
१९ फाल्गुन, काठमाण्डौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । बैठक शुक्रवार दिउँसो १ बजे बस्ने सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा बैठक फाल्गुन २३ गते बस्नुअघि काँग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा संसदीय दलका नेता समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले आगामी कदमबारे जानकारी गराउनुहुने बताईएको छ ।
काँग्रेसले अब खेल्ने भूमिकाले भावी प्रधानमन्त्रीको समेत टुंगो लाग्ने अनुमान गरिएको छ । अहिले देउवालाई प्रधानमन्त्रीको प्रस्ताव आइरहेको छ । तर देउवा पर्ख र हेरको अवस्थामा हुनुहुन्छ ।
देउवालाई प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलिसकेको छ । तर, उहाँ प्रचण्ड र नेपालभन्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग समिकरण बनाएर जान चाहिरहेको बुझिएको छ ।





सूचना विभाग दर्ता नंः १८२३/०७६-७७