अवसरको सदुपयोग गर्न सर्वोच्चलाई काङ्ग्रेस नेता सिटौलाको आग्रह

अवसरको सदुपयोग गर्न सर्वोच्चलाई काङ्ग्रेस नेता सिटौलाको आग्रह


१६ माघ, काठमाण्डौँ । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अभिमतविरुद्ध अदालतले फैसला गर्न नसक्ने भन्दै अवसरको सदुपयोग गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ६ काठमाडौँले आज शान्ति बाटिकामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता सिटौलाले अदालतले आम जनताको भरोसा र आशा जुटाउने अवसर पाएको बताउनुभयो ।

यो अवसरको अदालतले सदुपयोग गर्नुपर्ने उहाँको भनाइ थियो । प्रधानमन्त्रीलाई मन लाग्दैमा संसद् भङ्ग गर्न नपाउन् भनेर संविधान निर्माणताका संविधानमा धारा ७६ को व्यवस्था गरिएको उहाँको भनाइ छ । उहाँले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो गल्ती स्वीकार गर्न प्रधानमन्त्रीलाई आग्रह पनि गर्नुभयो ।

त्यसैगरी, कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता गगन कुमार थापाले अदालतमा भएको विषयमा काङ्ग्रेस बोल्दैन भन्ने भ्रम नराख्न आग्रह गर्नुभयो । कायरले मात्रै अदालतमा भएको विषयमा बोल्दिनँ भन्ने भन्दै उहाँले अदालतमा भएको प्रतिनिधिसभा विघटनको मुद्दालाई काङ्ग्रेसले असंवैधानिक कदम भनिसकेको बताउनुभयो । नेता थापाले अदालतले दायाँबायाँ फैसला नगर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर