प्रचण्ड–माधव समुहको नेकपा अध्यक्षमा माधव नेपाल मनोनित

प्रचण्ड–माधव समुहको नेकपा अध्यक्षमा माधव नेपाल मनोनित


७ पौष, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड पक्षीय केन्द्रीय कमिटि बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेलगत्तै माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको छ । आज राजधानीमा बसेको प्रचण्ड पक्षीय केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

कार्की बैंकेटमा बसेको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेलगत्तै नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो । ओलीलाई हटाउने प्रस्ताव उपस्थित ३ सय १५ जना केन्द्रीय समितिमध्ये सबैले समर्थन गरेपनि माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्तावमा भने प्रभु शाह विपक्षमा उभिनुभयो । उहाँले खुलेरै यसको विरोध गर्नुभएको थियो ।

नेकपाको मौजुदा केन्द्रीय कार्यसमितिको चार सय ४७ मध्ये तीन सय १५ जनाको उपस्थिति बैठक बसेको थियो । बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको थियो । वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि बैठकमा सहभागी हुनुहुन्थ्यो ।

बैठकमा नेकपा अध्यक्ष प्रचण्डले ओली सच्चिएर आए फेरि पनि पार्टीमा स्वागत गर्न तयार रहेको बताउनुभएको थियो ।

यसअघि ओली पक्षीय नेकपा बैठकले केन्द्रीय कमिटी बैठक विस्तार गरी ११ सय ९९ बनाउने निर्णय गरेको थियो ।

केन्द्रीय सदस्य थपेको जानकारीसहितको पत्र निर्वाचन आयोगमा समेत पठाएको छ ।

पछिल्लो घटना विकसित भएसँगै नेकपा फुटेको छ । अब निर्वाचन आयोगले कुन पक्ष आधिकारिक भन्ने निक्र्याैल गर्नेछ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर