अध्यक्षद्धयको प्रतिवेदनमा माधव नेपाल असन्तुष्ट हुनुहुन्नः भिम रावल

२७ भाद्र, काठमाण्डौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले अघि सारेको राजनीतिक प्रतिवेदन कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएको छ । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै उहाँले प्रतिवेदनलाई लिएर वरिष्ठ नेता माधव कुमार नेपालको कुनै असन्तुष्टि नभएको पनि जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘उहाँले यी सबै कुराहरुको समर्थन गर्नुभएको छ..

नेकपाको ‘सेफ ल्याण्डीङ’

२७ भाद्र, काठमाण्डौँ । विभिन्न अड्कलवाजीहरुलाई चिर्दै नेकपाले झण्डै ५ महिना लामो आन्तरिक विवाद तत्कालका लागि मत्थर पारेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको नयाँ समझदारीसँगै पार्टीभित्रका विवाद समाधान उन्मुख भएका छन् भने सिंगो पार्टीपंक्ति एकता महाधिवेशनमा केन्द्रित हुने भएको छ । पार्टी एकतालाई सुदृढ र बलियो बनाउने भन्दै गरिएका निर्णयको कार्यान्वयन पक्ष कति प्रभावकारी हुन्छ भन्ने विषयमै पार्टीको आन्तरिक संघर्षको अवस्था निर्भर हुनेछ ।..

पार्टी अनुशासनमा कडाई गर्दे नेकपा

२५ भाद्र, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी अनुशासनमा झन् कडाई गर्ने भएको छ । आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्न पार्टीका नेता–कार्यकर्तामाथि प्रतिबन्ध लाग्ने भएको छ । भोलि शुक्रबार बस्ने स्थायी कमिटीको बैठकले नेकपाका कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा नेताविरुद्ध जथाभावी लेख्न नदिने निर्णय गर्न लागेको हो । स्थायी कमिटीको बैठकअगावै बाहिरिएको अध्यक्षद्वय केपी ओली र प्रचण्डको संयुक्त प्रतिवेदनमा कार्यकर्ताहरुले नेताविरुद्ध लेख्न नपाउने भनिएको छ । स्थायी..

आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित

२५ भाद्र, काठमाण्डौँ । आज साँझका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । सत्तारुढ दल नेकपाको शुक्रबार बस्ने स्थायी समिति बैठकको तयारीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली लाग्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित गर्नुपरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रीहरूलाई यसअघि आज साँझ बैठक बस्ने सूचना दिइएको थियो । तर बिहान आजको मन्त्रिपरिषद् बैठक स्थगित गर्ने जानकारी गराएको एक मन्त्रीले जानकारी दिए । अब बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत..

नेकपाको विवाद समाधान गर्न अध्यक्षद्धयको ठोस प्रस्ताव

२५ भाद्र, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवाद समाधान कार्यदलले दिएको सुुझावका आधारमा कार्यान्वयनको कार्ययोजनासहितको प्रस्ताव तयार गर्नुभएको छ । अध्यक्षद्वयले बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गर्नुभएको छलफलमा स्थायी कमिटीको बैठक यही भाद्र २६ गते बस्ने बैठकका लागि पेश गर्ने सहमतिको ठोस प्रस्ताव तयार गरेको नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी..

जसपा समायोजनः भागबण्डा नमिल्दा ‘हात्ती छिर्यो पुच्छर अड्कियो !’

२५ भाद्र, काठमाण्डौँ । नवगठित जनता समाजवादी पार्टी (जसपा)नेपालको समायोजन प्रक्रिया अल्झिएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका कारण समायोजन प्रक्रिया प्रभावित भएको हो । तत्कालीन राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण भई बनेको जसपा नेपालमा समायोजन प्रक्रिया चुनौतीपूर्ण मानिँदै आएको छ । तत्कालिन राजपा नेपालको छ सदस्यीय अध्यक्षमण्डलबीच भागबण्डामा कुरा नमिलेपछि जसपा नेपालको समायोजन प्रक्रिया प्रभावित भएको हो । जसपा नेपालको केन्द्रीय कार्यसमिति सात सय ५१ सदस्यीय रहने..

बिपी जयन्तीको अवसरमा दमकमा दिप प्रज्वलन

२४ भाद्र, झापा । नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको १०७ औं जन्म जयन्ती झापाको दमकमा पनि मनाईएको छ । दमकको मुख्य चौकमा आज साँझ दिप प्रज्वलन गर्दै जन्मजयन्ती मनाईएको हो । नेपाल विद्यार्थी संघ (नेवि संघ) दमक बहुमुखी क्याम्पस इकाई समितीको आयोजनामा भएको दिप प्रज्वलन कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष तुलसा पन्तको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधी, क्षेत्रिय..

विद्युत प्राधिकरणको निर्देशकमा कसलाई नियुक्ति गर्ने टुङ्गो लागेको छैनः मन्त्री पुन

२४ भाद्र, रोल्पा । ऊर्जा, जलस्रोेत तथा सिँञ्चाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताउनुभएको छ । प्रेस सङ्गठन रोल्पा जिल्ला शाखाले आज सदरमुकाम लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले बहालवाला कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भाद्र २९ गतेसम्म रहेकाले त्यसअघि नै सरकारले नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताउनुभयो । कुलमानको पुनःनियुक्तिका विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले कसलाई नियुक्ति गर्ने भन्ने विषयको..

आज १०७औं वीपी जयन्ती

२४ भाद्र, काठमाण्डौँ । आज १०७ औं वीपी जयन्ती । नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको सम्झनामा विविध कार्यक्रम गरी वीपी जयन्ती मनाइँदैछ । नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइरालाले नेपाली राजनीति र समाजलाई दुरगामी महत्वको दर्शन प्रतिपादन गर्नुभएको थियो । वीपीको समाजवाद नेपाली राजनीतिलाई नयाँ दिशा दिने कोसेढुंगा हो । तर, उहाँकै दल नेपाली काँग्रेसले वीपीको आदर्श भुलेको..

काँग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

२३ भाद्र, काठमाण्डौँ । नेपाली काँग्रेस महामन्त्री डा.शशांक कोइरालामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा उहाँको पिसिआर रिपोर्ट आज पोजेटिभ आएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार कोइरालालाई हिजो ज्वरो आएपछि कोरोनाको आशंकामा सोमबार ह्याम्स अस्पतालमा परीक्षण गराउँदा रिपोर्ट बोर्डर लाइनमा देखिएको थियो । त्यसपछि पुनः स्वाव संकलन गरेर सानेपास्थित स्टार अस्पतालमा परीक्षणका लागि पठाइएमा रिपोर्ट पोजेटिभ आएको तिवारीले जानकारी दिनुभयो..