राजनीति
कोरोना महामारी व्यवस्थापनमा काँग्रेसले आफ्ना कार्यकर्ता परिचालन गर्ने
७ कार्तिक, काठमाण्डौँ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले कोरोना महामारी व्यवस्थापनमा आफ्नो संगठनलाई परिचालन गर्ने भएको छ । सरकारले कोरोना महामारीको व्यवस्थापन तथा बिरामीको उपचारबाट हात झिकेको भन्दै जिम्मेवार पार्टीका नाताले जनताको सेवामा समर्पित हुने निधो गरिएको काँग्रेसको संगठन विभागद्वारा जारी विज्ञप्तिमा चनिएको छ । पीसीआर परीक्षण जनता स्वयंले गर, असाध्यै गाह्रो नभइकन अस्पताल नजाउ, मृत्यु भएमा आफै दाहसंस्कार गरजस्ता गैरजिम्मेवार निर्देशन सरकारी पक्षबाट आउनु अत्यन्त दुःखद र निन्दनीय कुरो..
कांग्रेस सभापति देउवाले ‘रअ’ प्रमुखसंग नभेटेको सचिवालयको भनाई
६ कार्तिक, काठमाण्डौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता नगरेको देउवाको सचिवालयले जनाएको छ । ‘रअ’का प्रमुख गोयल नेतृत्वको ९ सदस्यीय टोली हिजो (बुधबार) कूटनीतिक उडानबाट नेपाल आएका थिए । उनले नेताहरुलाई भेटेको चर्चा चलेपछि पूर्व प्रधानमन्त्री देउवका निजी स्वकीय सचिव भानु देउवाले ‘रअ’ प्रमुखसँग कुनै भेटवार्ता नभएको प्रष्ट पार्नुभएको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल..
प्रचण्ड र रअ प्रमुख भेट बारेको समाचार असत्यः प्रचण्ड सचिवालय
६ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले प्रचण्डले ‘रअ’का प्रमुख गोयलसंग गोप्य भेट नगरको बताएको छ । ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ भनेर प्रकाशित समाचारको खण्डन गरेको छ । प्रचण्डको नीजि सचिवालयका तर्फबाट प्रेस संयोजक विष्णु सापकोटाले उक्त समाचारप्रति सचिवालयको ध्यानाकर्षण भएको भन्दै संवेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्नुभएको छ । साथै..
नेपाल–भारतको सम्वन्ध सुधार्न ‘रअ’ प्रमुख गोयल नेपाल आए
६ कार्तिक, काठमाण्डौँ । दुई दिन नेपाल भ्रमणमा आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल बुधबार काठमाडौं आएलगत्तै खैलाबैला मच्चिएको थियो । उनी विशेष विमानमा किन नेपाल आए ? यो आम चासोको विषय बन्यो । देशका प्रधानमन्त्रीको स्वीकृति विना उनी नेपाल आउन सम्भव नभएको नेकपा विदेश विभागका विष्णु रिजालले बताउनुभयो । उहाँको भनाईलाई आधार मान्ने हो भने प्रधानमन्त्री ओलीकै अनौपचारिक निम्तोमा गोयल नेपाल आएका हुन् । गोयलले एक रातको..
काँग्रेस सभापतिका लागि रामचन्द्र पौडेल उम्मेदवारीबाट पछि नहट्ने
५ कार्तिक, काठमाण्डौँ । नेपाली काँग्रेसको आगामी महाधिवेशन कोरोना महामारीका कारण सर्ने पक्कापक्की जस्तै छ । यसै वर्षभित्र सम्पन्न गर्नुपर्ने महाधिवेशन सर्ने छाँट देखिएपनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले कुनै हालतमा महाधिवेशन तोकिएको मितिमा सम्पन्न गर्नुपर्ने जोड दिदै आएको छ । पौडेलले अब महाधिवेशन समयमै गर्न देउवामाथि दबाब बढाउन सुरु गर्नुभएको छ । उहाँले केही लचकता देखाउन सक्ने तर आउँदो वैशाखभन्दा पर जाने गरी मान्न नसकिने स्पष्ट पारिसकेको बुझिएको छ..
नेकपामा नयाँ समिकरणको पहलः ओली–नेपालबीच भेटवार्ता
५ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पाटी (नेकपा) भित्र नयाँ समिकरणको पहल शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो एक्ला एक्लै कुराकानीबाट नयाँ समिकरणको पहल शुरु भएको स्रोतले बताएको छ । ओलीले नेपाललाई मिलेर जान प्रस्ताव गर्नुभएको छ । उहाँले पूर्व एमालेबीचको एकतामा जोड दिएपछि नेपालले त्यसलाई सकारात्मक रुपमा लिनुभएको बुझिएको छ । स्रातेका अनुसार आफू सधै सहमति र सहकार्यको पक्षमा रहेको..
कांग्रेसका सबै समूहलाई मिलाएर पार्टीको नेतृत्व गर्ने तयारी नेता सिटौला
४ कार्तिक, काठमाण्डौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नागरिकका आधारभूत आवश्यकतासमेत सरकारले पूरा गर्न नसकेको आरोप लगाउनुभएको छ । पाथीभराको दर्शन गरेर फर्कने क्रममा ताप्लेजुङका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले मौलिक हक र सर्वोच्चको परमादेशविपरीत कोरोनाको उपचारबाटै सरकार पन्छेको दोषारोपण गर्नुभयो । दिनानुदिन नागरिक सङ्क्रमणको चपेटामा परिरहेका बेला उपचार र सङ्क्रमणको जोखिम व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्ने उहाँले औँल्याउनुभयो । अर्को प्रसङ्गमा उहाँले पार्टी महाधिवेशन छिट्टै हुने र त्यसबाटै विभाजनलाई अन्त्य..
जसपाको विधान संशोधन, केन्द्रीय समिति ८०१ सदस्य हुने
४ कार्तिक, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले विधान संशोधन गरी केन्द्रीय समितिको आकार बढाएको छ । यसअघि केन्द्रीय समितिको संख्या सात सय एक रहेकोमा विधान संशोधन गरेर आठ सय एक सदस्सीय बनाइएको हो । आज बसेको कार्यकारिणी समितिको बैठकले विधान संशोधन गरी सो संख्या थपेको कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले बताउनुभयो । विधान संशोधन प्रस्ताव सर्वसमितले पारित गरेको पनि उहाँको भनाइ छ । विधान संशोधन पारित भएसँगै अब..
कोरोना संक्रमितको उपचार सरकारले गर्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल
४ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवंम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने भन्ने सरकारको निर्णय जनताप्रति गैरजिम्मेवार र अनुत्तरदायी भएको भन्दै फिर्ता लिन माग गर्नुभको छ । आज विज्ञप्ति जारी गर्दै सत्तारुढ दलका नेता नेपालले सरकारको निर्णयले आफूलाई गम्भीर बनाएको उल्लेख गर्नुभएको छ । देश कोरोनाको महामारीबाट आक्रान्त भइरहेको र विरामीहरुको संख्या दिनदिनै बढिरहेको बेला नेपाल सरकारले सबै विरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो..
ओली–प्रचण्डबीच भेटवार्ताः कर्णाली प्रदेशको विवादमा हस्तक्षेप नगर्न प्रचण्डको सुझाव
४ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको विवाद अझै मिल्न सकेको छैन । असोज २६ गते नेकपा कर्णालीका सहइन्चार्ज समेत रहेका सदस्य यमलाल कँडेल लगायतका १८ जना सदस्यहरुले मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि सुरु भएको विवाद कसरी मिलाउने भन्नेमा नेताहरुबीच नै मतभेद देखिँदा विवाद लम्बिएको हो । यसबारे छलफल गर्न अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका पदाधिकारीहरुलाई काठमाडौँ..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७