राजनीति
भारतीय सेना प्रमुख नरवणे बुधवार नेपाल आउँदै, स्वागतको तयारी
१८ कार्तिक, काठमाण्डौँ । नेपाल भ्रमणमा बुधवार नेपाल आउन लागेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेलाई स्वागतको तयारी सुरु भएको छ । सेनाअध्यक्ष नरवणेको नेपाल भ्रमण जनवरी २०२० मा नै हुने तय भएको थियो तर कोरोना महामारीका कारण ढिलाइ भएको भएको हो । नेपाली सेनाको मनार्थ सेनापतिको उपाधि लिनका लागि उनी नेपाल आउन लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सेनाको मनार्थ सेनापति लिइसकेपछि उनले विभिन्न उच्च स्तरीय भेटघाट गर्ने..
काँग्रेस शीर्ष नेताहरुबीचको बैठक स्थगित
१८ कार्तिक, काठमाण्डौँ । नेपाली काँग्रेसका शीर्ष नेताहरुबीचका लागि तय गरिएको बैठक स्थगित भएको छ । पार्टीका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेको सूर्यबहादुर केसीको निधन भएपछि शीर्ष नेताहरुको बैठक स्थगित भएको हो । केसीको निधनको शोकमा आज दिउसो १ बजेलाई निर्धारित शीर्ष तहका नेताको बैठक स्थगित भएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । महतका अनुसार केसीको निधनमा पार्टी केन्द्रीय कार्यालय एक दिन बन्द रहने र तीन दिन पार्टी..
ओली–दाहालबीच वार्ताको पहल, दोस्रो तहका नेता सक्रिय
१८ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज साँझसम्म वार्ता हुने तयारी सुरु भएको छ । पछिल्लो समय नेकपाभित्र आन्तरिक विवाद चर्केकेको समयमा दुई अध्यक्षबीच वार्ता गराएर पार्टी एकता जोगाउन दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । अध्यक्षद्धय ओली र दाहालबीच संवादहिनता तोड्न नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सक्रिय हुनुभएको छ । उहाँले संञ्चारकर्मी संग कुरा गर्दै उहाँले दुई अध्यक्षजीबीच आजै..
‘रअ’ प्रमुख र प्रधानमन्त्रीबीचको भेटलाई तिलको पहाड बनाईयोः उपप्रधानमन्त्री पोखरेल
१८ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘रअ’का प्रमुख सामन्तकुमार नेपाललाई आफ्नो दूतको रुपमा पठाएकोले प्रधानमन्त्री केपी शर्मा ओलीले शिष्टाचार भेट गर्नुभएको स्पष्ट पार्नुभएको छ । हिजो राति जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो–‘प्रधानमन्त्रीको आफ्नो समकक्षीले विशेष दूत बनाएर पठाएपछि प्रधानमन्त्रीले ‘रेस्बोन्सिबल’ भएर औपचारिक ढंगले नोट परराष्ट्र मन्त्रालयमा पठाईसकिएको छ । भारतीय..
सांसद तथा उद्योगपति सूर्यबहादुर केसीको निधन
१८ कार्तिक, काठमाण्डौँ । प्रतिनिधि सभाका सांसद तथा नेपाली कांग्रेसका नेता सूर्यबहादुर केसीको निधन भएको छ । मधेमेह र रक्तचापको समस्याबाट गुज्रिरहेका केसीको गएराति (सोमबार) निधन भएको हो । केसीको पोखरास्थित घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका केसी निर्वाचनको मुखमै नेपाली कांग्रेस प्रवेश गर्नुभएको थियो । कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधि सभासदस्य बन्नुभएका केसी पोखराका पूर्व प्रधानपञ्च हुनुहुन्थ्यो । पहिलो संविधान सभाको..
नेकपाकाे केेेन्द्रीय बैठक स्थगित, बैठक आगामि मंसिरमा बस्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आसन्न केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । बैठक एक महिनापछि आगामी मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौंमा बस्ने नेकपाले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड १९ प्रकोपका कारण हाललाई बैठक स्थगित गरिएको जानकारी दिए । कात्तिक १५ देखि १७ गतेसम्म तय भएको केन्द्रीय कमिटी बैठक मङ्सिरमा सारिएको हो । अध्यक्षद्वयको सहमतिअनुसार..
‘रअ’ प्रमुखको नेपाल यात्राः क–कस्लाई भेटे ?
८ कार्तिक, काठमाण्डौँ । भारतीय खुफिया गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्त गोयल नेपालमा दुई दिनसम्म बसे । त्यस अवधीमा उनी नेपाली राजनितीक दलका नेताहरुसंगको भेटमा पुरै व्यस्त रहे । ‘रअ’का प्रमुख गोयलले सेनाको विशेष विमानबाट बुधबार दिउँसो एक्कासी काठमाडौँ आएर खुल्लमखुल्ला सरकार प्रमुख र प्रमुख प्रतिपक्षी दलका नेतासङ्ग भेट्वार्ता गरे । ‘लन्च’ यतै, ‘डिनर’ यतै अनि भोलिपल्ट बिहानको ‘ब्रेकफाष्ट’ पनि यतै लिएर उनको टोली अस्ति बिहान नयाँ दिल्लीतर्फ फर्के पनि..
पूर्वराजा शाहलाई सूर्य थापाको सुझावः पहिला पारशको अभिभावकत्व ग्रहण गर्नुहोस्
७ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको शुभकामना दिँदा संकटको बेला नेपाली जनता टुहुरा भएको र अब कसले अभिभावकत्व गहण गर्ने भनेर दिएको वक्तव्य नै गलत भएको बताउनुभएको छ । आज विहा नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा कुरा गर्दै उहाँले यस्तो बताउँनुभएको हो । कुराकानीको क्रममा थापाले भन्नुभयो–‘पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनता टुहुरा भएका छन अब कसले अभिभावकत्व..
पर्साको विन्दवासनीमा पूर्वएमाले र पूर्वमाओवादीबीच झडप हुँदा एक जनाको मृत्यु
७ कार्तिक, पर्सा । पर्साको विन्दवासनी गाउँपालिकामा पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकाले आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा झडप भएको हो । झडपमा घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ भने अर्का एक जनाको अवस्था गम्भिर रहेको छ । झडपमा गम्भीर घाइते रहेका नेकपा विन्दावासनी गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको उपचारको क्रममा मृत्यु भएको हो..
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत
७ कार्तिक, काठमाण्डौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । आज (शुक्रबार) बिहान वीरेन्द्रनगरमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो । अविश्वासको प्रस्तावमा शून्य र विपक्षमा १८ मत परेकाले अविश्वासको प्रस्ताव अस्वीकृत भएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले बताउनुभयो । यसअघि नेकपाकै नेता यामलाल कँडेलसहितका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७