सभापति देउवाका निर्णय विरुद्ध विरोधपत्र दर्ता गराउदैं पौडेल समूह

१२ असोज, काठमाण्डौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णय सच्याउन माग गर्दै आज विरोधपत्र दर्ता गर्ने भएको छ । विरोधपत्र दर्ताका लागि पैडेल समुहले कृष्णप्रसाद सिटौला समूहलाई समेत समर्थन मागेको थियो । तर सिटौला समुहको समर्थन भएन । दुई समुहबीचको वार्ता नमिलेपछि हिजो आइतबार अन्तिम चरणमा आएर विरोध पत्र दर्ताको कार्यक्रम स्थगित भएको थियो । आज पौडेल समूहका २७ नेताद्वार हस्ताक्षरित विरोधपत्र दिउँसो..

बामदेवको सत्ता यात्रामा दिनेश त्रिपाठीको धक्का ‘हात्ती छिर्यो पुच्छर अड्कियो’

१२ असोज, काठमाण्डौँ । मन्त्रिमण्डल पूनर्गठनको अन्तिम तयारी भइसकेको अवस्थामा सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को छलफलले केही दिन पर्खने निष्कर्ष निकाल्यो । कारण थियो १४ गतेका लागि बामदेव गौतमको विषयमा परेको मुद्दाको संवैधानिक इजलाशका लागि सुनुवाई । आजै मन्त्रिमण्डल पुर्नगठन गर्दा बामदेव गौतमलाई नियतवश रोकिएको सन्देश जान्थ्यो । त्यसप्रति प्रचण्डले ओलीलाई सचेत गराएका थिए । त्यसपछि तीन दिन पर्खने सहमति भएको स्रोतको भनाई छ ।..

मन्त्रिपरिषद्को बैठक सम्पन्न, मन्त्रीमण्डल हेरफेर बारे छलफल भएन

११ असोज, काठमाण्डौँ । आकस्मिक रुपमा आज बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा.अन्जन शाक्यलाई अधिकार दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । नेकपाका दुई अध्यक्षबीच आज बिहान भएको छलफलमा मन्त्रीमण्डल हेरफेर गर्नेबारे..

ओली–प्रचण्डबीच भेटवार्ता

११ असोज, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज छलफल भएको छ । नेकपाका अर्का अध्यक्षसमेत रहनसभएका प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुग्नुभएको थियो । भेटमा सरकार र पार्टीका कामकारबाहीबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । तर, कुन–कुन विषयमा छलफल भयो भन्ने प्रचण्डको सचिवालयले खुलाएन । मन्त्रिपरिषद पुनर्गठनको चर्चा चल्नु, यही चर्चाको बीच आजै प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक आह्वान गर्नु र..

देउवाको निर्णय विरुद्ध विरोध पत्र दर्ता गराउने तयारीमा पौडेल समूह

११ असोज, काठमाण्डौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले महाधिवेशनको निष्पक्षतासँग जोडिएका पछिल्ला निर्णय सच्याउन माग राखेर पार्टीको केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गर्ने भएको छ । शनिबार बसुन्धरास्थित एक पार्टी प्यालेसमा पौडेल पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठकको निर्णयपछि आज दिउँसो पार्टी कार्यालयमा विरोध पत्र दर्ता गर्न लागेको स्रोतले जानकारी दियो । विरोध पत्रमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित २७ जनाको हस्ताक्षर रहेको..

नयाँ मन्त्रीका लागि ८ नेताको नाम चर्चामा !

१० असोज, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिवेला मन्त्रिमण्डल पूनर्गठनको तयारीमा जुटेको छ । हालै बसेको सचिवालय बैठकले नै मन्त्रिमण्डल पूनर्गठनबारे छलफल अघि बढाएको हो । मन्त्रिमण्डल पूनर्गठनको मापदण्ड कस्तो बनाउने भन्नेबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आन्तरिक छलफल तथा परामर्श भईरहेको छ । सचिवालयका अधिकांश सदस्यहरुले ठूलो मात्रामा पूनर्गठन गर्नुपर्ने धारणा राखेका छन् भने केहीले भने राम्रो काम गर्ने मन्त्रीहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्..

वामदेवको मौलिक हकमाथि न्यायालयको हमला !

९ असोज, काठमाण्डौँ । रिट निवेदकको माग र सर्वाेच्च अदालतको आदेश अनुसार असोज १४ गते बुधबारसम्मका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमको राष्ट्रियसभाको सांसद पद यथास्थितिमा छ । तर, कहिलेकाँही अदालतले रिट निवेदकद्वारा माग नै नभएका विषयमा आदेश गर्छ, जुन यही प्रकरणमा देखिएको छ । संविधानले प्रत्याभूत गरेको व्यक्तिको मौलिक हक कसैले हनन् गरेमा त्यसको सुनिश्चितता गर्ने दायित्व सर्वाेच्च अदालतको हुन्छ । तर, सर्वाेच्च अदालतले नै नेकपा नेता वामदेव गौतमको मौलिक..

बामदेवलाई संवैधानिक जिम्मेवारी नदिन सर्वोच्चको अन्तरिम आदेश

७ असोज, काठमाण्डौँ । सर्वाेच्च अदालतले राष्ट्रिष्यसभा सदस्य पदमा नियुक्त हुनुभएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । आज न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले रिट निवेदक र विपक्षी सरकारलाई अन्तरिम आदेशका लागि असोज १४ गते छलफलमा बोलाउँदै त्यतिन्जेलसम्म गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो । सर्वाेच्चको यस आदेशपछि गौतमलाई सरकारले मन्त्री नियुक्त गर्नेलगायत अन्य संवैधानिक जिम्मेवारी दिन पाउँने..

१० दिनभित्र सांगठनिक एकता गरिसक्ने निर्णय सहित नेकपा सचिवालय बैठक सम्पन्न

६ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । दश दिनभित्र पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने निर्णय सहित आजको बैठकमा सम्पन्न भएको बताईएको छ । यसको जिम्मा अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु प्रसाद पौडेललाई दिईएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । त्यस्तै, आजको बैठकमा संवैधानिक तथा राजनीतिक नियुक्तीबारे सबैको सुझाव लिईएको छ । बैठकले सरकारलाई संवैधानिक..

काँग्रेस महाधिवेशनः देउवा सार्ने पक्षमा, पौडेल फाल्गुनमै गर्ने अडानमा

६ असोज, काठमाण्डौँ । नेपाली काँग्रेसको महाधिवेशन सर्ने निश्चित प्रायः छ । विधान अनुसार एक वर्ष सार्न सकिने व्यवस्थाको प्रयोग गरिसकेको काँग्रेसले अब संवैधानिक व्यवस्थाको प्रयोग गरी ६ महिना पछि सार्न सक्छ । फाल्गुनमा गर्ने भनिएको कांग्रेस महाधिवेशन ६ महिना पर सर्ने संकेत देखिन थालेको छ । सविधानमा हालको व्यवस्था अनुसार काँग्रेसले विशेष परिस्थिति देखाउँदै अर्काे वर्षको भाद्रसम्म महाधिवेशन गर्नुपर्ने हुन्छ । कोरोना भाइरसको महामारीका कारण यो वर्ष महाधिवेशन नहुने..