३ असोज, काठमाण्डौँ । पाँचौ संविधान दिवसका अवसरमा सरकारले पाँच सय ९४ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय ब्यक्तिलाई तक्मा दिने निर्णय गर्नुभएको हो ।
गृह मन्त्रालयले शनिबार सूचना जारी गर्दै राष्ट्रपतिबाट संविधान दिवसका दिन मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित हुनेहरुको नाम सार्वजनिक गरेको हो ।
गृहका अनुसार सबैभन्दा पहिलो नम्बरमा सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)बाट चिकित्सक डा. सन्दुक रुइतलाई विभूषित गरिने भएको छ । यसैगरी सुप्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय) न्यायाधीश दीपकुमार कार्की, पूर्वप्रमुख आयुक्त नवीनकुमार घिमिरे, प्रधान सेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई सम्मानित गरिएको छ ।
यस्तै, सुकीर्तिमय राष्ट्रदीप (तृतीय)बाट आयुक्त डा. गणेशराज जोशी, वनस्पतीविज्ञ डा. तीर्थबहादुर श्रेष्ठ, सचिव केदारबहादुर अधिकारी, मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेल र नापी विज्ञ बुद्धिनारायण श्रेष्ठसमेत सात जनालाई सम्मानित गरिएको छ ।
यस्तै सरकारले संबिधान दिवसको अवसरमा १६ जना पत्रकारलाई बिभुषित गर्ने निर्णय गरेको छ । सरकारले नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलसहित १६ जना पत्रकारलाई मानपदव, अलकार र पदकद्वारा बिभुषित गर्ने निर्णय गरेको हो ।
यसरी बिभुषित हुनेमा कँडेलसहित डा. राजेशराज अहिराज, सागर पण्डित, राजेशकुमार अर्याल, गोबिन्दप्रसाद भण्डारी, धर्मेन्द्र कर्ण, सुभेच्छाबिन्दु तुलाधर, चिरञ्जिीवि मास्के ९प्रवल जनसेववा श्री चतुर्थ रहनुभएको छ । यसैगरी टीका बिष्ट, लिलाराज भट्टराई, सूर्यमणि गौतम, सविन प्रियाशन चौधरी, हरिनारायण गौतम, मोहन बस्नेत, कृष्णचन्द्र लामिछाने र तेजदत्त खकुराललाई जनसेवा श्री पञ्चमबाट बिभुषित गर्ने निर्णय सरकारले गरको हो ।