राजनीति
कांग्रेस निकट अधिवक्ता दिनेश त्रिपाठीद्धारा बामदेवको विरुद्ध सर्वाेच्चमा निवेदन
५ असोज, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री बनाउन नमिल्ने भन्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ । आज वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वाेच्चमा रिट दर्ता गराउनुभएको हो । उहाँ नेपाली कांग्रेस निकट हुनुहुन्छ । संविधानको धारा उल्लेख गर्दै गौतमलाई मन्त्री नबनाउनु तथा सांसदको रुपमा कार्य समेत नगराउनु भनिएको छ । यसको सुनुवाई असोज ७ गतेका लागि तोकिएको त्रिपाठीले जानकारी दिनुभयो । नेपालको संविधानको धारा ७८ ले..
संविधान दिवसमा रेशम चौधरी रिहा नएपछि जसपाका नेताहरु निराश
५ असोज, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपालका नेताहरुले संविधान दिवसका अवसरमा रेशम चौधरी रिहा हुने आशा गरेका थिए । तर असोज २ गते मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएपछि जसपाका नेताहरु निराश भए । हाल जेलमा रहेका चौधरीको रिहाइका लागि जसपा नेपालले प्रधानमन्त्री कार्यालयदेखि गृह मन्त्रालयसम्म पहल गरेको थियो । परिणामस्वरुप प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कारागार विभागबाट रेशम चौधरीको फाइलसमेत मगाएर अध्ययन गरेको स्रोत बताउँछ । फाइल अध्ययन गरेपछि भने रेशम..
ओली–दाहालबीच भेटवार्ताः मन्त्रिमण्डल पूनर्गठन बारे छलफल
५ असोज, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । सचिवालय बैठक स्थगित गरेर अध्यक्षद्धय मन्त्रिमण्डल पूनर्गठन गर्नेबारे केन्द्रित रहेर छलफलमा जुटेको नेकपाले जनाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई नेताको भेटवार्तामा मन्त्रिमण्डल पूनर्गठनबारे छलफल भएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई अध्यक्षबीच भएको भेटवार्तामा पार्टीको सचिवालय बैठकमा उठेका विषयमा केन्द्रित रहेर..
मधेसका साना राजनितीक झुण्डहरुलाई एकठ्ठा गर्दै सरिता गिरी
४ असोज, काठमाण्डौँ । तत्कालिन समाजवादी पार्टीबाट कारवाहीमा परेकी सरिता गिरीले तराई मधेश बृहत लोकतान्त्रिक अभियान गठन गरेर मधेशको राजनीतिमा पुनः प्रवेश गरकी छिन् । असोज २ गते लोकतान्त्रिक अभियानको घोषणा गरेकी गिरीले अन्ततः पुरानै नेपाल सद्भावना पार्टीलाई मधेशमा सक्रिय बनाउने लक्ष्य लिएकी छिन् । नेपाल सद्भावना पार्टी नेपालले असोज ३ गतेको दिनलाई कालो दिवसको रुपमा मनाउन आयोजना गरेको कार्यक्रममा उनी अभियानको तर्फबाट सहभागी हुन जनकपुर पुगेकी थिइन् । अहिले..
नेकपा बैठकः मन्त्रिमण्डल पुर्नगठनबारे प्रधानमन्त्रीले विकल्पसहित प्रस्ताव ल्याउने
४ असोज, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्नुहुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकमा आज मन्त्रिमण्डल पुर्नगठनबारे गम्भीर छलफल भएको बताईएको छ । बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि मन्त्रिमण्डल पुर्नगठनबारे छलफल भएको बताउनुभयो । बैठकमा मन्त्रिमण्डल पुर्नगठनको मापदण्डबारे प्रधानमन्त्री ओलीले विकल्पसहित प्रस्ताव प्रस्तुत गरेको बुझिएको छ । बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठन गरिहाल्ने हो भने सबै मन्त्री हटाएर नयाँलाई अवसर दिने प्रस्ताव राखेको बुझिएको..
नेकपाको सचिवालय बैठक पेरिसडाँडामा सुरु
४ असोज, काठमाण्डौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पहिलोपटक पेरिसडाँडामा सुरुभएको छ । पार्टी एकतापछि पहिलोपटक सचिवालय बैठक सुरु भएको हो । बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको हो । यसअघि नेकपाका महत्वपूर्ण बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएका थिए । बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीपनि सहभागी हुनुहुन्छ । दाहालको सचिवालयले जनाएअनुसार बैठक कक्षमा भौतिक दूरी कायम गरेर नेताहरुको आसनको..
नेकपा सचिवालय बैठक आज बस्दै, को को बन्लान नयाँ मन्त्री ?
४ असोज, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । गत भाद्र २६ गते सम्पन्न स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयनका सवालमा छलफल गर्न सचिवालय बोलाइएको बताईएको छ । पूर्वमाओवादी केन्द्रको कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा ११ बजेपछि बस्ने बैठकमा समसामयिक विषयका साथै पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउने विषयमा छलफल हुनेछ । यसअघि शुक्रबारका लागि बोलाइएको बैठक नेताहरुको समयअभावका कारण आजका लागि सारिएको थियो । एक सचिवालय..
नेपालको संविधान अपुरो र अधुरो छः मुख्यमन्त्री राउत
३ असोज, जनकपुरधाम । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान अपुरो र अपुर्ण रहेको बताउनुभएको छ । प्रदेशको अधिकार सङ्कुचनको सोचबाट कतिपय विषयमा व्यवधान खडा गरिएको बताउँदै उहाँले संविधान अपूरो र अधुरो रहेको बताउनभएको हो । दलित, पहाडका जनजाति मुद्दालाई समेत समेट्न नसकेको उहाँको दावि छ । ‘संविधानमा रहेका त्रुटि नसच्याएसम्म संविधान सबैको सर्वस्वीकार्य बन्न सक्दैन ।’ उहाँ भन्नुभएको छ । संविधानमा पहिचान र सामथ्र्यका आधारलाई अनुसरण नगरिएको बताउँदै..
कोरोना महामारीको समयमा पनि नेपालको अर्थतन्त्र सकारात्मक छः प्रधानमन्त्री ओली
३ असोज, झापा । भ्रष्टाचारविरुद्ध बोल्दा ‘मुखमा पानी नहाल्ने’ प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । संविधान दिवसको अवसरमा आज बिहान टुँडिखेलमा आयोजित विशेष समारोहमार्फत देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । उहाँले कोरोनाविरुद्ध सरकारले चालेका कदम उराठलाग्दो नभएको दाबीसमेत गर्नुभयो । कोरोना महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्रको सूचक नकारात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । कोरोना संक्रमणका कारण विकासको गति..
नेपालको संविधान विभेदकारी रहेको जसपा नेताहरुको भनाई
३ असोज, झापा । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकारले घोषणा गरेको संविधान दिवसमा आफूहरुले भाग नलिने स्पष्ट पार्नुभएको छ । संविधान दिवसको पूर्वसन्ध्यामा हिजो आफ्नो धारणा सार्वजनिक गर्दै नेता यादवले यस्तो बताउनुभएको हो । यादवले सामाजिक संञ्जाल फेशबुकमार्फत यस्तो लेख्नुभएको छ । उहाँले संविधानलाई विभेदकारी, अपुरो र त्रुटिपूर्णको संज्ञा दिनुभएको छ । संविधानले मधेशी, आदिवासी जनजाति, दलित शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समूदायहरुका..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७