केपी ओली प्रतिक्रान्तिका गोटीः प्रचण्ड

केपी ओली प्रतिक्रान्तिका गोटीः प्रचण्ड


१६ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली प्रतिक्रान्तिका गोटी भएर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउनुभएको छ ।

आज विराटनगरमा आयोजित प्रदेश–१ स्तरीय विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री प्रतिकृयावादीहरुको गोटी भएको र दलाल पूँजीपतिहरुको घेराबन्दी बसेर देशको सार्वभौमिकतालाई नै विघटन गर्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको हो । ‘नेपालको सार्वभौमिकतालाई विघटन गर्न संविधान विघटनको प्रयत्नस्वरुप प्रतिनिधि सभा विघटन गरिएको हो तर जनता जागेपछि उनी चुट्कीका भरमा ढल्नेछन् ।’– अध्यक्ष प्रचण्डले भन्नुभयो ।

जनताका प्रतिनिधिले इतिहासमा पहिलो पटक बनाएको संविधान विघटन गर्ने उद्देश्यबाट प्रधानमन्त्रीले संविधानको मर्म र भावना विपरित प्रतिनिधि सभा विघटन गरेको भन्दै अध्यक्ष प्रचण्डले जनताले प्रधानमन्त्री उक्त प्रयत्न असफल बनाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओली नेपाली कम्युनिष्ट आन्दोलनका बेइमान, ठग र धुर्त पात्र भएको भन्दै अध्यक्ष प्रचण्डले केपी ओलीले प्रतिनिधि सभा विघटन नहुने जिकिर पनि गर्नुभएको छ । उहाँले प्रतिनिधि सभा जिवितै रहेको दोहोर्याउँदै आवश्यक परेको खण्डमा प्रतिनिधिसभाको बैठक बसेर ओलीलाई कारवाही गर्ने चेतावनी पनि दिनुभयो ।

प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित बिरोध सभालाई नेकपा प्रचण्ड–माधव समुहका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी समिति सदस्य योगेश भट्टराई र प्रदेश–१ इञ्चार्ज भीम आचार्यले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर