दशैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई देउवाको निर्देशन

३ कार्तिक, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिनुभएको हो । ‘यो वर्षको दशैंभत्ता सरकारलाई फिर्ता गर्ने भनेर हामी संसद सदस्यहरुलाई नेपाली कांग्रेस पार्टीको निर्देशन छ । हामी त्यहीअनुसार गर्छौ ।’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले भन्नुभयो । सरकारले पछिल्लो..

आफुलाई सरकारमा नलगेको भन्दै ओली विरुद्ध वामदेव

३ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्वन्धमा फाटो सुरु भएको छ । आफूलाई पटक पटक ओलीबाट धोका भएको भन्दै उपाध्यक्ष गौतमले नयाँ योजनासाथ बढ्ने निष्कर्षका साथ निकटस्थहरुलाई तयारीमा लाग्न आग्रह गर्नुभएको स्रोतको भनाई छ । स्रोतका अनुसार गौतमले आफूले पटक पटक साथ दिंदा पनि धोका भएको भन्दै अब कडा कदम चालेर देखाउने तयारी थाल्नुभएको हो । गौतमले यसअघि बनेको ओलीविरुद्धको..

महामारीमा नेकपाको केन्द्रीय कमिटी बैठक बस्ला त ?

२ कार्तिक, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कार्तिक १५ गते देखि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । गएको भाद्र २६ को स्थायी कमिटी बैठकले निर्धारण गरेको बैठकको यो मिति अहिलेसम्म परिवर्तन नभएकाले आगामी कार्तिक १५ देखि बैठक सुरु हुनेमा केन्द्रीय सदस्यहरु ढुक्क छन् । प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्री केपी शर्म ओलीका प्रेस सल्लाहकार सूर्य थापा बैठकको मितिबारे अहिलेसम्म नयाँ निर्णय नभएको बताउनुहुन्छ । पार्टीभित्रको आन्तरिक..

सर्लाहीमा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप

२८ असोज, सर्लाही । सर्लाहीमा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आफ्नो कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका कांग्रेसका नेताकार्यकर्ता र प्रहरीबीच आज दिउँसो झडप भएको हो । ठुलो संख्यामा आएका कांग्रेसका नेता एवंम कार्यकर्ता जिल्ला प्रहरी कार्यालयभित्र प्रवेश गर्न खोजेपछि झड्प भएको पहरीले जनाएको छ । कांगे्रसका कार्यकर्ता आउनबित्तिकै ढुङ्गामुडा गर्न थालेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी एवं प्रवक्ता मदन..

इलामको माङसेबुङमा कांग्रेस र जसपा परित्याग गरि नेकपामा प्रवेश

२३ असोज, इलाम । इलामकाे माङसेबुङ गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) र नेपाली कांग्रेसका कार्यकर्ता पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका छन । उनिहरु विना सर्त स्वइच्छाले पार्टी परित्याग गरि नेकपा प्रवेश गरेकाे नेकपा पार्टी स्राेतले जनाएकाे छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माङसेबुङ गाउँ कमिटि अध्यक्ष हेमन्त राईका अनुसार पार्टी परित्याग गरि नेकपामा प्रवेश गर्नेहरूमा माङसेबुङ ५ का जनता समाजवादी पार्टी इलाम जिल्ला सदस्य तथा जसपा सम्बद्ध शिल्पि (दलित)..

राप्रपाको एकीकरणलाई वैधानिकता

२१ असोज, काठमाण्डौँ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को एकीकरणलाई वैधानिकता दिएको छ । आयोगको बैठकबाट दुई पार्टीबीच एकीकरण गरी राप्रपाका नाममा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको जानकारी दिँदै पार्टी अध्यक्ष कमल थापाले एकीकरणले वैधानिकता प्राप्त गरेकामा गौरव लागेको बताउनुभएको छ । प्रजातन्त्रको पुनःस्थापनापछि वि.सं. २०४७ जेष्ठ १५ गते पूर्वपञ्चहरुको समूहले..

जसपा निकट युवाको मोटरसाइकल र्याली विवादित

२१ असोज, झापा । पूर्व सङ्घीय समाजवादी फोरम निकट समाजवादी युवा फोरम झापा र नयाँ शक्तिनिकट युवा शक्ति नेपाल झापाले असोज २२ गते (भोली) हुने भनिएको झापा जिल्लाव्यापी मोटरसाइकल र्यालीमा आफूहरुको संलग्नता नरहने जनाएको छ । जसपा निकट युवा संगठनमा उत्पन्न विवादसँगै केपी ओली सरकारको विरुद्ध जिल्लामा आह्वान गरिएको मोटरसाइकल र्याली विवादित बनेको हो । आज दमकमा समाजवादी युवा फोरम झापा र युवा शक्ति नेपाल झापाले संयुक्त पत्रकार सम्मेलन नै..

ओली–गौतम ‘वन टु वन’ वार्तामा

२१ असोज, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमसंग वालुवाटारमा ‘वन टु वन’ वार्ता गरिरहनुभएको छ । ओलीले आज विहान गौतमलाई छलफलका लागि अकस्मात बोलाउनुभएको थियो । लगत्तै नेकपा उपाध्यक्ष गौतम भैंसेपाटीबाट निस्किएर १० बजे बालुवाटार प्रवेश गर्नुभएको थियो । गौतमलाई ओलीले मन्त्रिमण्डल पुर्नगठनको विषयमा गम्भीर छलफल गर्न बोलाएको स्रोतले जानकारी दिएको छ । राष्ट्रियसभाका मनोनित सांसद गौतमलाई सरकारमा लान अदालतले अल्पकालिन रोक लगाएको अवस्थामा दुई नेताबीच भेट भइरहेको..

पहिचान पक्षधर जसपाका सांसदद्धारा नै ‘थरुहट–अवध–मगरात’को विपक्षमा मतदान

२१ असोज, रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसदहरुले नै प्रदेश–५ को नामाकरण गर्दा ‘थरुहट–अवध–मगरात’ नामको प्रस्ताव विरुद्ध मतदान गरेका छन् । हिजो (मंगलबार) प्रदेश–५ को नाम र राजधानीको विषयमा प्रदेशसभामा मतदान हुँदा जसपाका ६ सांसद मध्ये दुई जनाले थरुहट–अवध–मगरातको विपक्षमा मतदान गरेका हुन् । ८७ सांसद रहेको प्रदेशसभामा मंगलबार ८२ जना सहभागी थिए । कुर्सी टेबल तोडफोड गर्ने कांग्रेसका ५ जना सांसद कारबाहीमा परी अनुपस्थित थिए । प्रदेशको..

नेकपाको सचिवालय बैठक सम्पन्न

२० असोज, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकमा सांगठनिक एकताबारे छलफल भएको बताईएको छ । तर वहुप्रतिक्षित मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । प्रधानमन्त्रीले यसबारे केही जानकारी नगराउनु भएको उहाँले जानकारी दिनुभयो । बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिबारे भने छलफल सुरु भएको उहाँले बताउनुभयो ।