प्रचण्ड–माधव समुहको नेकपा अध्यक्षमा माधव नेपाल मनोनित

७ पौष, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड पक्षीय केन्द्रीय कमिटि बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेलगत्तै माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको छ । आज राजधानीमा बसेको प्रचण्ड पक्षीय केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो । कार्की बैंकेटमा बसेको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेलगत्तै नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो । ओलीलाई हटाउने प्रस्ताव उपस्थित ३ सय १५ जना केन्द्रीय समितिमध्ये..

प्रधानमन्त्रीको कदमले देशलाई खतराबाट रोकेको छः नारायणमान बिजुक्छे

७ पौष, काठमाण्डौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर देशलाई ठूलो सङ्कटबाट जोगाएको बताउनुभएको छ । उहाँले प्रधानमन्त्रीले चालेको कदम उर्पयुक्त र राम्रो भएकाले त्यसको विरोधमा नलागी नयाँ जनादेशमा जानुपर्नेमा जोड दिनुभएको छ । वर्तमान राजनीतिक घटनाक्रमका बारेमा रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको कदमले देशलाई खतराबाट रोकेको छ, तत्काल देशलाई भड्खालोबाट जोगाएको छ, पार्टी फुटे अर्काे बन्ला, देश फुटे के..

नेकपाको एकता महाधिवेशन आउदो मंसिर २ गते गर्ने निर्णय

७ पौष, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता महाधिवेशन २०७८ मंसिर २ गर्ने निर्णय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली समूहको केन्द्रीय समिति बैठकले गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले सो निर्णय गरेको आजै ओली समूहबाट प्रवक्ता चयन हुनुभएका प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । यस्तै प्रधानमन्त्री ओलीले ५ सय ५६ जना केन्द्रीय कमिटी सदस्य थप गर्नुभएको छ । आज उहाँहरुलाई सपथ ग्रहण समेत..

नेकपा आजबाट औपचारिक विभाजनतर्फ, दुवै पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

७ पौष, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आजबाट औपचारिक विभाजनतर्फ जाने भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल दुवै समूहले एकले अर्काेलाई कारबाही गर्ने उद्देश्यसहित समानान्तर केन्द्रीय कमिटी बोलाएपछि नेकपा औपचारिक विभाजनमा जाने पक्का भएको हो । आज बस्ने दुवै पक्षको केन्द्रीय कमिटी बैठकपछि पार्टी विभाजनले औपचारिकता पाउने सो पार्टीकै नेताहरुले बताएका छन् ।..

नेकपा विवाद झनै जटिलः वामदेव नयाँ पार्टी बनाउने तयारीमा

६ पौष, काठमाण्डौँ । नेकपा विवादको बिषय झनै जटिल बनेको अवस्थामा नेताहरुको आ–आफ्नो तयारी थालेका छन् । नेकपाको हालको सचिवालय सदस्यहरुले कित्ता काट गरिसकेका छन् । जस अनुसार ओली पक्षमा कुल चार सचिवालय सदस्य र प्रचण्ड पक्षमा पनि चारजनानै सचिवालय सदस्य छन् । यसमा वामदेव गौतमले भने कुनै गुटमा नरहेको सन्देश दिन सुरु गर्नुभएको छ । अब नेकपा फुटको घोषणा हुनमात्र बाँकी अवस्थामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो..

नेकपाका दुवै पक्षले आ–आफ्ना पक्षका सांसदहरुको बैठक बोलाए

६ पौष, काठमाण्डौँ । नेकपाका दुवै पक्षले आ–आफ्ना पक्षका सांसदहरुको अलग–अलग बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजे बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षले दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा सांसदहरुको बैठक बोलाउनुभएको हो । ओली पक्षले ‘निवर्तमान सांसद’ भनेर सम्बोधन गर्दै बैठकमा सहभागी हुन म्यासेज पठाएको स्रोतले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग विघटन गर्ने र नयाँ जनादेशका लागि निर्वाचनमा जाने निर्णय..

माधव नेपाल समूहको राजनीतिक अस्तित्व संकटमा

६ पौष, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको बेला संसद विघटनको यो निर्णयले माधव नेपाल समुह संकटमा परेको छ । यदी पार्टी विभाजित भईहालेको खण्डमा कुन कित्तामा जाने भन्ने बिषयले नेपाल समुहको राजनीतिक अस्तित्व धरापमा परेको हो । नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन एमालेमा माधवकुमार नेपाल पक्षलाई आफ्नो स्वार्थका दृष्टिले ठुलो बाधक ठान्दै आएका थिए । पछिल्लो घटनाक्रमसँगै ओलीले उक्त समूहलाई..

संसद विघटन गर्नु लोकतान्त्रिक मान्यता विपरीतः नेपाली कांग्रेस

५ पौष, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटन गर्नु लोकतान्त्रिक मूल्य, मान्यता विपरीत, संवैधानिक व्यवस्था प्रतिकुल, बदनियतपूर्ण र निन्दनीय भएको ठहर गरेको छ । आज बसेको पदाधिकारी बैठकले सरकारको यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षड्यन्त्रमूलक काम गरेको पनि निश्कर्ष निकालेको छ । संसद विघटन गर्ने निर्णयलाई कांग्रेसले घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न घटना..

राष्ट्रपतिद्धारा संसद विघटनः ओलीलाई कारबाही गर्ने नेकपाको निर्णय

५ पौष, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटनको घोषणा गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा नेपालको आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।..

प्रधानमन्त्री शीतल निवासमा, प्रचण्डलाई भेटेनन्

५ पौष, काठमाण्डौँ । प्रधानमन्त्री ओली शीतल निवास पुग्नुभएको छ । मन्त्रिपरिषद बैठकमा संसद विघटनको प्रस्ताव पारित गरेर ओली राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुभएको हो । ओलीले संसद विघटन गर्दैछन् भन्ने थाहा पाएपछि नेकपा अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नुभएको थियो । तर ओलीले अध्यक्ष प्रचण्डलाई भेट दिनुभएन । त्यसपछि प्रचण्ड खुमलटार फर्किनुभएको छ । विकसित घटनाक्रमबारे खुमलटारमा अध्यक्ष प्रचण्डसहितका नेताहरुको केहीबेरमा छलफल हुनेछ । अहिले खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल र प्रचण्डबीच..