नेकपाको एकता महाधिवेशन आउदो मंसिर २ गते गर्ने निर्णय

नेकपाको एकता महाधिवेशन आउदो मंसिर २ गते गर्ने निर्णय


७ पौष, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता महाधिवेशन २०७८ मंसिर २ गर्ने निर्णय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली समूहको केन्द्रीय समिति बैठकले गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले सो निर्णय गरेको आजै ओली समूहबाट प्रवक्ता चयन हुनुभएका प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै प्रधानमन्त्री ओलीले ५ सय ५६ जना केन्द्रीय कमिटी सदस्य थप गर्नुभएको छ । आज उहाँहरुलाई सपथ ग्रहण समेत गराइएको छ । निकट समूहका केन्द्रीय सदस्यहरुको भेलामा ओलीले ५ सय ५६ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको घोषणा गर्नुभएको थियो । घोषणापछि उहाँहरुलाई ओलीले सपथ ग्रहण गराउनुभएको हो । यस्तै केन्द्रीय समिति हाल थपेर एक हजार ३ जनाको भएपनि पछि एक हजार एक सय ९९ सदस्यीय बनाइने छ ।

यस्तै बैठकले विधान संशोधनको निर्णय पनि गरेको छ भने अर्काे बैठक पैष ९ गतेका लागि डाकिएको छ । ओली निकट केन्द्रीय समिति बैठकले प्रवक्तामा परराष्ट्रमन्त्री समेत रहनुभएका ज्ञवालीलाई चयन गर्नुभएको थियो ।

पार्टीको आधिकारिक धारणा र निर्णयहरु सार्वजनिक गर्न आफूलाई अध्यक्ष ओलीले प्रवक्ता चयन गरेको पनि ज्ञवालीले दावी गर्नुभयो ।

बैठकमा टोपबहादुर रायमाझीले स्वागत मन्तब्य दिनुभएको थियो । पूर्वमाओवादी उहाँ प्रचण्डबाट टाढिएर ओलीतिर आउनुभएको हो ।

पार्टी महासचिव विष्णुप्रसाद पौडेलले संचालन गर्नुभएको थियो भने स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले स्वागत मन्तव्य राख्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर