‘दाहाल–नेपाल–खनाल’ कम्पनीले मुलुकलाई अस्थिरतातर्फ लग्योः मुख्यमन्त्री राई

८ फाल्गुन, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले नेकपाको प्रचण्ड समूहलाई खुलमटारमा गठन भएको ‘दाहाल–नेपाल–खनाल’ कम्पनीको संज्ञा दिनुभएको छ । मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम उक्त कम्पनीले गरेको उहाँको आरोप छ । विराटनगरमा आज आयोजित नेपाको बृहत आमसभालाई सम्बोधन गर्दै उहाँले मुलुकलाई अस्थिरतातर्फ धकेल्न आफ्नै पार्टीको प्रधानमन्त्रीलाई अपदस्त गर्ने, सरकारले गरेको विकास निर्माणको काममा भाँजो हाल्ने, राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउने र प्रदेशका मुख्यमन्त्रीहरूलाईसमेत अपदस्त गर्ने प्रयास गरेको बताउनुभयो । उहाँले..

वैद्य र डाक्टरले छाडेका प्रचण्डलाई झाँक्रीले पनि बचाउन सक्दैन: प्रधानमन्त्री ओली

८ फाल्गुन, विराटनगर । डाक्टर र वैद्यले छाडेपछि प्रचण्ड झाँक्रीको साथमा पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । विराटनगरमा आयोजित सभामा उहाँले सुरुमा वैद्य र पछि डाक्टरले छाडेपछि प्रचण्ड झाँक्रीको साथमा पुगेको टिप्पणी गर्नुभएको हो । तर झाँक्रीले प्रचण्डलाई संरक्षण गर्न नसक्ने पनि बताउनुभयो । सिद्दिएका प्रचण्डलाई आफूले सिङ हाल्दिएको उहाँको तर्क थियो । आफूले लगाइदिएको सिङ बढेपछि सिध्याउन भन्दै लागेको बताउनुभयो । प्रचण्ड खिहिने बाटोमा अघि बढेको बताउनुभयो..

गृहमन्त्री थापाको प्रश्नः जनताको ताजा जनादेशमा जाने कुरा कसरी प्रतिगामी भयो ?

८ फाल्गुन, विराटनगर । गृहमन्त्री रामबहादुर थापा बादलले जनताको ताजा जनादेश लिएर अस्थिरताई स्थायित्वमा बदल्न सकिने बताउनुभएको छ । नेकपा ओली समूहद्वारा विराटनरमा आज आयोजित सभामा बोल्दै थापाले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न आन्दोलित हुनुपरेको उल्लेख गर्नुभयो । पार्टीको नेतृत्वलाई अलोकतान्त्रिक पद्धतिमा पदच्यूत गर्न खोजिएको बताउँदै उहाँले जनताको बीचमा जाने निर्णय पूर्ण लोकतान्त्रिक कदम भएको जिकिर गर्नुभयो । ‘जनताको ताजा जनादेश लिने कुरो त्यो लोकतान्त्रिक कदम..

यो सरकारले एमसीसी प्रस्ताव सदनमा प्रस्तुत गरेको होईनः सुवास नेम्वाङ

८ फाल्गुन, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सरकारलाई काम गर्न नदिईएको बारे आधार पेश गर्नुभएको छ । आज ओली समूहले विराटनगरमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै नेम्वाङले यस्तो बताउनुभएको हो । उहाँले संसद्ले काम पाएन भने सरकारले ढङ्ग नपूर्याएको भन्ने आरोप लाग्ने गरेको बताउदैं सरकारले संसदलाई काम दिएन भने सरकारले काम गर्न सकेन भन्ने आरोप लाग्नेको बताउनुभयो । उहाँले उहाहरण दिदै..

वडाध्यक्षको पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष प्रदिप साङपाङलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरीम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधिश पुरुषोत्तम भण्डारीको एकल इजलाशले निर्वाचन आयोगसँग लिखित जवाफ माग गर्दै आयोगले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरीम आदेश दिएको हो । सर्वोच्चले अन्तरीम आदेश जारी गर्न नपर्नुको कारण १५ दिनभित्र महान्यायधिवक्ता वा कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न..

आम निर्वाचनका लागि तयारीमा लागौँः सुवास नेम्वाङ

६ फाल्गुन, इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गर्नुभएको छ । इलाममा आज आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उहाँले निर्वाचनका लागि तयारी अवस्थामा बस्न सबैलाई आग्रह गर्नुभएको हो । कार्यक्रममा बोल्दै नेम्वाङले वैशाखमा निर्वाचन हुनेमा आफू विश्वस्त रहेको समेत बताउनुभयो । नेता नेम्वाङले भन्नुभयो–‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन घोषणा गर्ने काम दुई सय प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो । सर्वाेच्च..

सर्वाेच्चमा प्रधानमन्त्रीको जवाफः अदालतको अवहेलना भन्ने दाबी नै अनुचित !

६ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वाेच्च अदालतमा आँफै उपस्थित भएर अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्नुभएको छ । उहाँले आफूबाट अदालतको अवहेलना भएको भन्ने दाबी नै अनुचित र खारेजभागी रहेको स्पष्ट पार्नुभएको छ । उहाँले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै आएको र अदालतको अवहेलना कहिल्यै नगरेको बताउनुभएको छ । आज सर्वाेच्च अदालतमा आफैं उपस्थित भएर ११ बुँदे लिखित जवाफ बुझउँदै प्रधानमन्त्री ओलीले आफू ओलीले..

काँग्रेस महाधिवेशन भाद्र ७, ८, ९ र १० गते गर्ने प्रस्ताव

५ फाल्गुन, काठमाण्डौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन भाद्र ७, ८, ९ र १० गतेका लागि प्रस्ताव गरिएको छ । आज बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय महाधिवेशन भाद्र ७, ८, ९ र १० गतेका लागि प्रस्ताव गरिएको हो । यस्तै असार २० गतेबाट तल्लो तहको अधिवेशन सुरु गर्ने प्रस्ताव छ । बैठकमा काँग्रेस संस्थापन पक्षबाट प्रस्ताव पेस भएको छ । केन्द्रीय महाधिवेशन बाहेकको कार्यतालिकामा पौडेल पक्ष सहमत छैन..

नेपाली कांग्रेस महासंकटमा !

५ फाल्गुन, काठमाण्डौँ । आज नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दैछ । पार्टी प्रवक्ता विश्व प्रकाश शर्माका अनुसार बैठकमा पार्टीको १४ औं महाधिवेशनको नयाँ मिति र भावी आन्दोलनको स्वरुपको बारेमा छलफल हुनेछ । गत असार महिनामा बसेको केन्द्रीय कार्य समितिको बैठकले यही फाल्गुन ७ देखि १० सम्म पार्टीको १४ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर कोरोनाको कहर, क्रियाशील सदस्यता वितरणमा देखिएको झमेला र विभिन्न जिल्लामा समायोजनमा उत्पन्न..

बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

५ फाल्गुन, काठमाण्डौँ । बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित गरीएको छ । आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक आज बिहान सूचना टाँसेर बैठक स्थगित गरीएको हो । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेस गरिएपछि बागमती प्रदेशसभाको बैठक स्थगित हुँदै आएको छ । गएराति अबेरसम्म प्रदेशसभा कसरी अगाडि बढाउने भनेर छलफल गरेपनि सहमति जुट्न नसकेपछि आज बिहानै सूचना टाँसेर बैठक अर्काे सूचना नआएसम्मका लागि स्थगित गरिएको स्रोतले..