ओली पक्षमा गए सांसद र मन्त्रीबाट हटाउने धम्की आयोः लेखराज भट्ट

२० पौष, धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थाई कमिटी सदस्य समेत रहनुभएका उद्योगमन्त्री लेखराज भट्टले सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरुलाई प्रचण्ड–माधव समूहले धम्की दिन थालेको दाबी गर्नुभएको छ । धनगढीमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा भट्टले आफ्नो पक्षमा धेरै सांसद देखाउन प्रचण्ड–माधव समूहले ब्ल्याकमेलिङ गर्न थालेको दाबी गर्नुभयो । केही दिनअघि संसदीय दलको बैठकमा प्रचण्ड–माधव समूहका ३० सांसद सहभागी भएको तर्फ संकेत गर्दै उहाँले भन्नुभयो ‘ब्ल्याकमेलिङ गरेर बनाएको ३० जनालाई मान्दिन..

प्रचण्ड–माधव समूहद्धारा थप नेताहरुलाई जिम्मेवारी

२० पौष, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड समूहले आफ्ना नेताहरुलाई जिम्मेवारी बाँडफाँडको निर्णय गर्न थालेका छन् । आज बसेको बैठकले एकीकरणको बाँकी कामका लागि सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा १२ सदस्यीय गृहकार्य टोली गठन गरेको छ । टोलीमा भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, वर्षमान पुन, गिरिराजमणि पोखरेल, गोकर्ण बिष्ट, जर्नादन शर्मा, पम्फा भुसाल, घनश्याम भुसाल, लिलामणि पोखरेल, मातृका यादव र डा. वेदुराम भुसाल रहेका बताईएको छ ।..

वैशाखमा निर्वाचन हुने कुरामा शङ्का नगर्न प्रधानमन्त्रीद्धारा आग्रह

१९ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा निर्वाचन हुने कुरामा शङ्का नगर्न आग्रह गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले आज काठमाडौँमा आयोजित नेकपा निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको भेलामा संसद् पुनस्थापना हुने वा निर्वाचन पर सर्ने कुनै सम्भावना नरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जानु नेपाली जनताको चाहाना र मुलुकको आवश्यकता भएको हुनाले कसैले रोकेर नरोकिने बताउनुभयो । प्रधानमन्त्री ओलीले लिम्पियाधुरा र..

फोहोरी राजनीतिविरुद्ध आफू नलाग्ने प्रधानमन्त्रीको उद्घोष

१८ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निराशा फैलाउने काम नगर्न राजनैतिक दलका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन प्रवासी नेपाली एकता मंञ्चको कार्यक्रममा सञ्चार एप्लीकेसन जुम मार्फत आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले दलहरूको अल्पमत र बहुमतको विबाद आगामी निर्वाचनको परिणमले समाधान गर्न हुनाले अहिले जनतामा निराशा आउने काम नगर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले निराश जनता देशको विकास र अग्रगमनका..

राष्ट्रिय सभाको अधिवेशन आजदेखि सुरु

१७ पौष, काठमाण्डौँ । राष्ट्रिय सभाको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार आज शुक्रबारदेखि अधिवेशन प्रारम्भ हुन लागेको हो । प्रतिनिधिसभा विघटन भएपछि पहिलोपटक सङ्घीय संसद्को एक मात्र सदनको अधिवेशन बोलाइएको हो । आज अपराह्न ४ बजेबाट अधिवेशन प्रारम्भ हुनेछ । सङ्घीय संसद् सचिवालयले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कोरोना जोखिम न्यूनीकरणका लागि अधिवेशन प्रारम्भअघि अघिल्लो अधिवेशनमा कायम रहेको आसनको व्यवस्था फेरिएको छ । यसअघि..

चार नेकपा एक कित्तामा

१६ पौष, काठमाण्डौँ । सत्तामा रहेको नेकपा फुट्दा भूमिगत र खुल्ला दुवै अवस्थामा रहेका दुईवटा नेकपा भने एउटै मोर्चामा जोडिएका छन् । यसरी जुट्नेमा विप्लव नेतृत्वको नेकपा र ऋषिराम कट्टेल नेतृत्वको नेकपा छन् । विप्लव भूमिगत छन् भने कट्टेल छैनन् । मङ्गलबार प्रेस ज्ञिप्तिमार्फत विप्लव र वैद्यसहित चारवटा कम्युनिस्ट संगठनका प्रमुखहरुले संयुक्त मोर्चा निर्माण गर्ने सहमतिबारे उल्लेख गरेका हुन् । संयुक्त मोर्चामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी..

मुख्यमन्त्री पौडेलद्धारा संसदीय दलका उपनेता र सचेतक पदमुक्त

१४ पौष, काठमाण्डौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा बागमती प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाउनुभएको छ । आज मुख्यमन्त्री पौडेलले उनीहरुलाई हटाउनुभएको हो । प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै मुख्यमन्त्री पौडेलले नेताद्धयलाई हटाउनुभएको बताइएको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल नेकपा केपी शर्मा ओली समूहका हुनुहुन्छ भने जम्मकट्टेल र माझी प्रचण्ड–नेपाल समूहका हुनुहुन्छ । मुख्यमन्त्री पौडेलविरुद्ध केही दिनअघि..

प्रचण्ड–नेपालद्धारा ओलीलाई चेतावनीः ‘सकेको गर्नुहोस्, हामी तयार छौँ’

१४ पौष, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–माधव नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले केपी ओली समूहलाई सकेको गर्न चेतावनी दिनुभएको छ । आफूहरु तयारी अवस्थामा रहेको पनि दाहालको भनाई छ । आज भृकुटीमण्डपमा आयोजित विरोध सभामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भोलिदेखि कडा खालको आन्दोलन गर्ने घोषणा गर्नुभएको छ । दाहालले आफूहरू एक पटक फेरि निर्मम संघर्ष गर्न तयार रहेको उद्घोष..

नेपाल मामीलामा भारत–चीनको उच्च चासो, दुबै देशका अधिकारीको दौडधुप बढ्यो

१३ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका एकपछि अर्काे कदमले देशको राजनीतिलाई जटिल मोडमा पुर्याउँदै गर्दा भारत र चीनले चासो देखाएको छ । दुबै देशका उच्च अधिकारीको दौडधुप समेत बढेकोे छ । दुई महिना यता भारतबाट चारजना उच्च अधिकारीहरु नेपाल भ्रमणमा आए । तीमध्ये भारतको गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल, सेनापति मनोज मुकुन्द नरवाणे, विदेश सचिव हर्षवद्र्धन श्रृंगला र सत्तारुढ भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले छन्..

गण्डकी प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाको समर्थन

१३ पौष, कास्की । गण्डकी प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाको समर्थन यथावत रहने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी दुई टुक्रा भएपछि संकटमा पर्ने भनिएको प्रदेश सरकारलाई जनमोर्चाले समर्थन यथावत राख्ने जनाएको हो । जनमोर्चाको यो समर्थन संगै गण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेतृत्व गरेको सरकार नढल्ने भएको छ । नेकपा विभाजन भएर गण्डकी सरकारमा पनि अविश्वासको प्रस्ताव आएमा वा अर्काे समूहले साथ छाडेमा मुख्यमन्त्रीलाई..