प्रचण्ड अचानक ओलीको गृह नगर दमकमा !

प्रचण्ड अचानक ओलीको गृह नगर दमकमा !


१६ माघ, झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज अचानक प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा आइपुग्नुभएको छ ।

पार्टी राजनीतिक रूपमा विभाजन भएपछि प्रचण्ड पहिलो पटक झापामा आउनुभएको हो । उहाँ आज बिहान साढे ११ बजे प्रधानमन्त्रीको गृहनगर दमक आइपुग्नुभएको हो ।

उहाँलाई दमकमा नेकपाका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका थिए । नेकपा शिवसताक्षी नगरपालिकाका अध्यक्ष महेन्द्र भट्टराईले प्रचण्ड विराटनगरमा हुने कार्यक्रममा सहभागी हुन झापाको भद्रपुर विमानस्थल हुँदै दमक अईपुगेको जानकारी दिनुभयो । प्रचण्ड दमकमा खाना खान अडिनुभएको भट्टराईले बताउनुभयो ।

प्रचण्ड दमकमा केही बेर रोकिने भएपछि स्वागतका लागि नेकपाका नेता तथा कार्यकर्ताहरूको दमकमा केही उपस्थिति देखिएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर