नेपालको संविधान अपुरो र अधुरो छः मुख्यमन्त्री राउत

३ असोज, जनकपुरधाम । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान अपुरो र अपुर्ण रहेको बताउनुभएको छ । प्रदेशको अधिकार सङ्कुचनको सोचबाट कतिपय विषयमा व्यवधान खडा गरिएको बताउँदै उहाँले संविधान अपूरो र अधुरो रहेको बताउनभएको हो । दलित, पहाडका जनजाति मुद्दालाई समेत समेट्न नसकेको उहाँको दावि छ । ‘संविधानमा रहेका त्रुटि नसच्याएसम्म संविधान सबैको सर्वस्वीकार्य बन्न सक्दैन ।’ उहाँ भन्नुभएको छ । संविधानमा पहिचान र सामथ्र्यका आधारलाई अनुसरण नगरिएको बताउँदै..

कोरोना महामारीको समयमा पनि नेपालको अर्थतन्त्र सकारात्मक छः प्रधानमन्त्री ओली

३ असोज, झापा । भ्रष्टाचारविरुद्ध बोल्दा ‘मुखमा पानी नहाल्ने’ प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । संविधान दिवसको अवसरमा आज बिहान टुँडिखेलमा आयोजित विशेष समारोहमार्फत देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । उहाँले कोरोनाविरुद्ध सरकारले चालेका कदम उराठलाग्दो नभएको दाबीसमेत गर्नुभयो । कोरोना महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्रको सूचक नकारात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । कोरोना संक्रमणका कारण विकासको गति..

नेपालको संविधान विभेदकारी रहेको जसपा नेताहरुको भनाई

३ असोज, झापा । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकारले घोषणा गरेको संविधान दिवसमा आफूहरुले भाग नलिने स्पष्ट पार्नुभएको छ । संविधान दिवसको पूर्वसन्ध्यामा हिजो आफ्नो धारणा सार्वजनिक गर्दै नेता यादवले यस्तो बताउनुभएको हो । यादवले सामाजिक संञ्जाल फेशबुकमार्फत यस्तो लेख्नुभएको छ । उहाँले संविधानलाई विभेदकारी, अपुरो र त्रुटिपूर्णको संज्ञा दिनुभएको छ । संविधानले मधेशी, आदिवासी जनजाति, दलित शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समूदायहरुका..

संविधान दिवसको अवसरमा डा. सन्दुक रुइत सहित ५९४ जनालाई विभूषण

३ असोज, काठमाण्डौँ । पाँचौ संविधान दिवसका अवसरमा सरकारले पाँच सय ९४ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय ब्यक्तिलाई तक्मा दिने निर्णय गर्नुभएको हो । गृह मन्त्रालयले शनिबार सूचना जारी गर्दै राष्ट्रपतिबाट संविधान दिवसका दिन मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित हुनेहरुको नाम सार्वजनिक गरेको हो । गृहका अनुसार सबैभन्दा पहिलो नम्बरमा सुप्रसिद्ध प्रबल जनसेवा..

संविधान दिवसको अवसरमा राष्ट्रप्रमुखहरुद्वारा शुभकामना

३ असोज, काठमाण्डौँ । आज असोज ३ गते संविधान दिवस । राजनीतिक परिवर्तपछि दोस्रो संविधानसभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा आज विविध कार्यक्रम गरेर देशभर यो दिवस मनाइँदैछ । संविधान दिवस मूल समारोह समितिको आयोजानमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिहरु र विभिन्न राजनीतिक दलका नेता र..

आजको नेकपा सचिवालय बैठक स्थगित

२ असोज, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ । आजका लागि तय भएको बैठक आइतबार बस्ने गरी स्थगित भएको हो । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि पहिलोपटक पेरिसडाँडामा बैठक बस्ने तय भएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको कार्यकारी अधिकारसहित सञ्चालनको जिम्मेवारी पाएपछि पेरिसडाँडामा बैठक स्थल तय गर्नु अर्थपूर्ण मानिएको थियो ।  

संवैधानिक अङ्गको रिक्त पदमा कांग्रेस आसामुखी बन्दै !

१ असोज, काठमाण्डौँ । संवैधानिक अङ्गको रिक्त पदमा नियुक्तिको विषयलाई लिएर बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता शेरबहादुर देउवाबीच लामै छलफल भएको छ । छलफलमा नेकपा महासचिव विष्णु पौडेल र काँग्रेस नेता रमेश लेखकको समेत सहभागिता रहेको थियो । महत्वपूर्ण संवैधानिक अङ्ग सबै ठाउँमा काँग्रेसको भागमा दुई जना र तीन वटा निकायमा प्रमुखसहित दुई जना हुनुपर्ने बटम लाइन देउवाको छ ।..

वामदेव गौतमद्धारा राष्ट्रियसभा सदस्यको सपथ ग्रहण

१ असोज, काठमाण्डौँ । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले सपथ लिनुभएको छ । आज अपरान्ह साँढे चार बजे राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई सिंहदरबारस्थित राष्ट्रियसभाको कार्यकक्षमा पद तथा गोपनियताको सपथ खुवाउनुभएको हो । राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गरेलगत्तै गौतमले सपथ लिनुभए हो । राष्ट्रपति भण्डारीले गौतमलाई संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम गौतमलाई मनोनित गर्नुभएको हो । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई..

बामदेव राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित, आजै सपथ खुवाईने

१ असोज, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभा सदस्यको सपथ लिनुहुदैँछ । आज संसद भवन बानेश्वरमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट गौतमले सपथ लिनुहुने तय भएको छ । गौतमलाई सोमबार सरकारले राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनयनका लागि सिफारिश गर्ने निर्णय गरेको थियो । चार दिनपछि उहाँ मनोनित भएको पत्र राष्ट्रियसभामा पुगेपछि आज नै सपथ राखिएको छ ।  

वामदेवको सिफारिस शीतलनिवास पुगेकै छैन

१ असोज, काठमाण्डौँ । राष्ट्रियसभाको रिक्त सदस्य पदमा मनोनयनका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने भनेपनि आज बिहानसम्म सरकारको सिफारिस राष्ट्रपति कार्यालय शीतलनिवास पुगिसकेको छैन । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनयन गर्ने निर्णय नै गरेको थियो । तर, मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता मन्त्री प्रदीप ज्ञवालीले पनि सोबारे निर्णय सुनाउनुभएन । सोमबारको मन्त्रिपरिषद्ले निर्णय..