नेकपा स्थायी कमिटी बैठक १८ र केन्द्रीय कमिटी बैठक २५ गते बोलाउने निर्णय

३ कार्तिक, काठमाण्डौँ । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) सचिवालयको बैठकले मङ्सिर १८ गते स्थायी समिति र २५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले मंङ्सिर १३ गते पुनः सचिवालय बैठक बोलाउने, मंसिर १३ गतेको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक स्थितिबारे प्रस्ताव प्रस्तुत गर्ने र सचिवालयले उक्त प्रस्तावमाथि छलफल गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्रीलाई राजनीतिक..

नेकपाको विवाद मिलाउन राष्ट्रपति भण्डारी सक्रिय

३ कार्तिक, काठमाण्डौँ । आज बस्ने भनिएको नेकपा सचिवालय बैठकअघि हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गर्नुभएको छ । राष्ट्रपति भण्डारीले दुवै नेतासँग भेटेर पार्टीभित्रको संकट समाधान दुई अध्यक्षको मिलनबाटै हुने सन्देश दिएको स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीले प्रचण्डसँगको भेटमा सचिवालयमा पेश भएको राजनीतिक प्रस्ताव फिर्ता लिन र ओलीसँग सहकार्य गरेर जान सन्देश दिनुभएको स्रोतको भनाई छ । उता..

चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढ्यो

३ कार्तिक, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको आन्तरीक विवाद चुलिदैँ जाँदा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ । उहाँले हिजो राति प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा डेढ घण्टा लामो भेटवार्ता गर्नुभएको स्रोतले जनाएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबारको सचिवालय बैठकमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपाभित्रको विवाद झनै चुलिएको छ । यही समयमा राजदूत यान्छीले प्रधानमन्त्री..

नेकपा सचिवालय बैठक तोकिएकै समयमा बस्छः प्रवक्ता श्रेष्ठ

३ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक तोकिएकै समयमा बस्ने बताउनुभएको छ । बैठक आज दिउँसो एक बजे पुर्व निर्धारित समयमै बालुवाटारमा बस्ने बताउनुभएको हो । प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल मार्फत सचिवालय बैठक निर्धारित समयमै बस्ने जानकारी दिनुभएको हो । आज दिउँसो एक बजे नै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएपछि प्रवक्ता श्रेष्ठले सचिवालय बैठक नरोकिने उल्लेख गर्नुभएको हो । उहाँले..

नेकपा सचिवालय बैठकः ओली रोक्ने पक्षमा, प्रचण्ड नरोक्ने पक्षमा

२ कार्तिक, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पर सार्न महासचिव विष्णु पौडेलमार्फत गरेको प्रस्ताव कार्यकारी अध्यक्ष प्रचण्डले अस्वीकार गर्नुभएको छ । बैठक सार्ने ओलीको प्रस्ताव बोकेर आज बिहान अध्यक्ष प्रचण्डनिवास खुमलटार पुगेका महासचिव पौडेललाई प्रचण्डले बैठकमै छलफल गर्ने भन्दै अस्वीकार गर्नुभएको हो । कार्तिक २८ गते सुरु भएको सचिवालय बैठक बुधबार दिउँसो..

नेकपाका नेताहरुबीच सामाजिक संञ्जालमा आरोप प्रत्यारोप

२९ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र मंसिर ३ गतेका लागि तय भएको सचिवालय बैठकमा कडा बहस हुने निश्चित भएको छ । बैठक अगावै नेकपा नेताहरुबीच सामाजिक संञ्जालमा आरोप प्रत्यारोप सुरु भएको छ । हिजो बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रचण्डसहित पाँच सचिवालय सदस्यहरुलाई लेखिएको पत्र र प्रचण्डको प्रत्युत्तर पत्रमाथि सार्वजनिक बहस चलेको छ । विशेषगरी ओली निकटस्थहरुले प्रचण्डमाथि गुटबन्दीको आरोप लगाएका छन् । कतिपय नेताहरुले..

प्रधानमन्त्री ओली शीतल निवासमा

२९ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यलय शीतल निवास पुग्नुभएको छ । उहाँ राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न आज साँझ शीतल निवास गुग्नुभएको हो । राष्ट्रपतिसँग भेटबारे भने केही खुलेको छैन । तर नेकपाभित्र विवाद उत्कर्षमा देखिदा प्रधानमन्त्री शीतल निवास जानुलाई महत्वका साथ हेरिएको छ । शुक्रबार शुरु भएको नेकपाको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गम्भीर आरोप–प्रत्यारोपका पत्र पेश भएको छ । प्रचण्डले पेश गरेको पत्रप्रति..

काँग्रेस केन्द्रीय समिति बैठकः रामचन्द्र पौडेल समूह आन्तरीक रणनीति बनाउदैँ

२८ कार्तिक, काठमाण्डौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह केन्द्रीय समिति बैठका सन्दर्भमा रणनीति बनाउन जुटेको छ । आज (शुक्रबार) दिउँसो १ बजेबस्ने बैठकको रणनीति बनाउन पौडेल पक्षबीच ११ बजेबाट अर्चुअल बैठक सुरु भएको छ । बैठकमा पौडेल पक्षका पदाधिकारी र केन्द्रीय सदस्यको सहभागिता रहेको स्रोतले जानकारी दियो । काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार पार्टी बैठकमा पार्टीको १४ औं महाधिवेशन, सरकारबारे आगामी रणनीति, सुनिल थापा समूहको व्यवस्थापनका..

प्रधानमन्त्रीको सम्पूर्ण पारिश्रमिक कोरोना कोषमा जम्मा गरिने

२८ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण पारिश्रमिक कोरोना कोषमा जम्मा गरिने भएको छ । उपप्रधानमन्त्री तथा मन्त्री, राज्यमन्त्रीहरूको भने कार्तिक देखि २०७७ चैत्र सम्मको ५० प्रतिशत पारिश्रमिक कोषमा जम्मा गरिने भएको छ । कार्तिक २० र २४ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दे संञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका संञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सो जानकारी दिनुभएको हो ।..

नेकपा सचिवालय बैठक आज मध्यान्न बस्दै, ओली–दाहालको आ–आफ्नै तयारी

२८ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा आज ४ बजेलाई बालुवाटारमा बैठक बोलाउनुभएको हो । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले फरक फरक प्रस्ताव ल्याउने बुझिएको छ । पार्टी विवादको समिक्षा र समाधानको उपाँयबारे दुवै पक्षले फरक प्रस्ताव ल्याउन लागेको हो । यसैबीच..