राजनीति

अवसरको सदुपयोग गर्न सर्वोच्चलाई काङ्ग्रेस नेता सिटौलाको आग्रह
१६ माघ, काठमाण्डौँ । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अभिमतविरुद्ध अदालतले फैसला गर्न नसक्ने भन्दै अवसरको सदुपयोग गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ६ काठमाडौँले आज शान्ति बाटिकामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता सिटौलाले अदालतले आम जनताको भरोसा र आशा जुटाउने अवसर पाएको बताउनुभयो । यो अवसरको अदालतले सदुपयोग गर्नुपर्ने उहाँको भनाइ थियो । प्रधानमन्त्रीलाई मन लाग्दैमा संसद् भङ्ग गर्न..

केपी ओली प्रतिक्रान्तिका गोटीः प्रचण्ड
१६ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली प्रतिक्रान्तिका गोटी भएर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउनुभएको छ । आज विराटनगरमा आयोजित प्रदेश–१ स्तरीय विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री प्रतिकृयावादीहरुको गोटी भएको र दलाल पूँजीपतिहरुको घेराबन्दी बसेर देशको सार्वभौमिकतालाई नै विघटन गर्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको हो । ‘नेपालको सार्वभौमिकतालाई विघटन गर्न संविधान विघटनको प्रयत्नस्वरुप प्रतिनिधि सभा विघटन गरिएको हो तर जनता..

निर्वाचन आयोगले नेकपाको आधिकारिकता टुङ्गो लगाइसक्योः सुवास नेम्वाङ
१६ माघ, काठमाण्डौँ । नेकपा संसदिय दलका उपनेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगले नेकपाको आधिकारिकता टुङ्गो लगाइसकेको बताउनुएको छ । आज आयोगले बोलाएको छलफलमा सहभागी हुन कान्तिपथस्थित कार्यालय पुग्नुभएका नेम्वाङले बाहिरिने क्रममा नेकपा विवादमा आयोगले आधिकारिकता टुङ्गो लगाइसकेको भन्दै ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको दावी गर्नुभयो । ‘आधिकारिकताको सम्वन्धमा निर्वाचन आयोगले निर्णय गरिसकेको छ । त्यो कुरा हामी सबैलाई सम्झना हुनुपर्छ । त्यही आधिकारिकताको निर्णयको जगमा उभिएर यो सम्पूर्ण प्रकृया..

प्रधानमन्त्री ओलीलाई अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश
१४ माघ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले स्वयम अदालतमा उपस्थित हुन आदेश दिएको छु । ओली विरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दामा सर्वाेच्च अदालतले आफैं उपस्थित भएर लिखित जवाफ दिन माग गरेको हो । न्यायाधीश मनोजकुमार शर्माको इजलासले बुधबार प्रधानमन्त्री ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे बाटोको म्यादबाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । प्रधानमन्त्रीका अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै..

दमक क्याम्पस प्रमुखको कार्यकक्षमा पाँच विद्यार्थी संगठनद्धारा तालाबन्दी
१४ माघ, झापा । झापाको दमक बहुमुखी क्याम्पसमा संयुक्त विद्यार्थी संगठनले आज क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । कोरोना महामारीका कारण भएको कडाउन समयको मासिक शुल्क छुटको माग गर्दे आन्दोलनरत पाँच विद्यार्थी संगठनहरुले आज क्याम्पस प्रमुख र सहायक प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्दे मासिक शुल्क फिर्ताको माग गरेका हुन् । कडाउन अवधीको मासिक शुल्क छुटको माग गर्दे अनेरास्ववियू दमक क्याम्पस कमिटीले गत पौष २६ गते क्याम्पस प्रसासनलाई प्रेस विज्ञप्ति वुझाएको..

ओलीलाई योगेशको जवाफः मलाई पाथिभरा माताले प्रतिगमनको विरुद्धमा उभिन आदेश दिनुभयो
१३ माघ, ताप्लेजुङ । नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारणमात्रै आफूले निर्वाचन नजितेको बताउनुभएको छ । तर ताप्लेजुङ कम्युनिष्टको लाल किल्ला भएकाले आफूले चुनाव जितेको उहाँको भनाई छ । ओली २०७४ को निर्वाचनमा मात्रै ताप्लेजुङमा भाषण गरेको भन्दै त्यसअघि २०४२÷४३ देखिनै त्यो क्षेत्र कम्युनिष्टकै किल्ला भएकाले मात्र आफूले चुनाव जितेको उहाँले दावी गर्नुभयो । चुनावी अभियानमा गरेको सहयोगका लागि ओलीलाई आफूले धन्यवाद दिएको पनि स्मरण..

ओली अब नेकपाको अध्यक्ष होईनन्ः माधव नेपाल
१३ माघ, काठमाण्डौँ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली अध्यक्ष नरहेको बताउनुभएको छ । ताप्लेजुङमा आयोजित भेलामा नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ओलीलाई अध्यक्षबाट हटाइसकेको पनि बताउनुभएको छ । निर्वाचन आयोगको निर्णयपछि ओलीले अझै अध्यक्ष छु भने पनि पार्टीले हटाइसकेको नेपालले उहाँले बताउनुभयो । ४४१ मध्ये ३०० जना बसेर अध्यक्षबाट निकाली सकिएको छ । अब ओली नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष होइनन् उहाँले भन्नुभयो । ओलीलाई नेकपाको नाम..

तोकिएकै समयमा निर्वाचन हुन्छः प्रधानमन्त्री ओली
१३ माघ, दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा संविधानसम्मत ढङ्गले नै गरेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै सरकारले निर्वाचनमार्फत नयाँ ताजा जनादेशका लागि जनतामा जाने भनेर निर्वाचनको घोषणा गरेको स्पष्ट पार्नुभयो । सरकारले घोषणा गरेकै समयमा चुनाव हुने स्पष्ट गर्दै उहाँले निर्वाचनको तयारीमा जुट्न नेताकार्यकर्तालाई आग्रह गर्नुभयो । आफ्नो दलले नेकपाका कोही कसैलाई..

माधव नेपालले नेकपा अध्यक्षको मान्यता पाएनन्
१२ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा दुबै समूहको दाबीलाई अस्वीकार गर्ने निर्वाचन आयोगको निर्णयसँगै नेकपामा नयाँ तहल्का सुरु भएको छ । यस संगै माधव कुमार नेपालले नेकपा अध्यक्षको मान्यता पाएनन् भने ओली समुहले थप गरेको केन्द्रिय सदस्यहरुले पनि मान्यता पाएका छैनन् । आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ सदस्यीय केन्द्रीय कमिटी र विधानलाई मान्ने बताएको छ । प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आयोगले निर्वाचन आयोगले..

दमक क्याम्पसमा अनेरास्ववियूको विरोध प्रर्दशन जारीः आज कालो मास्क लगाएर सरसफाई
११ माघ, झापा । झापाको दमक बहुमुखी क्याम्पसमा अनेरास्ववियूले आज पनि विरोध प्रर्दशन गरेको छ । कोरोना महामारीका कारण भएको कडाउन समयको मासिक शुल्क छुटको माग गर्दे अनेरास्ववियू दमक बहुमुखी क्याम्पस कमिटीले आज विद्यार्थीहरुलाई कालो मास्क वितरण गर्दे सरसफाई गरेर रचनात्मक रुपमा शान्तीपूर्ण विरोध प्रर्दशन गरेको हो । मुख्यगरी कडाउन अवधीको मासिक शुल्क छुटको माग गर्दे अनेरास्ववियू दमक क्याम्पस कमिटीले गत पौष २६ गते क्याम्पस प्रसासनलाई प्रेस विज्ञप्ति वुझाएको थियो..