राजनीति

प्रचण्डलाई ओलीको जवाफः जनसमर्थन कस्तो हुन्छ बुटवलमा हेर्न आउनुस्
१ फाल्गुन, बुटवल । काठमाडौंमा भएको प्रचण्ड–माधव पक्षको विरोधसभामा प्रचण्डले ‘जनसहभागिता हेर्न यहाँ आउनुस् केपीजी’ भनि दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले जबाफ फर्काउनुभएको छ । उहाँले प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा गरेको विरोधसभाका लागि देशभरबाट मान्छे ओसारेपनि जनसहभागिता नदेखिएको दावी गर्नुभयो । बुटवलमा आज नेकपा ओली समूहले गरेको जनसभाका क्रममा ओलीले देशभरबाट नभइ प्रदेशस्तरको सभामा नै हजारौंको सहभागिता रहेको बताउनुभयो । ‘अस्ति ३ दिनअघि मात्रै देशभरबाट मान्छे जम्मा गरेर अलीकति मान्छे..

प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुनेछः रामकुमारी झाँक्री
२७ माघ, काठमाण्डौँ । प्रहरीले नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । गत माघ १६ गते गोर्खामा आयोजित सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाले राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै ‘जरुरी पक्राउ पूर्जी’ थमाएर झाँक्रीलाई बिहीबार शंखमूलस्थित निवासबाटै पक्राउ गरेको थियो । पक्राउ गरेर झाँक्रीलाई मीनभवनस्थित अपराध महाशाखा प्रमुख दिपक कार्कीको कार्यकक्षमा राखिएको थियो । नेत्री झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि..

प्रचण्डको खुलासा पछि वालुवाटारमा खैलाबैला !
२७ माघ, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुईजना मन्त्री फर्कन लागेको दाबी गरेपछि ती को हुन् भन्ने चासो बढेको छ । यसले प्रधानमन्त्री निवास बालुवाटारमा समेत चासो बढेको छ । बालुवाटारले तिनको खोजी थालेको बुझिएको छ । प्रचण्डले ढुक्कका साथ दुई मन्त्री फर्कने बताउनुभएको थियो । उहाँले हिजो भृकुटीमण्डपमा आयोजित नेकपाको प्रचण्ड नेपाल समूहको विरोध सभामा बोल्दै दुई मन्त्रीको आफूसँग वार्ता..

मैले सूर्यबाहेक अरू चिह्नबाट चुनाव लडेको छैनः प्रधानमन्त्री ओली
२७ माघ, काठमाण्डौँ । प्रतिनिधिसभा विघटन गरेर घोषणा गरेको मध्यावधि निर्वाचनको तयारीबारे जानकारी लिन भन्दै प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यलय पुग्नुभयो । त्यहाँ निर्वाचन आयोगका पदाधिकारीले अहिलेसम्म भएको तयारीबारे ब्रिफिङ मात्र गरेनन्, बजेट र बन्दोबस्तीका सामान लगायतको आवश्यकताबारे पनि जानकारी गराए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले निर्वाचन तयारीको काम निरन्तर अगाडि बढाउन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेलका..

नेकपा विभाजनको असरः ६ वटै प्रदेशका मुख्यमन्त्री संकटमा
२७ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको असर अब प्रदेश सरकारमा पनि परेको छ । २ नम्बर प्रदेशबाहेक ६ वटा प्रदेशका मुख्यमन्त्रीहरुको पद अहिले संकटमा परेको छ । नेकपा ओली पक्ष र दाहाल–पक्षबीच अहिले आरोप–प्रत्यारोप चलिरहेको छ । गत पैष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई पक्षमा विभाजित बनेको छ । प्रधानमन्त्री ओलीले आफूले चालेको कदम सही र संवैधानिक भएको दाबी गरिरहेका छन्..

प्रधानमन्त्री ओली आज निर्वाचन आयोगको कार्यालय जादै
२७ माघ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथमा उपस्थित हुनुहुँदै छ । नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो । प्रचण्ड–माधव नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दाबी गरे पनि प्रधानमन्त्रीसमेत रहनुभएका ओली जानुभएको थिएन् । उहाँ आज बिहान ११ बजे आयोगको कार्यालय जाने उहाँको सचिवालयले जनाएको छ । नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु..

पार्टीमा एक्लिदै सभापति देउवा
२६ माघ, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिवेला पार्टीभित्र एक्लो बन्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उक्त कदमको कांग्रेसले विरोध त गर्याे तर सडकमा सशक्त रुपमा आफ्नो उपस्थिति देखाउन सकेन । खासगरी सभापति देउवा र प्रधानमन्त्री ओलीबीच सहमति भएर नै प्रतिनिधिसभा विघटन भएको राजनीतिक वृत्तमा चर्चा छ । संवैधानिक निकायमा नियुक्तीहरु देखि लिएर विभिन्न विषयमा ओलीसँग सम्झौता र भागबण्डा गरेको देउवामाथि..

नेकपा विवादः इलाममा को कता ? (विवरण सहित)
२६ माघ, इलाम । नेकपा केन्द्रको विवाद चरम उत्कर्षमा पुगेसंगै त्यसको अशर प्रत्येक जिल्लामा पुगेको छ । यसको प्रभाव इलाम जिल्लामा पनि यस्तै देखिएकोे छ । विघटित प्रतिनिधि सभामा इलाम क्षेत्र नम्बर १ मा झलनाथ खनाल र क्षेत्र नम्बर २ मा सुभासचन्द्र नेम्बाङ विजयी सांसद हुन् । प्रदेश सांसद्हरुमध्ये जिल्ला अध्यक्ष समेत रहेका राम राना र काजीमान कागते सुभास अर्थात ओलीतिर तथा धिरेन्द्र शर्मा रमण र खिनु लङ्वा झलनाथतिर देखिन्छन्..

इलाममा पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख नेम्बाङलाई शाख जोगाउन सकस
२६ माघ, इलाम । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुभासचन्द्र नेम्बाङ कुनै समय सहयात्री हुनुहुन्थ्यो । एजेन्डा र मोर्चा एउटै हुनुहुन्थ्यो । त्यतिमात्र होइन इलाम आदर्श स्कुलमा सँगै पढेका दौंतरी हुनुहुन्छ । उरु राजनीतिक प्रतिस्पर्धी भन्दा पनि एक आपसका सहयोगी हुनुहुन्थ्यो । अहिले पनि संगठन विस्तार र सामाजिक विकासमा उहाँहरुको योगदानको उच्च कदर हुनेगर्छ । सुभासको तुलनामा झलनाथले राजनीतिक रुपमा धेरै सफलता हासिल गर्नुभएको छ । एक दशक नेपाल कम्युनिष्ट..

के सत्ता चलाउनेहरु पनि भावुक हुन्छन् ?
२६ माघ, काठमाण्डौँ । के सत्ता चलाउनेहरु भावनामा डुब्न पुग्छन् ? भनिन्छ भावनामा परेमा सत्ता चलाउन सहज हुँदेन । राजनीतिको उचाईमा पुगेकाहरुको मुटु दरिलो हुन्छ र भावनामा पर्न चाहँदैनन् । तर, यति भन्दा भन्दै अनायासै भावुक बन्न पुग्छन् । यस्तै भए प्रधानमन्त्री केपी शर्मा ओली । २३ माघमा नेकपाको आफ्नो समूहले आयोजना गरेको जनसभामा ओली भावुक बन्नुभयो । भाषणका दौरान उहाँ बोल्नै नसक्ने गरी रोक्किनुभयो । उहाँको पक्षमा नारा लाग्न..