नेकपाको कानुनी विभाजन रोक्न बामदेव सक्रियः सम्भव छ त ?

नेकपाको कानुनी विभाजन रोक्न बामदेव सक्रियः सम्भव छ त ?


१७ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टीको कानुनी विभाजन रोक्ने प्रयासहरु अझै चलिरहेको छ । विभिन्न सम्भावनाहरुसहित केही नेताहरु विभाजित दुवै समूहसँग एकताको सूत्र तयार गर्न सक्रिय भएको छ ।

नेकपा उपाध्यक्ष बामदेव गौतम दुवै पक्षका शिर्ष नेताहरुसँग भेटेर एकताको सूत्र तयार गर्न लाग्नुभएको छ । उहाँले गत हप्ता नेकपा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । उहाँले विभिन्न विकल्पबारे छलफल गर्नुभएको थियो ।

गौतमले ओलीलाई राजीनामा दिन तयार भएमा सम्मानित तरिकाले व्यवस्थापन गर्ने प्रस्ताव समेत गर्नुभएको स्रोतले जानकारी दिएको छ । तर, ओलीले त्यसमा असहमती जनाउनुभएको थियो ।

ओलीले अविश्वासको प्रस्ताव सामना गर्ने तर पदबाट नहट्ने अडान लिएपछि नयाँ विकल्पबारे छलफल बढाइएको छ । जसमा ओलीलाई तीन महिना सत्तामै रहन दिने र एकताको महाधिवेशन गर्ने प्रस्ताव तयार भएको छ । तर, यसमा सहमति हुने सम्भावना कम छ । ओलीलाई हटाउन प्रचण्ड र माधवकुमार नेपाल लागिरहेका छन् ।

एकताको महाधिवेशनपछि प्रचण्डलाई अगाडि बढाउने र तत्काललाई माधवकुमार नेपालको पनि व्यवस्थापनको विषय समेत समावेश छ । राजनीतिक लेनदेनबाट भएपनि नेकपा एकता बचाउने तयारी भइरहेको छ । यसका लागि बामदेवको समूह भेटघाटमा लागेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर