राजनीति
प्रधानमन्त्री ओली बिरुद्ध मोर्चाबन्दीः दाहाल, खनाल, नेपाल, गौतम एक कित्तामा !
१७ असोज, काठमाण्डौँ । आज (शनिबार) अपरान्हको लागि तय गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक यसपटक सामान्य नहुने छाँटकाँट छ । पार्टीभित्र संकट टरेको मात्र थियो तर प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी संग छलफल नै नगरी केही निर्णयहरु गरिदिनुभयो । यस हप्ता मुख्य सचिव र राजदूतको नियुक्ति भयो । त्यसमा ओलीले एकलौटी ढंगले निर्णय गरेको भन्दै नेताहरु असन्तुष्ट छन् । स्रोतका अनुसार वरिष्ठ नेता माधवकुमार नेपाल सबैभन्दा असन्तुष्ट हुनुहुन्छ..
प्रदेश–५ राजधानी विवादः शंकर पोखरेलले बाजी मार्दा विष्णु पौडेल चेपुवामा !
१७ असोज, रुपन्देही । प्रदेश–५ को राजधानी दाङ हुने करिव–करिव पक्का भएको छ । प्रदेश–५ को प्रदेशसभामा राजधानी दाङलाई बनाउने सहमति भएपछि विरोध र समर्थनका स्वरहरु बाहिर आउन थालेका छन् । प्रदेश–५ को दाङ र बुटवलमध्ये एक राजधानी हुने निश्चित नै थियो । तर, नेताहरुबीच लामो रस्साकस्सीपछि दाङको सम्भावना बढेर गयो । दाङ राजधानी प्रस्ताव हुनुमा मुख्यमन्त्री शंकर पोखरेल पनि मुख्य कारण हुन् । पोखरेलको गृहजिल्ला दाङ हो । नेकपा..
प्रदेश–२ का मुख्यमन्त्रीलाई हटाउन भारतीय ‘एजेन्ट’ सक्रिय
१७ असोज, जनकपुरधाम । अहिले भारतका लागि ‘मधेश कार्ड’ पनि प्रतिकूल बन्दै गइरहेकोले उसको ध्यान मधेशी दलहरुको नेतृत्वमा रहेको प्रदेश–२ सरकारका विरुद्ध लक्षित हुन थालेको छ । सो कार्यका लागि अहिले भारतको ‘राष्ट्रिय स्वयंसेवक संघ’ (आरएसएस) ले नेपालमा पनि आफ्नो सक्रियता बढाएको बुझिएको छ । आरएसएस भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको समेत मार्गदर्शकका रुपमा रहेको कट्टर राष्ट्रवादी हिन्दु संगठन हो । भारतमा भाजपाका सरकार सञ्चालनदेखि पार्टी सञ्चालनसम्ममा आरएसएसकै मुख्य..
गौतम बिरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा
१६ असोज, काठमाण्डौँ । नेकपाका उपाध्यक्ष बामदेव गौतम बिरुद्ध सर्वाेच्च अदालतमा परेको ‘संसद सदस्यको अयोग्यता सम्वन्धी’ मुद्दामा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.को संवैधानिक इजलासले आज पनि हेर्दा हेर्दैमा राखेको छ । अब यो मुद्दामा असोज २१ गते बुधबार बहस हुने अधिवक्ता सुरेन्द्र थापाले बताउनुभयो । मन्त्रिपरिषदको सिफारिसमा गौतमलाई राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रिय सभामा मनोनित गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उहाँ प्रत्यक्ष निर्वाचनमा पराजित भएकाले सांसद बन्न नपाउने भन्दै असोज ६..
संसद्को विशेष अधिवेशन माग गर्ने तयारीमा नेपाली कांग्रेस
१६ असोज, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संघिय संसद्को विशेष अधिवेशन माग गर्ने तयारी गरेको छ । यसमा काँग्रेसलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि साथ दिने भएको छ । कोरोना नियन्त्रणमा सरकारको अकर्मण्यता र भ्रष्टाचारविरुद्ध छलफल गर्न संसदको विशेष अधिवेशन आवश्यक रहेको निष्कर्ष काँग्रेसले निकालेको हो । काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बुधबार संस्थापन पक्षीय पदाधिकारीको छलफलले संसद्को विशेष अधिवेशनको आवश्यकता औंल्याएको हो । काँग्रेस सहमहामन्त्री डा.प्रकाशरण..
ओली–दाहालबीच भेटवार्ताः शनिबार सचिवालय बैठक बस्ने
१६ असोज, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज विहान बालुवाटारमा बसेको बैठकमा मन्त्रिमण्डल पुर्नगठन, राजदूत नियुक्तिलगायतका विषयमा छलफल भएको स्रोतको भनाई छ । नेकपा भित्र मन्त्रिमण्डल पुर्नगठनबारे अझै कुरा मिल्न सकेको छैन । सहमति बन्न नसकिरहँदा प्रधानमन्त्री ओलीले मुख्य सचिव र राजदूतको नियुक्ति गरेपछि प्रचण्डलगायतका नेताहरु असन्तुष्ट बन्दै आएका छन् । दुई नेताबीच झण्डै पौने घण्टामात्र भेटवार्ता भएको..
चर्चामा तीन नेताः को बन्लान् अर्थमन्त्री ?
१६ असोज, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीमा मन्त्रिपरिषद पुनगर्ठनको गृहकार्य जारी छ । नेताहरुबीच मापदण्डका विषयमा सहमति नजुट्दा भाद्र समसान्तमा नै गर्ने भनिएको मन्त्रिपरिषद पुनर्गठनले पार पाउन सकेको छैन । बिहीबारमात्रै सरकारले तत्कालिन अर्थमन्त्री समेत रहनुभएका प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा.युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गर्नुभएसँगै मुलकको सम्पूर्ण अर्थतन्त्रको हिसाबकिताब राख्ने अर्थमन्त्रालयको नेतृत्व गर्ने अवसर अब कसले पाउला ? भन्ने चासो बढ्न पुगेको छ । राष्ट्यिसभा..
सभापति देउवाका निर्णय विरुद्ध विरोधपत्र दर्ता गराउदैं पौडेल समूह
१२ असोज, काठमाण्डौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णय सच्याउन माग गर्दै आज विरोधपत्र दर्ता गर्ने भएको छ । विरोधपत्र दर्ताका लागि पैडेल समुहले कृष्णप्रसाद सिटौला समूहलाई समेत समर्थन मागेको थियो । तर सिटौला समुहको समर्थन भएन । दुई समुहबीचको वार्ता नमिलेपछि हिजो आइतबार अन्तिम चरणमा आएर विरोध पत्र दर्ताको कार्यक्रम स्थगित भएको थियो । आज पौडेल समूहका २७ नेताद्वार हस्ताक्षरित विरोधपत्र दिउँसो..
बामदेवको सत्ता यात्रामा दिनेश त्रिपाठीको धक्का ‘हात्ती छिर्यो पुच्छर अड्कियो’
१२ असोज, काठमाण्डौँ । मन्त्रिमण्डल पूनर्गठनको अन्तिम तयारी भइसकेको अवस्थामा सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को छलफलले केही दिन पर्खने निष्कर्ष निकाल्यो । कारण थियो १४ गतेका लागि बामदेव गौतमको विषयमा परेको मुद्दाको संवैधानिक इजलाशका लागि सुनुवाई । आजै मन्त्रिमण्डल पुर्नगठन गर्दा बामदेव गौतमलाई नियतवश रोकिएको सन्देश जान्थ्यो । त्यसप्रति प्रचण्डले ओलीलाई सचेत गराएका थिए । त्यसपछि तीन दिन पर्खने सहमति भएको स्रोतको भनाई छ ।..
मन्त्रिपरिषद्को बैठक सम्पन्न, मन्त्रीमण्डल हेरफेर बारे छलफल भएन
११ असोज, काठमाण्डौँ । आकस्मिक रुपमा आज बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा.अन्जन शाक्यलाई अधिकार दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । नेकपाका दुई अध्यक्षबीच आज बिहान भएको छलफलमा मन्त्रीमण्डल हेरफेर गर्नेबारे..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७