राजनीति

बामदेवलाई संवैधानिक जिम्मेवारी नदिन सर्वोच्चको अन्तरिम आदेश
७ असोज, काठमाण्डौँ । सर्वाेच्च अदालतले राष्ट्रिष्यसभा सदस्य पदमा नियुक्त हुनुभएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । आज न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले रिट निवेदक र विपक्षी सरकारलाई अन्तरिम आदेशका लागि असोज १४ गते छलफलमा बोलाउँदै त्यतिन्जेलसम्म गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो । सर्वाेच्चको यस आदेशपछि गौतमलाई सरकारले मन्त्री नियुक्त गर्नेलगायत अन्य संवैधानिक जिम्मेवारी दिन पाउँने..

१० दिनभित्र सांगठनिक एकता गरिसक्ने निर्णय सहित नेकपा सचिवालय बैठक सम्पन्न
६ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । दश दिनभित्र पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने निर्णय सहित आजको बैठकमा सम्पन्न भएको बताईएको छ । यसको जिम्मा अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु प्रसाद पौडेललाई दिईएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । त्यस्तै, आजको बैठकमा संवैधानिक तथा राजनीतिक नियुक्तीबारे सबैको सुझाव लिईएको छ । बैठकले सरकारलाई संवैधानिक..

काँग्रेस महाधिवेशनः देउवा सार्ने पक्षमा, पौडेल फाल्गुनमै गर्ने अडानमा
६ असोज, काठमाण्डौँ । नेपाली काँग्रेसको महाधिवेशन सर्ने निश्चित प्रायः छ । विधान अनुसार एक वर्ष सार्न सकिने व्यवस्थाको प्रयोग गरिसकेको काँग्रेसले अब संवैधानिक व्यवस्थाको प्रयोग गरी ६ महिना पछि सार्न सक्छ । फाल्गुनमा गर्ने भनिएको कांग्रेस महाधिवेशन ६ महिना पर सर्ने संकेत देखिन थालेको छ । सविधानमा हालको व्यवस्था अनुसार काँग्रेसले विशेष परिस्थिति देखाउँदै अर्काे वर्षको भाद्रसम्म महाधिवेशन गर्नुपर्ने हुन्छ । कोरोना भाइरसको महामारीका कारण यो वर्ष महाधिवेशन नहुने..

कांग्रेस निकट अधिवक्ता दिनेश त्रिपाठीद्धारा बामदेवको विरुद्ध सर्वाेच्चमा निवेदन
५ असोज, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री बनाउन नमिल्ने भन्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ । आज वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वाेच्चमा रिट दर्ता गराउनुभएको हो । उहाँ नेपाली कांग्रेस निकट हुनुहुन्छ । संविधानको धारा उल्लेख गर्दै गौतमलाई मन्त्री नबनाउनु तथा सांसदको रुपमा कार्य समेत नगराउनु भनिएको छ । यसको सुनुवाई असोज ७ गतेका लागि तोकिएको त्रिपाठीले जानकारी दिनुभयो । नेपालको संविधानको धारा ७८ ले..

संविधान दिवसमा रेशम चौधरी रिहा नएपछि जसपाका नेताहरु निराश
५ असोज, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपालका नेताहरुले संविधान दिवसका अवसरमा रेशम चौधरी रिहा हुने आशा गरेका थिए । तर असोज २ गते मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएपछि जसपाका नेताहरु निराश भए । हाल जेलमा रहेका चौधरीको रिहाइका लागि जसपा नेपालले प्रधानमन्त्री कार्यालयदेखि गृह मन्त्रालयसम्म पहल गरेको थियो । परिणामस्वरुप प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कारागार विभागबाट रेशम चौधरीको फाइलसमेत मगाएर अध्ययन गरेको स्रोत बताउँछ । फाइल अध्ययन गरेपछि भने रेशम..

ओली–दाहालबीच भेटवार्ताः मन्त्रिमण्डल पूनर्गठन बारे छलफल
५ असोज, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । सचिवालय बैठक स्थगित गरेर अध्यक्षद्धय मन्त्रिमण्डल पूनर्गठन गर्नेबारे केन्द्रित रहेर छलफलमा जुटेको नेकपाले जनाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई नेताको भेटवार्तामा मन्त्रिमण्डल पूनर्गठनबारे छलफल भएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई अध्यक्षबीच भएको भेटवार्तामा पार्टीको सचिवालय बैठकमा उठेका विषयमा केन्द्रित रहेर..

मधेसका साना राजनितीक झुण्डहरुलाई एकठ्ठा गर्दै सरिता गिरी
४ असोज, काठमाण्डौँ । तत्कालिन समाजवादी पार्टीबाट कारवाहीमा परेकी सरिता गिरीले तराई मधेश बृहत लोकतान्त्रिक अभियान गठन गरेर मधेशको राजनीतिमा पुनः प्रवेश गरकी छिन् । असोज २ गते लोकतान्त्रिक अभियानको घोषणा गरेकी गिरीले अन्ततः पुरानै नेपाल सद्भावना पार्टीलाई मधेशमा सक्रिय बनाउने लक्ष्य लिएकी छिन् । नेपाल सद्भावना पार्टी नेपालले असोज ३ गतेको दिनलाई कालो दिवसको रुपमा मनाउन आयोजना गरेको कार्यक्रममा उनी अभियानको तर्फबाट सहभागी हुन जनकपुर पुगेकी थिइन् । अहिले..

नेकपा बैठकः मन्त्रिमण्डल पुर्नगठनबारे प्रधानमन्त्रीले विकल्पसहित प्रस्ताव ल्याउने
४ असोज, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्नुहुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकमा आज मन्त्रिमण्डल पुर्नगठनबारे गम्भीर छलफल भएको बताईएको छ । बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि मन्त्रिमण्डल पुर्नगठनबारे छलफल भएको बताउनुभयो । बैठकमा मन्त्रिमण्डल पुर्नगठनको मापदण्डबारे प्रधानमन्त्री ओलीले विकल्पसहित प्रस्ताव प्रस्तुत गरेको बुझिएको छ । बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठन गरिहाल्ने हो भने सबै मन्त्री हटाएर नयाँलाई अवसर दिने प्रस्ताव राखेको बुझिएको..

नेकपाको सचिवालय बैठक पेरिसडाँडामा सुरु
४ असोज, काठमाण्डौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पहिलोपटक पेरिसडाँडामा सुरुभएको छ । पार्टी एकतापछि पहिलोपटक सचिवालय बैठक सुरु भएको हो । बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको हो । यसअघि नेकपाका महत्वपूर्ण बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएका थिए । बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीपनि सहभागी हुनुहुन्छ । दाहालको सचिवालयले जनाएअनुसार बैठक कक्षमा भौतिक दूरी कायम गरेर नेताहरुको आसनको..

नेकपा सचिवालय बैठक आज बस्दै, को को बन्लान नयाँ मन्त्री ?
४ असोज, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । गत भाद्र २६ गते सम्पन्न स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयनका सवालमा छलफल गर्न सचिवालय बोलाइएको बताईएको छ । पूर्वमाओवादी केन्द्रको कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा ११ बजेपछि बस्ने बैठकमा समसामयिक विषयका साथै पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउने विषयमा छलफल हुनेछ । यसअघि शुक्रबारका लागि बोलाइएको बैठक नेताहरुको समयअभावका कारण आजका लागि सारिएको थियो । एक सचिवालय..