्टीमा भेट्न प्रवक्ता नारायणकाजी श्रेष्ठ पुग्नुभयो । श्रेष्ठले नेकपा विवाद समाधानका विषयमा कुराकानी गर्नुभयो । उहाँले ओलीको राजीनामाको दबाब बलियो बन्दै जाँदा यताउता नहुने गौतमलाई आग्रह गर्नुभयो । गौतमको असन्तुष्टिबारे पनि बुझ्न खोज्नुभयो । स्रोतका अनुसार श्रेष्ठ अध्यक्ष प्रचण्डसँग कुरा गरेर गौतम निवास पुग्नुभएको थियो । तर, गौतमले आफू ६ बुँदे प्रस्तावबाटै सहमति निकाल्नुपर्ने..

नेम्वाङलाई प्रचण्डको प्रश्नः तपाईहरु पार्टी एकता चाहनुहुन्छ कि विग्रह ?
२४ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई बिहीबार बिहान फोन गरेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘सुवासजीलाई पठाउनोस्, तपाईंसँग कुरा गरेर पार लागेन’ भने लगत्तै नेम्वाङ्ग खुमलटार पुगे । सामान्य औपचारिकतापछि अध्यक्ष दाहालले भने ‘तपाईंहरूको एकोहोरो कुरो मात्रै कति सुन्ने ? अलि सम्झाउनुस् । तपाईंहरूले पनि अलिकति बुझ्नुहोस्, के भएको छ ? कसो भएको छ भनेर’ स्रोतका अनुसार प्रचण्डले आफूहरु पार्टी फुटाउने पक्षमा नरहेको दावी गरेका..

प्रधनमन्त्री ओलीद्धारा महिन्दा राजपाक्ष र एसएलपीपीलाई बधाई
२४ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षलाई उहाँको श्रीलंकन पिपुल्स पार्टी (एसएलपीपी) ले शुक्रबार सम्पन्न निर्वाचनमा पाएको बहुमतलाई लिएर बधाई दिनुभएको छ । ओलीले हिजो राजपाक्षलाई टेलिफोन गर्दै नेपाल सरकार र नेकपाको तर्फबाट बधाई तथा कार्यकालको लागि पनि शुभकामना दिनुभएको हो । दुई प्रधानमन्त्रीले नेपाल र श्रीलंका बीचको सम्बन्धलाई आगामी दिनमा थप मजबुद बनाउँदै जाने विषयमा कुरा गरेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । दुई..

नारायणकाजीलाई रिमालको कटाक्षः विधिको नक्कली गीत गाउँदै गुटबन्दीको उत्तोलक नबन्नुहोस्
२३ श्रावण, काठमाण्डौँ । प्रधाननमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठबारे तितो टिप्पणी गरेका छन् । नेकपा स्थायी कमिटी सदस्यसमेत रहनुभएका रिमालले ‘इनफ इज इनफ’ भन्दै प्रवक्ता श्रेष्ठलाई मेन्सन गरेर ट्वीट गर्नुभएको छ । ‘कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस्’ रिमालले ट्वीटमा लेख्नुभएको छ–‘विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्ने उत्तोलक नबन्नुहोस् ।’ मुलुक संवेदनशील मोडमा रहेको..

प्रचण्ड र सुवास नेम्वाङबीच भेटवार्ता, पार्टी विभाजनको ‘डिल’मा
२२ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीभित्र अब वार कि पारको लडाईं शुरु भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी फुटबाट जोगाउन अन्तिम प्रयास हुने भएपनि त्यसले सकारात्मक परिणाम निकाल्ने सम्भावना क्षीण भएको छ । ओलीलाई सत्ताबाट हटाइछाड्ने अडानमा प्रचण्ड देखिएका छन् भने ओली कुनै हालतमा सत्ताबाट नहट्ने अडानमा छ । यसरी दुई नेताहरुको टकरावले फुटको संघारमा नेकपा पुगेको छ । सम्भावित दुर्घटनालाई दृष्टिगत गरी..

प्रचण्ड–माधव समुहले पार्टी विभाजनको खुलमखुल्ला हाँक दियोः सुर्य थापा
२२ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीको विवाद चुलिंदै जाँदा हिजो मात्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरुले आफु निटकका पत्रकारहरु संग भेटघाट गरे । यसमा धेरैका खालका टिप्पणीहरु सुरु भएको छ । नेकपाभित्र नयाँ तरंग ल्याएको छ । हिजो प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले पत्रकारहरु संग भेटेर अहिले पार्टीभित्र भईरहेको द्धन्द पदका लागि नभई पार्टी सुदृढीकरणका लागि भएको जिकिर गरेको समाचार बाहिर आएको थियो । त्यसको..

प्रचण्ड–माधव समुहका चार नेताको प्रष्टिकरण ‘पार्टीमा भईरहेको बहस पदका लागि होईन’
२१ श्रावण, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड–माधवकुमार नेपाल पक्षका शीर्ष नेताहरुले पार्टीमा चलिरहेको बहस पदको झगडा नभएको प्रष्टिकरण दिएका छन् । आज पार्टीसम्वद्ध सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनीहरुले अध्यक्ष केपी ओलीको ‘म नै पार्टी हुँ’ भन्ने शैलीले पार्टी सञ्चालन गर्दा समस्या भएको बताए । त्यस्तै उनीहरुले विभिन्न प्रतिक्रियावादी शक्तिहरुले नेकपा फुटाउन नै लागिपरेकाले जस्तोसुकै परिस्थितिको पनि सामना गर्नुपर्ने अवस्था पनि आउनसक्ने भन्दै सतर्क, सजग र तयार रहन पार्टी पंक्तिलाई आह्वान..

प्रचण्डलाई वामदेवको जवाफ ‘म अव कुनै गुटमा लाग्दिन् ।’
२१ श्रावण, काठमाण्डौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभएको स्पष्ट पार्नुभएको छ । गौतमले आफ्नो सचिवालयमार्फत यस्तो स्पष्ट पार्नुभएको हो । अध्यक्ष पुष्पकमल दाहालले हिजोमात्रै नेता गौतमसँग भेटवार्ता गर्नुभएको थियो । उक्त भेटमा अध्यक्ष दाहालले ‘अब तपाई के गर्नुहुन्छ ?’ भनि प्रश्न सोधेको बुझिएको छ । त्यसको जवाफमा गौतमले ‘म ठूलो–सानो कुनैपनि गुटमा लाग्दिन्’ भन्नुभएको कुरो..