वालुवाटारको जालो तोड्न नेता र मन्त्रीहरुलाई हम्मे–हम्मे !

३१ भाद्र, काठमाण्डौँ । क्याबिनेट बैठकमा उपस्थित मन्त्रीहरु नै चकित खाने गरी त्यही बैठकको निर्णयअनुसार निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त हुनुभएको छ । स्रोतका अनुसार बैठकपछि माइन्युट संशोधन गरेर डा. खतिवडा मन्त्रीसरहको सुविधा पाउने गरी सल्लाहकार नियुक्त हुनुभएको हो । सोमबार पर्यटन मन्त्री योगेश भट्टराईले आन्तरिक हवाइसेवा असोज ५ बाट शुरु हुने निर्णय सुनाउनुभयो । तर, मंगलबार सरकारको तर्फबाट परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बैठकका निर्णय..

वामदेवलाई शपथ खुवाउनुअघि नै अर्थ राज्यमन्त्रीमा विमलालाई नियुक्ती गर्ने तयारी

२९ भाद्र, काठमाण्डौँ । बालुवाटारमा अहिले निकै छलफलको बिषय बनेको छ मन्त्रालय हेरफेर र नयाँ मन्त्री नियुक्ती । स्रोतका अनुसार वामदेव गौतमलाई राष्ट्रियसभाको सांसदमा शपथ गराउनुअघि नै अर्थ मन्त्रालयमा राज्यमन्त्री पठाइहाल्ने वालुटारले तयारी गरेको छ । त्यसका लागि पात्र पनि तयार पारिसकिएको बताईएको छ । राष्ट्रपतीबाट राष्ट्रियसभामा मानोनित गरिएकी विमला राई पौड्याललाई अर्थ राज्यमन्त्रीमा लाने तयारी भएको स्रोतको भनाई छ । उहाँलाई राज्यमन्त्री बनाइए पनि प्रधानमन्त्रीको आर्थिक मामिला सल्लाहकार नियुक्त..

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबारे आज टुंगो लाग्ने, मन्त्रिपरिषद बैठक ५ बजे बस्दै

२९ भाद्र, काठमाण्डौँ । मन्त्रिपरिषदको बैठक आज साँझ ५ बजेका लागि तय गरिएको छ । स्रोतका अनुसार आजको बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबारे टुंगो लगाउने छ । प्राधिकरणका हालका कार्यकारी निर्देशक कुलमान घिसिङको चार बर्षे कार्यकाल सकिएको छ । आज उहाँलाई पुनः नियुक्ति दिने या नदिनेबारे टुंगो लाग्नेछ । घिसिङको समय सकिएपछि मात्र क्याबिनेट बैठक डाकिनुलाई अर्थपूर्ण मानिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली घिसिङको निरन्तरताको पक्षमा..

ओली–दाहालबीच भेटवार्ताः मन्त्रीमण्डल हेरफेर र संवैधानिक नियुक्ति प्याकेजमा गरिने

२८ भाद्र, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा¬)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज साँझ वालुवाटारमा भएको भेटवार्तामा पार्टी स्थायी कमिटी बैठकको समिक्षा गर्दै आगामी दिनमा कसरी अगाडि बढ्नेबारे कुराकानी भएको बुझिएको छ । पार्टीको निर्णय कार्यान्वयनका लागि सबै तहमा सर्कुलर जारी गर्ने अध्यक्षद्वयले टुंगो लगाउनुभएको स्रोतले बतायो । आजको बैठकमा मन्त्रीमण्डल पुर्नगठनबारे छलफल अगाडि बढेको पनि स्रोतको दावि छ । यसअघि दुवै..

निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन सके भ्रष्टाचार नियन्त्रण हुन्छः पूर्वराष्ट्रपति यादव

२८ भाद्र, काठमाण्डौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन सके भ्रष्टाचार नियन्त्रण हुने बताउनुभएको छ । अमेरिकामा रहेको अमेरिका–नेपाल नीति अनुसन्धान केन्द्रको पाँचौँ वार्षिक सम्मेलनका अवसरमा आज अनलाइनमार्फत पूर्वराष्ट्रपति यादवले निर्वाचनको निष्पक्षतासँग प्रजातान्त्रिक विधि गाँसिएको बताउनुभयो । उहाँले निर्वाचन प्रक्रियामा सुधारको आवश्यकता औँल्याउँदै निर्वाचनप्रति गम्भीर बन्न सम्बन्धित सबैमा आग्रह गर्नुभयो । नेपालको संविधानमा लेखिएका विषयहरुमा ज्यान भर्ने र देश तथा जनताको हितमा काम गर्ने जिम्मेवारी..

मन्त्रीपरिषदको पुर्नगठनमा दुई बर्षे मापदण्ड !

२८ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले असोज लाग्ने वित्तिकै मन्त्री हेरफेर गर्ने कुरोको चर्चा सुरु भएको छ । अहिले भइरहेका मन्त्रीहरुलाई कुनै कारण दिएर हटाउनुपर्ने भएकाले एउटा मापदण्ड बालुवाटारले तयार गरेको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दुई वर्ष मन्त्री भइसकेकालाई बिदा गर्ने गरी मापदण्ड बनाउने गरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग कुराकानी गर्नुभएको छ । यसमा लगभग सहमति पनि जुटिसकेको बुझिएको छ । दुई वर्ष मन्त्री भइसकेकालाई..

मुख्यसचिवका लागि दौडधुप सुरु

२८ भाद्र, काठमाण्डौँ । करिब पाँच सातापछि रिक्त हुने मुख्यसचिव पदका लागि दौडधुप सुरु भएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको कार्यकाल कार्तिक ६ गते मा सकिँदैछ । मुख्यसचिवका लागि ६ जना सचिवहरु आकांक्षी देखिएका छन् । रेग्मीले कार्यकाल पूरा हुनुभन्दा १५ दिनअघि पदबाट राजीनामा गर्नुभयो भने शंकरदास बैरागी, केदारबहादुर अधिकारी र मोहनकृष्ण सापकोटामध्ये एक मुख्यसचिव हुनुहुनेछ तर उहाँले कार्यकाल पूरा गरी अवकाश लिनुभयो भने यी तीनैजना मुख्यसचिवको दौडबाट बाहिरिने छन्..

अध्यक्षद्धयको प्रतिवेदनमा माधव नेपाल असन्तुष्ट हुनुहुन्नः भिम रावल

२७ भाद्र, काठमाण्डौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले अघि सारेको राजनीतिक प्रतिवेदन कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएको छ । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै उहाँले प्रतिवेदनलाई लिएर वरिष्ठ नेता माधव कुमार नेपालको कुनै असन्तुष्टि नभएको पनि जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘उहाँले यी सबै कुराहरुको समर्थन गर्नुभएको छ..

नेकपाको ‘सेफ ल्याण्डीङ’

२७ भाद्र, काठमाण्डौँ । विभिन्न अड्कलवाजीहरुलाई चिर्दै नेकपाले झण्डै ५ महिना लामो आन्तरिक विवाद तत्कालका लागि मत्थर पारेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको नयाँ समझदारीसँगै पार्टीभित्रका विवाद समाधान उन्मुख भएका छन् भने सिंगो पार्टीपंक्ति एकता महाधिवेशनमा केन्द्रित हुने भएको छ । पार्टी एकतालाई सुदृढ र बलियो बनाउने भन्दै गरिएका निर्णयको कार्यान्वयन पक्ष कति प्रभावकारी हुन्छ भन्ने विषयमै पार्टीको आन्तरिक संघर्षको अवस्था निर्भर हुनेछ ।..

पार्टी अनुशासनमा कडाई गर्दे नेकपा

२५ भाद्र, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी अनुशासनमा झन् कडाई गर्ने भएको छ । आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्न पार्टीका नेता–कार्यकर्तामाथि प्रतिबन्ध लाग्ने भएको छ । भोलि शुक्रबार बस्ने स्थायी कमिटीको बैठकले नेकपाका कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा नेताविरुद्ध जथाभावी लेख्न नदिने निर्णय गर्न लागेको हो । स्थायी कमिटीको बैठकअगावै बाहिरिएको अध्यक्षद्वय केपी ओली र प्रचण्डको संयुक्त प्रतिवेदनमा कार्यकर्ताहरुले नेताविरुद्ध लेख्न नपाउने भनिएको छ । स्थायी..