कोटेश्वरमा जसपाको गोप्य बैठक !

१२ भाद्र, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)का केही नेताहरुबीच गोप्य बैठक सम्पन्न भएको छ । वरिष्ठ नेता डा.बाबुराम भट्टराईका भाई शिव भट्टराईको निजि निवास कोटेश्वरमा जसपाका वरिष्ठ नेताहरु डा.भट्टराई, अशोक राई र राजेन्द्र महतोबीच छलफल भएको स्रोतले बतायो । आज नेताहरुबीच छलफल भएपनि कुनै कुरामा सहमति बन्न सकेन । नेताहरु आ–आफ्नै अडानमा टसमस रहे । समाजवादी र राजपाबीच एकीकरणपछि जनता समाजवादी पार्टी बनेको पाँच महिना बित्दा पनि समायोजन सम्पन्न..

रेलमार्गको ठेक्का योजनामा खुलेआम भ्रष्टाचार हुने भयोः राजेन्द्र लिङ्देन

११ भाद्र, काठमाण्डौँ । सरकारले झापाको काँकडभिट्टादेखि सुनससरीको इनरुवासम्म रेलमार्गको ट्रयाक विछ्याउनका लागि ठेक्का लगाउँदैछ । तर आवश्यक पूर्वतयारी नगरी ठेक्का लगाउन लागिएको भन्दै विज्ञहरुले ठेक्का प्रक्रिया रोकेर समग्र यातातात योजनाको समीक्षा गर्न सरकारलाई सुझाव दिएका छन् । रेलमार्गमा पर्ने जग्गाको मुआब्जा र रुख कटानको प्रक्रिया सुरु नगर्दै ठेक्का लाउने सरकारी कदमको स्वयम जनप्रतिनिधिद्धारा नै विरोदाभाष सुरु भएको छ । यसमा झापा क्षेत्र नम्बर ३ का संघिय सांसद राजेन्द्र लिङ्देनले..

उपप्रधानमन्त्री पोखरेलको स्पोष्टोक्तीः राजनीतिक नियुक्तिमा मेरो हस्तक्षेप छैन !

१० भाद्र, काठमाण्डौँ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको स्पष्ट पार्नुभएको छ । उहाँले आज विज्ञप्ति जारी गरी आफ्नो परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिद्वारा पद वा सम्बन्धको दुरूपयोग गरी विद्यमान कानुनी व्यवस्थालाई उल्लंघन गरेर नभएको जनाउनुभएको हो । “भएका काम विधिसम्मत, पारदर्शीतासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । यदि अन्यथा भएको पाइएमा वा..

नेकपाको शक्ति सन्तुलनले अर्थमन्त्री खतिवडा ‘रेड जान’मा !

१० भाद्र, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक सहमति र नयाँ शक्ति सन्तुलनले अर्थमन्त्री डा. युवराज खतिवडाको पद धरापमा परेको छ । पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठन गरेको कार्यदलले शनिबार सहमतिको खाकासहितको प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनसँगै पार्टीभित्र करिब पाँच महिनादेखि जारी गतिरोध अन्त्य हुने विश्वास गरिएको छ । तर यो सहमतिका कारण अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री र..

मन्त्रिमण्डलमा पुरै सेट परिवर्तनको तयारीमा प्रधानमन्त्री ओली

१० भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डलमा पुरै सेट परिवर्तनको तयारी गर्नुभएको छ । उहाँले विश्वासपात्रहरुसँग मन्त्रिमण्डलमा नयाँ अनुहार ल्याउने बारे छलफल गर्नुभएको बुझिएको छ । ओलीले अब आफू पुरै नयाँ ढंगले अगाडि बढ्ने भन्दै मन्त्रिमण्डलमा हेरफेर नभई सेट नै परिवर्तन गर्नेबारे परामर्श लिनुभएको थियो । उहाँले सल्लाहकार टोली समेत परिवर्तनको संकेत गर्नुभएको उच्च स्रोतले बताएको छ । सरकारमा रहेका मन्त्रीहरु विवादमा परेपछि ओलीले पुरै सेट परिवर्तनको तयारी..

आफ्नै खेमाका नेताहरु मन्त्री बन्ने लोभमा लागेको भन्दै माधव नेपाल रुष्ट

९ भाद्र, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यदलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको कार्यदलले पार्टीभित्रका आन्तरिक विवाद समाधान गर्नको लागि महत्वपूर्ण सुझाव समेटेर अध्यक्षद्धयलाई गत शनिबार प्रतिवेदन बुझाईसकेको छ । प्रतिवेदनले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई थप शक्तिशाली बनाएको र एक व्यक्ति, एक पदको मागको बारेमा केही नबोलेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपालले भने विरोध..

ओली–प्रचण्डबीच छलफलः नेकपा सचिवालय बैठक भाद्र १३ गते बस्ने

९ भाद्र, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही भाद्र १३ गते बस्ने भएको छ । आज भएको अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलले सचिवालय बैठक भाद्र १३ गते बस्ने निधो गरेको हो । सचिवालय बैठकमा हालै कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बुझिएको छ । कार्यदलको प्रतिवेदनमा पार्टीको आन्तरिक विवाद समाधानको लागि सुझाव र सल्लाह समेटिएका छन् । कार्यदलको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल..

को बन्ला अर्थमन्त्री ? डा. खतिवडा पदमुक्त हुन १० दिन बाकी !

९ भाद्र, काठमाण्डौँ । सांसद नभएको व्यक्ति छ महिनाभन्दा बढी मन्त्री बन्न संविधानले दिदैन । अबको दश दिनभित्र राष्ट्रियसभाबाट सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित सांसद बन्न नसके अर्थमन्त्री डा. युवराज खतिवडा स्वतः पदमुक्त हुनुहुने छ । डा. खतिवडा हाल तेह्ररो जिम्मेवारीमा हुनुहुन्छ । संञ्चार मन्त्रालयको समेत जिम्मेवारी पाउनुभएका उहाँ सरकारका प्रवक्ता समेत हुनुहुन्छ । अढाई वर्ष सरकारमा रहनुभएका पूर्व गभर्नरलाई राष्ट्रियसभामा पुनः मनोनित गर्ने चर्चा पनि थियो । प्रधानमन्त्री ओली पनि..

कोरोना कहरले कांग्रेसको महाधिवेशन अनिश्चित

८ भाद्र, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन फाल्गुनमा नहुने निश्चित जस्तै भएको छ । कोरोना महामारीका कारण तोकिएको समयमा महाधिवेशन नहुने निश्चितप्रायः भएको नेताहरुले बताउन थालेका छन् । सभापति शेरबहादुर देउवाले दशैंसम्म कोरोना नियन्त्रण भयो जेष्ठमा यदि भएन भने भदौको पहिलो हप्ता महाधिवेशन गर्नेगरि आन्तरिक तयारी गरेको देउवा केन्द्रीय सदस्य मीन बहादुर विश्वकर्माले जानकारी दिनुभयो । उहाँकाअनुसार १४औं महाधिवेशनमा सभापतिमा वर्तमान सभापति देउवाले उम्मेद्धावरी दिनुहुने छ..

ओली–प्रचण्डबीच भेटवार्ताः कार्यदलको प्रतिवेदन र मन्त्रालय हेरफेर बारे छलफल

८ भाद्र, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल हुँदैछ । महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको ६ सदस्यीय कार्यदलले पार्टीभित्रको आन्तरिक विवादको समाधानको लागि महत्वपूर्ण सुझाव समेटेर गत शनिबार अध्यक्षद्धयलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा केन्द्रित रहेर अध्यक्षद्धयबीच विस्तृतमा छलफल हुँदैछ । नेकपा सचिवालयको बैठकले अघिल्लो साता महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएको..