नेकपा दाहाल–नेपाल समूह आधिकारिकताको माग गर्दै आज निर्वाचन आयोग जाने

२० माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह आधिकारिकताको माग गर्दै आज निर्वाचन आयोग जाने भएको छ । राजधानीमा हिजो बसेको सो समूहको चौथो केन्द्रीय कमिटी बैठकले आयोगले पार्टीलाई लेखेको पत्रको जवाफसहित आधिकारिकता दावी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । “पार्टी विधानअनुसार बैठक गरेर पार्टीका पदाधिकारी हेरफेरको निर्णयसहितका विवरण अद्यावधिक गर्न अनुरोध गरेकामा सोही विषयमा निर्वाचन अयाोगले जुन पत्र पठाएको छ, त्यो..

नेपालमा अब हिंसात्मक आन्दोलनको सपना नदेख्न प्रचण्डलाई ओलीको चेतावनी

१८ माघ, सिरहा । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई अब नेपालमा हिंसात्मक आन्दोलनको सपना नदेख्न चेतावनी दिनुभएको छ । शहीद हेमनारायण यादवको स्मृति दिवसलाई आज सिरहामा सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो–‘उनीहरु बिगार्ने र भत्काउने कुरा गर्छन्, प्रचण्डले अस्ति भनेको तपाईहरुले सुन्नुभयो होला, अब शाकाहारी आन्दोलन गरेर काम छैन् ? भनेको मांशहारी आन्दोलन । मांशहारी भनेर के उहाँले चिकेन चिल्ली खान खोज्या हो ?,..

नुवाकोटमा नेकपाका दुई समूहबीच झडप, पाँच जना घाइते

१९ माघ, काठमाण्डौँ । नुवाकोटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । झडपका क्रममा उपप्रधानमन्त्री इश्वर पोखरेलसँगै आएको एउटा गाडीमा पनि तोडफोड गरिएको छ । तोडफोडबाट गाडीको शिशा फुटेको छ । नेकपा ओली समूहले सदरमुकाम विदुरमा आयोजना गरेको कार्यक्रममा सहभागि हुन उपप्रधानमन्त्री ईश्वर पोखरेल जाँदै गर्दा नुवाकोटको बट्टारमा दुई समूहबीच झडप भएको हो । उपप्रधानमन्त्री पोखरेल र उर्जा मन्त्री टोपबहादुर रायमाझी कार्यक्रममा सहभागि..

म्यान्मारमा सैन्य ‘कु’, सर्वाधिक प्रभावशाली नेता सुकी नजरबन्दमा

१९ माघ, काठमाण्डौँ । म्यान्मारको सैनिक टेलिभिजनले म्यान्मारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरुले नियन्त्रणमा लिएको घोषणा गरेको छ । आङ सान सुकी सहित देशका वरिष्ट राजनीतिज्ञहरुलाई सेनाले नियन्त्रणमा लिइएको छ । सेनाको नियन्त्रणमा रहेको म्यावाडी टिभीका एक सैनिक प्रस्तोताले सेनाको घोषणा वाचन गर्दै सेनाले मस्यौदा गरेको संविधान बमोजिम देशभित्र आपतकालीन स्थिति उत्पन्न भए सेनाले देशलाई नियन्त्रणमा ल्याउन सक्ने उल्लेख गरेका थिए । ती सैनिक प्रस्तोताले गत नोभेम्बरमा सम्पन्न आम..

अदालतको अवहेलना गरेको भन्दै प्रचण्ड बिरुद्ध सर्वाेच्चमा मुद्दा दर्ता

१९ माघ, काठमाण्डौँ । अदालतको अवहेलना गरेको भन्दै नेकपा (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध मुद्दा दर्ता गराउनुभएको हो । निवेदन आज दर्ता गरी भोलिको लागि पेसी तोकिएको छ । प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकको दाबी छ । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानन्यायाधीशहरु विरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको..

संवैधानिक निकायमा सिफारिश नामहरु सभामुखले फिर्ता पठाए

१८ माघ, काठमाण्डौँ । संवैधानिक निकायमा सिफारिश नामहरु संसदीय सुनुवाईका लागि संसदमा दर्ता भएकोमा सभामुख अग्नि सापकोटाले फिर्ता पठाउनुभएको छ । उहाँले आज नेपाल सरकारका मुख्यसचिवलाई पत्र लेखी कागजात फिर्ता पठाउनुभएको हो । पत्रमा ‘संसदीय सुनुवाई सम्बन्धी प्राप्त सक्कलै कागजात फिर्ता पठाइएको’ विषय उल्लेख गरिएको छ । गत पौष ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकबाट प्रतिनिधिसभा विघटनको सिफारिश राष्ट्रपतिसमक्ष पठाएपछि उक्त दिन अपरान्ह २ः१५ बजे सरकारले सुनुवाईका लागि..

पूर्वप्रधानमन्त्रीहरूले लौरो टेकेर पार्टी ध्वस्त पार्न लागेः प्रधानमन्त्री ओली

१७ माघ, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रचण्ड–माधव’ पक्ष भन्नेहरू देशलाई बरबाद गर्ने बाटोमा हिँडिरहेको बताउनुभएको छ । नेकपा चितवनले भरतपुरमा आज आयोजना गरेको जनसभालाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल, माधव नेपाल र पुष्पकमल दाहाललाई इङ्गित गर्नुहुँदै उहांँहरुले बुढेसकालमा लौरो टेकेर पार्टी ध्वस्त पार्न र देशलाई बरबाद गर्ने बाटोमा लागेको आरोप लगाउनुभयो । प्रधानमन्त्री ओलीले पार्टी फुटाउन उहाँहरु लागेको भए पनि पार्टी फुटेको नभई पार्टीबाट केही..

प्रचण्डलाई बादलको प्रतिप्रश्नः म लालगद्दार भए उहाँहरू के गद्दार हो ?

१७ माघ, काठमाण्डौँ । नेपाल कम्युष्टि पार्टी (नेकपा) केपी ओली समूहका नेता रामबहादुर थापा बादलले आफूर्ला ‘लालगद्दार’ भन्नेहरुलाई प्रतिप्रश्न गर्नुभएको छ । आज चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले केही साथीहरूले आफुलाई लालगद्दार भनेको बताउदैँ ‘म लालगद्दार भए उहाँहरू के गद्दार हो ? पार्टी फुटाउने उहाँहरु हो ।’ भन्दै प्रश्न गर्नुभयो । केहीअघि चितवनमा ‘बादल लालगद्दार’ भन्दै कालो बेलुन उडाइएको थियो । बादलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले..

जनता समाजवादी युवाको कार्यक्रम समाजवादी युवाले नमान्ने !

झापा, १६ माघ । जनता समाजवादी युवा संघ नेपालको नाममा झापाको दमकमा १९ गते हुने कार्यक्रमलाई समाजवादी युवा संघले नमान्ने भएको छ । दमकमा हुने भनिएको पार्टी प्रवेश र भेटघाट कार्यक्रम समाजवादी युवा संघ नेपाल प्रदेश नं १ ले अस्वीकार गर्ने भएको हो । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी युवा प्रदेश १ ले सो कार्यक्रम बारे खेद प्रकट गर्दै अस्वीकार गर्ने बताएको हो । विज्ञप्तिमा समाजवादी युवाले सो कार्यक्रमको..

प्रचण्ड अचानक ओलीको गृह नगर दमकमा !

१६ माघ, झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज अचानक प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा आइपुग्नुभएको छ । पार्टी राजनीतिक रूपमा विभाजन भएपछि प्रचण्ड पहिलो पटक झापामा आउनुभएको हो । उहाँ आज बिहान साढे ११ बजे प्रधानमन्त्रीको गृहनगर दमक आइपुग्नुभएको हो । उहाँलाई दमकमा नेकपाका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका थिए । नेकपा शिवसताक्षी नगरपालिकाका अध्यक्ष महेन्द्र भट्टराईले प्रचण्ड विराटनगरमा हुने..