राजनीति

सरकारलाई सहयोग गर्न डा. खतिवडालाई प्रधानमन्त्रीको आग्रह
१९ भाद्र, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिनुभएको छ । आज अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपछि उहाँले सम्हाल्दै आएको मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । अर्थ मन्त्रालयबाट बिदाइः राजीनामा दिने दिन मन्त्री खतिवडा अर्थ मन्त्रालयमा आयोजित विदाइ कार्यक्रममा सहभागी हुनुभएको थियो । मन्त्रालयका एक सहसचिवका..

अर्थमन्त्री युवराज खतिवडाद्धारा पदबाट राजीनामा
१९ भाद्र, काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालय समेत संम्हाली रहनुभएका अर्थमन्त्री डा.युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएको छ । खतिवडाले आज अपरान्ह बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्माओलीलाई रजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । भोलिबाट खतिवडाको पदावधि सकिँदै थियो । खतिवडा गत फाल्गुनमा राष्ट्रियसभाको दुई वर्ष कार्यकाल सकिएपछि सांसद पद बिहीन हुनुभएको थियो । संविधानको धारा ४८ को उपधारा १ बमोजिम मन्त्री बन्नुभएका खतिवडाको पदअवधी भोली..

प्रदेश–२ मा कसै–कसैलाई मन्त्री बन्ने रहर जाग्यो होला तर सरकार परिवर्तन हल्ला होः यादव
१५ भाद्र, काठमाण्डौँ । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएर जनता समाजवादी पार्टी गठन भएसँगै प्रदेश–२ सरकार परिवर्तन हुने चर्चा सुरु भएको छ । यस्तो चर्चासँगै पार्टीका नेताहरुको दौडधुप पनि बाक्लिएको छ । संघिय सरकारमा विपक्षी दलको भूमिका निर्वाह गरिरहेको र प्रदेश–२ मा सरकारको नेतृत्व गरिरहेको पार्टीले संघीय सरकार र आफ्नो नेतृत्वको प्रदेश सरकारका सफलता÷असफलतलाई कसरी मूल्याङ्कन गरिरहेको छ भन्ने पनि महत्वपूर्ण प्रश्न छ । प्रदेश–२..

राप्रपामा चुनाव चिन्हको विवादः गाई की हलो !
१४ भाद्र, काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई निर्वाचन आयोगमा पार्टी दर्ताका लागि पार्टीभित्र अन्तिम गृहकार्य चहिरहेको छ । गत २८ फाल्गुनमा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा. प्रकाश चन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त)बीच पार्टी एकता भएपछि एकताको आधार पत्रमाथिको व्याख्या र विवादित विषयमा सहमतिको खोजी जारी छ । राप्रपाद्वारा एकताको आधारपत्रलाई व्याख्या र विवादित विषय टुंग्याउन ६ सदस्सीय कार्यदल समेत बनाइएको थियो । कार्यदलमा थापा..

विद्यार्थी संगठनको इतिहास र वर्तमान अवस्था !
१४ भाद्र, काठमाण्डौँ । वर्तमान समयमा विद्यार्थी आन्दोलनको औचित्य समाप्त भयो, यी सम्बद्ध सङ्गठनलाई खारेज गरे हुन्छ भन्ने भनाइ आजकल सुनिन्छ । जसलाई हिजो यही आन्दोलनले स्थापित गर्याे ती व्यक्तिहरूले समेत यस्तै आशय व्यक्त गर्नुले विद्यार्थी आन्दोलनप्रति गम्भीर प्रश्न खडा गरेको छ । के साँच्चै विद्यार्थी आन्दोलनको औचित्य समाप्त भएको हो त ? हामी जस्ता विद्यार्थी आन्दोलनमा होमिएका कार्यकर्तालाई यस प्रश्नले अन्तर हृदयसम्म कम्पन पैदा गरेको छ । विद्यार्थी आन्दोलन..

मुख्यमन्त्री फेरीन्छ त केवल अर्को निर्वाचन पछि !
१५ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका मुख्यमन्त्री नफेरिने दावी गर्नुभएको छ । पत्रकार रिऋी धमला संगको विशेष अन्तवार्तमा उहाँले तत्काल मुख्यमन्त्री परिवर्तन गरिनु भनेको अस्थिरता ल्याउनु भएको बताउनुभयो । संघिय सरकारको मन्त्रिपरिषद् पुनर्गठन भने आश्वयकताका आधारमा गरिने भन्दै त्यसबारे आफूले विचार गरिरहेको उहाँले बताउनुभयो । त्यसको अधिकार प्रधानमन्त्रीमा हुने भएकाले सोही अनुसार समीक्षा गरेर निष्कर्षमा पुग्न सकिने उहाँको भनाइ छ । अर्काे प्रसंगमा ओलीले पार्टीभित्र केही समस्या..

अर्थमन्त्रीमा युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा प्रधानमन्त्री ओली
१५ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने संकेत दिनुभएको छ । शनिबार राति पत्रकार ऋषि धमलासँगको विशेष अन्तर्वार्तामा ओलीले खतिवडाले राम्रो काम गरेको भन्दै उहाँलाई नै निरन्तरता दिने संकेत गर्नुभएको हो । ओलीले खतिवडाबारे २–४ दिनमा निर्णय हुने भन्दै उहाँले राम्रो काम गरिरहेको स्पस्ट पार्नुभयो । अर्थमन्त्री खतिवडाले राम्रो काम गर्नुभएको छ भन्ने प्रश्नमा ओलीले भन्नुभयोे, ‘राम्रो काम गर्नुभएको छ !’ उहाँको..

ओलीको सत्तासंकट टार्ने वामदेवको त्यो प्रस्ताव !
१५ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतमलाई शुक्रबार विहानै बालुवाटार बोलाउनुभयो । गौतम भैंसेपाटीबाट हुइँकिएर निस्कनुभयो । जहाँ दुई नेताबीच पार्टीका विषयमा रणनीतिक कुराकानी भयो । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहनुभएका ओलीले उपाध्यक्ष गौतमसंग पार्टी सञ्चालन र भावी रणनीतिका विषयमा केन्द्रित रही दुई घन्टा छलफल गर्नुभयो । छ बुँदे सहमतिको प्रस्ताव ल्याएर ओलीको सत्ता संकट टार्न भुमिका खेलेका गौतमलाई ओलीले भविष्यमा महत्वपूर्ण समयमा साथ दिएर गुन..

सर्वसम्मतरूपमा सक्षम नेतृत्व छान्नुपर्छः काँग्रेस कोषाध्यक्ष यादव
१३ भाद्र, काठमाण्डौँ । नेपाली काँग्रेसका कोषाध्यक्ष सीतादेवी यादवले पार्टीभित्र सर्वसम्मतरूपमा सक्षम नेतृत्व छान्नुपर्ने बताउनुभएको छ । सामाजिक लोकतान्त्रिक अध्ययन केन्द्रले आज आयोजना गरेको ‘नेपाली काँग्रेसको पुनःजागरण अभियान ः वैचारिक नेतृत्व, आन्तरिक लोकतन्त्र र जनआधरित सङ्गठन’ विषयक प्रदेश–२ का काँग्रेस नेतासँग गरेको भर्चुअल अन्तक्र्रियामा उहाँले आउँदो महाधिवेशनमा सर्वसम्मत रुपमा काँग्रेसमा सक्षम नेतृत्व ल्याउनुपर्ने बताउनुभयो । “गुट उपगुटको अन्त्य र नेतृत्व परिवर्तन नभएसम्म काँग्रेस बलियो हुन सक्दैन”, उहाँले भर्चुअल अन्तरक्रियामा अन्नुभयो..

देउवा र पौडेलको ध्रुवीकरणबीच सिटौला र निधिको ‘क्यामेस्ट्री’
१३ भाद्र, काठमाण्डौँ । पार्टीको आसन्न महाधिवेशन नजिकिँदा सभापति शेबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको तीव्र ध्रुवीकरणलाई तेस्रो धारको नेतृत्वमा आसीन सिटौलाले नियालिरहेको पाइन्छ । १४औँ महाधिवेशनपछि पनि आफ्नै नेतृत्वलाई निरन्तरता दिने दाउमा सभापति देउवा हुनुहुन्छ । तर संस्थापन पक्षबाटै देउवाई चुनौती दिन उपसभापति विमलेन्द्र निधि पनि अघि सरेको अवस्था छ । यता इतरपक्षमा पनि नेतृत्व हत्याउने चर्काे होडबाजी छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री शशांक कोइराला,..