म नरहेपनि केही छैन, प्रतिक्रियावादी तत्वका मतियारहरुसँग घुँडा टेक्नु हुँदैनः प्रधानमन्त्री ओली

म नरहेपनि केही छैन, प्रतिक्रियावादी तत्वका मतियारहरुसँग घुँडा टेक्नु हुँदैनः प्रधानमन्त्री ओली


१७ फाल्गुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ज्यानकै खतरा रहेको खुलासा गर्नुभएको छ । सरकारले विकास निर्माण तीव्र गतिमा काम गरिरहेकाले देशी–विदेशी तत्वहरु नेकपालाई ध्वस्त पार्न लागिरहेको भन्दै ओलीले आफूमाथि पनि प्रहार केन्द्रीत भएको बताउनुभएको हो ।

आज पोखरामा आयोजित नेकपा आफु पक्षीय गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो । नेकपाको नेतृत्व गरेर पार्टीलाई अघि बढाउदैं सरकारलाई प्रभावकारी र गतिशील ढंगले सञ्चालन गरिरहेको हुनाले आफ्नो ज्यानको नै खतरा गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘विकास निर्माणको कामहरूले गति लिइरहेको हुनाले ममाथि प्रहार केन्द्रीत छ, तपाईंहरु अनौठो नमान्नु होला यदि म माथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भनेपनि कुनै अनौठो नमान्नु होला । तर, त्यस्तो हुन दिइने छैन हामी सतर्कता अपनाउँछौँ ।’

उहाँले आफू नरहेपनि पार्टी र आन्दोलन रहिरहने भन्दै पार्टी कुनै पनि हालतमा तलमाथि नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘म नरहेपनि केही छैन । आन्दोलन छ, पार्टी छ, यस आन्दोलनले प्रतिक्रियावादी तत्वका मतियारहरुसँग घुँडा टेक्नु हुँदैन, देशको भविष्य अन्धकारमा जान दिन हुँदैन । यस पार्टीलाई तलमाथि पर्न दिन हुँदैन ।’-file photo

प्रतिक्रिया:

सम्बन्धित खवर