राजनीति
काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने
१९ फाल्गुन, काठमाण्डौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । बैठक शुक्रवार दिउँसो १ बजे बस्ने सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो । प्रतिनिधिसभा बैठक फाल्गुन २३ गते बस्नुअघि काँग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा संसदीय दलका नेता समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले आगामी कदमबारे जानकारी गराउनुहुने बताईएको छ । काँग्रेसले अब खेल्ने भूमिकाले भावी प्रधानमन्त्रीको समेत टुंगो लाग्ने अनुमान गरिएको छ ।..
प्रचण्ड–नेपाल समूहलाई विशाल भट्टराईको जवाफः डेरावालले घरबेटीलाई निकाल्नुको के अर्थ ?
१९ फाल्गुन, काठमाण्डौँ । ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रचण्ड–नेपाल समूहले आफूहरुलाई कारबाही गर्नु भनेको डेरावालले घरबेटीलाई निकालेको घोषणा गर्नुजस्तै भएको प्रतिक्रिया दिनुभएको छ । नेकपा प्रचण्ड–नेपाल पक्षले ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई लगायतलाई कारबाही गर्ने निर्णय गरेपछि ओली समूहले भने कारबाहीको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएको हो । प्रमुख सचेतक भट्टराईले भन्नुभयो–‘कारबाहीको कुनै अर्थ छैन । डेरावालले घरबेटीलाई निकाल्नुको के अर्थ ?..
सुवास नेम्वाङलाई प्रचण्ड–नेपाल समूहले कारबाही गर्ने
१९ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता तथा पार्टी स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङलाई प्रचण्ड–नेपाल समूहले कारबाही गर्ने निर्णय गरेको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै सो समूहको केन्द्रीय कमिटी बैठकले नेम्वाङलाई कारबाही गर्दै संसदीय दलको उपनेताबाट समेत राजीनामा गर्न निर्देशन दिएको हो । उपनेता नेम्वाङले पार्टी अनुशासन उलंघन गरेकाले विधानअनुसार कारबाहीसहित दलको उपनेताबाट राजीनामा दिन बैठकले निर्देशन दिएको बैठकपछि प्रचण्ड नेपाल समुहका नेता भीम..
प्रधानमन्त्रीको दावीः कसैले हटाए अर्काे चुनावमा दुई तिहाइ बहुमत ल्याउछु
१८ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाए अर्काे चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गर्नुभएको छ । आज झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो–‘अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस्, खुशीसाथ हट्छु, तर डेढ दुई वर्षपछि त चुनाव आइसक्छ, दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु ।’ तर आफूलाई हटाउन सजिलो नभएको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले आफूले फाल्गुन २३..
सरकारसंग वार्ता गर्न विप्लव समूहले वार्ता टोली गठन गर्यो
१८ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टीको विप्लव समूहले वार्ता टोली गठन गरिसकेको छ । विप्लव समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा वार्ता टोली गठन गरेको हो । वार्टा टोलीमा प्रकाण्डका अलावा दिपक चलाउने छन् । सरकारसँग वार्ताका लागि ८ फाल्गुनमा विप्लवले प्रेस वक्तव्यमार्फत वातावरण बनाउन आग्रह गरेका थिए । वार्ताको पहल भइरहँदा विप्लवको विज्ञप्ति आएको थियो । आज सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका..
प्रचण्डको प्रश्नः हारेपछि बलियो हुने अरे ? अचम्म !
१७ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सर्वाेच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना गरिसक्दापनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएको भन्दै कडा आलोचना गर्नुभएको छ । आज पेसागत महासङ्घ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ बीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । सर्वाेच्चले ओलीलाई हराईदिएको भए पनि झन बलियो भयौं भन्दै प्रचण्डले व्यङ्य गर्नुभएको छ । ‘अचम्म ! हारेपछि बलियो..
म नरहेपनि केही छैन, प्रतिक्रियावादी तत्वका मतियारहरुसँग घुँडा टेक्नु हुँदैनः प्रधानमन्त्री ओली
१७ फाल्गुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ज्यानकै खतरा रहेको खुलासा गर्नुभएको छ । सरकारले विकास निर्माण तीव्र गतिमा काम गरिरहेकाले देशी–विदेशी तत्वहरु नेकपालाई ध्वस्त पार्न लागिरहेको भन्दै ओलीले आफूमाथि पनि प्रहार केन्द्रीत भएको बताउनुभएको हो । आज पोखरामा आयोजित नेकपा आफु पक्षीय गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो । नेकपाको नेतृत्व गरेर पार्टीलाई अघि बढाउदैं सरकारलाई प्रभावकारी र गतिशील ढंगले सञ्चालन गरिरहेको हुनाले आफ्नो..
सर्वाेच्चको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोक्योः संञ्चारमन्त्री गुरुङ
१७ फाल्गुन, काठमाण्डौँ । सरकारका प्रवक्ता समेत रहनुभएका संञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वाेच्च अदालतको फैसलाले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्नबाट रोकेको बताउनुभएको छ । आज मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । संसद विघटनसम्बन्धी मुद्दामा सर्वाेच्चले दिएको फैसलामा बहुमतप्राप्त दलले सरकार बनाउनै पर्ने उल्लेख भएकाले अहिले प्रधानमन्त्रीले राजीनामा दिन नमिल्ने उहाँले उल्लेख गर्नुभयो । सर्वाेच्चको फैसलापछि आफूहरु पनि के गर्ने..
नेकपाको कानुनी विभाजन रोक्न बामदेव सक्रियः सम्भव छ त ?
१७ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टीको कानुनी विभाजन रोक्ने प्रयासहरु अझै चलिरहेको छ । विभिन्न सम्भावनाहरुसहित केही नेताहरु विभाजित दुवै समूहसँग एकताको सूत्र तयार गर्न सक्रिय भएको छ । नेकपा उपाध्यक्ष बामदेव गौतम दुवै पक्षका शिर्ष नेताहरुसँग भेटेर एकताको सूत्र तयार गर्न लाग्नुभएको छ । उहाँले गत हप्ता नेकपा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । उहाँले विभिन्न..
प्रचण्ड–नेपाल पक्षले सक्कल नागरिकता सहित केन्द्रीय कमिटीको बैठक बोलायो
१७ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल पक्षले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आज बसेको प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठकपछि केन्द्रीय समितिको बैठक फाल्गुन १९ गतेका लागि तय गरिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सक्कल नागरिकता र पार्टीको परिचय–पत्र सहित अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको छ । प्रचण्ड–नेपाल पक्षका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल र गंगालाल तुलाधरले एक सूचनामार्फत पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सक्कल नागरिकता..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७