राजनीति

कांग्रेस सभापतिमा कस्ले बाजी मार्लान् ? शिर्ष नेताहरुको आ–आफनै तयारी !
१ भाद्र, काठमाण्डौँ । नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको आगामी महाधिवेशनमा आफूले सभापतिमा शेरबहादुर देउवालाई पराजित गर्न सक्ने बताउनुभएको छ । उहाँले अब आफू पार्टी र देश हाँक्नका लागि तम्तयार भएको समेत बताउनुभयो । ‘म शेरबहादुरजीलाई सभापतिमा पराजित गर्न सक्छु,’ सिंहले पत्रकार ऋषि धमलासँग भन्नुभयो, ‘अब शेरबहादुरजीको नेतृत्वमा पार्टी चल्दैन, म नेपाली काँग्रेसलाई प्रभावशाली टिम दिनसक्छु ।’ देउवाको विकल्प दिन पार्टी सभापतिमा सबै आकांक्षीहरु मिलेर जानुपर्नेमा सिंहको जोड..

सिमा विवाद समाधान गर्ने बाटो खुल्योः कलम थापा
३२ श्रावण, काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको टेलिफोन वार्तालाई स्वागत गुर्नभएको छ । अध्यक्ष थपाले लामो समयदेखिको सम्वादहीनता अन्त्य हुनु सकारात्मक भएको पनि टिप्पणी गगर्नुभएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले दुई देशका प्रधानमन्त्रीबीच यसरी सम्वाद हुनुलाई सकारात्मक र स्वागतयोग्य बताउँदै अब सिमा विवादलगायत छिपक्षीय हितका सबै विषय समाधान गर्ने वार्ताको बाटो..

कम्युनिष्टको अधिनायकवाद विरुद्ध जनताले कांग्रेसलाई सडकमा बोलाईरहेको छः कृष्णप्रसाद सिटौला
३० श्रावण, झापा । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कम्युनिस्ट सरकारले काम गर्न नसकेको बताउनुभएको छ । वर्तमान कम्युनिष्ट सरकारले नेपाली जनताको लागि नभई केवल कम्युनिष्टहरुका लागि मात्रै काम गरिरहेको उहाँको भनाई छ । आज गृहजिल्ला झापाको क्षेत्र नं ५ अन्तर्गतको कमल गाउँपालिकामा पार्टीको गाउँ समितिले आयोजना गरेको नवप्रवेशीहरुको स्वागत तथा अगुवा कार्यकर्ताहरुको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौँलाले यस्तो बताउनुभएको हो । कोरोना महामारी पछि उत्पन्न परिस्थितिमा वर्तमान सरकार..

नेकपाको दुर्घटना टर्यो, कार्यदलले भोलीबाट काम सुरु गर्ने
३० श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलको पहिलो बैठक भोली शनिबार बस्ने भएको छ । आज अध्यक्षद्धय केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिमा पार्टीमा देखा परेका विवाद समाधान गर्न उपायसहितको लिखित सुझाव तयार गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा नेताहरु भिम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुषाल रहेको कार्यदल गठन गरिएको हो । कार्यदल संयोजक..

थापागाउँमा प्रचण्डको ब्रिफिङ ‘ठोस प्रस्ताव आएको छैन ।’
३० श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अध्यक्ष आफ्नो समूहका नेताहरुलाई ब्रिफिङ गर्नुभएको छ । काठमाडौंको थापागाउँस्थित एक कलेजमा प्रचण्डले वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नरायणकाजी श्रेष्ठसहित आफ्नो समूहनिकट प्रदेश ५ का करिब २० जना केन्द्रीय सदस्यसँग वालुवाटार भेटवार्ताबारे व्रिफिङ गरेको सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए । महासचिव विष्णु पौडेलले सहमतिका लागि भन्दै केही डकुमेन्टहरु पेश गर्नुभएको थियो । त्यसमा..

बालुवाटार बैठक सकेर प्रचण्ड–नेपाल समुह थापागाउँमा गुटको छलफलमा
२९ श्रावण, काठमाण्डौँ । बालुवाटारमा ओली र प्रचण्डबीच चार घण्टा कुराकानी भएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेता छुट्टै छलफलमा जुटेका छन् । काठमाडौको थापागाउँस्थित एक कलेजमा चार नेताहरुले आफु निकटका प्रदेश ५ का केन्द्रीय सदस्यसँग छलफल सुरु गरेका हुन् । स्रोतका अनुसार सोे छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र प्रवक्ता श्रेष्ठको सहभागीता छ । छलफलमा नेताहरुले पार्टी विवाद समाधानका लागि सुझाव मागेको..

ओली र प्रचण्डबीच चार घण्टा लामो छलफल, सहमतीको प्रयास जारी
२९ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच तीन घण्टादेखि जारी वार्ता सम्पन्न भएको हो । सवा ११ बजेबाट सुरु भएको छलफल सवा ३ बजेसम्म चलेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार दुई नेताकोबीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा कुराकानी भएको छ ।..

सीमा विवाद दुईपक्षीय कूटनीतिक पहलबाट समाधान गर्न सकिन्छ–गृहमन्त्री थापा
काठमाडाै । गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेपाल–भारत सीमा विवाद दुईपक्षीय समझदारी र कूटनीतिक पहलबाट समाधान गर्न सकिने बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था समितिको बुधबार बसेको बैठकमा उनले परराष्ट्र मन्त्रालयले दुई पक्षीय छलफलमार्फत समस्या समाधान गर्न सक्ने बताएका हुन् । सीमा सुरक्षासम्बन्धी विशेष व्यवस्था गर्न आवश्यक रहेको उनको भनाइ छ । संसदीय समितिले पनि स्थलगत निरीक्षणलगायत काममार्फत समस्या हल गर्न लाग्नुपर्ने उनले बताए । उनले भने, “हामी सबैले चौतर्फी रुपमा..

‘जसपा’ले प्रधानमन्त्रीबारे अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै खेद प्रकट
२७ श्रावण, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीबारे अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले खेद प्रकट गरेको छ । प्रधानमन्त्रीको सचिवालयले त्यसलाई कुण्ठाग्रस्त अशिष्टभाषा र दिवालियापन भन्दै निन्दा गरेको छ । जसपाका केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि यही श्रावण २५ गते जारी विज्ञप्तिमा ‘प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ र ‘देशभित्र विभाजनको बीउ रोप्ने कार्य’ गरेको उल्लेख थियो । त्यसको दुई दिनपछि..

नेकपाको दुर्घटना रोक्न ६१ सांसद्ले गरे पत्रकार सम्मेलन
२५ श्रावण, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुर्घटना रोक्न सांसद्हरुले अपिल गरेका छन् । पार्टी नफुटोस् भन्दै नेकपाबाट विर्वाचित ६१ जना सांसद्हरुले आज सिंहदरबारमा पत्रकार सम्मेलन नै गरेका छन् । सम्मेलनमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल निकट पाँच दर्जनभन्दा बढी सांसदको सहभागिता रहेको थियो । स्रोतका अनुसार यज्ञराज सुनुवार, विशाल भट्टराई, रामकुमारी झाँक्री, सुरेश राई, गणेश पहाडी,..