काँग्रेस सभापतिका लागि रामचन्द्र पौडेल उम्मेदवारीबाट पछि नहट्ने

काँग्रेस सभापतिका लागि रामचन्द्र पौडेल उम्मेदवारीबाट पछि नहट्ने


५ कार्तिक, काठमाण्डौँ । नेपाली काँग्रेसको आगामी महाधिवेशन कोरोना महामारीका कारण सर्ने पक्कापक्की जस्तै छ । यसै वर्षभित्र सम्पन्न गर्नुपर्ने महाधिवेशन सर्ने छाँट देखिएपनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले कुनै हालतमा महाधिवेशन तोकिएको मितिमा सम्पन्न गर्नुपर्ने जोड दिदै आएको छ ।

पौडेलले अब महाधिवेशन समयमै गर्न देउवामाथि दबाब बढाउन सुरु गर्नुभएको छ । उहाँले केही लचकता देखाउन सक्ने तर आउँदो वैशाखभन्दा पर जाने गरी मान्न नसकिने स्पष्ट पारिसकेको बुझिएको छ ।

पौडेल देउवाविरुद्ध सभापतिका लागि प्रतिष्पर्धा गर्ने तयारीमा हुनुहुन्छ । उहाँको समूहभित्र अन्य नेताहरुले पनि सभापतिका लागि तयारी गरिरहेका छन् । तर, पौडेल उम्मेदवारीबाट पछि नहट्ने गरी तयार भएको बुझिएको छ ।

स्रोतका अनुसार पौडेलले निकटस्थसँग आफू पार्टी हाँक्ने तयारीमा रहेको समेत बताईसक्नुभएको छ । उहाँले पछिल्लो पुस्तालाई एक कार्यकाल पर्खन समेत आग्रह गर्नुभएको बुझिएको छ ।

पौडेल समुहमा महामन्त्री डा. सशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, सुजाता कोइरालालगायत सभापतिको दाबेदार देखिएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर