प्रधानमन्त्री पदसँग मतलब छैन, पार्टी सभापतिका लागि तयार छुः शेरबहादुर देउवा

२६ फाल्गुन, काठमाण्डौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू संग प्रधानमन्त्री बन्ने कुनै उद्देश्य नभएको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री पदसँग कुनै मतलब नै नभएको बताउदै पार्टी सभापतिका लागि भने आफु तयार रहेको बताउनुभएको हो । आज कांग्रेस सम्बद्ध आदिवासी जनजाति नेताहरूसँगको भेटमा पूर्व प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो–‘प्रधानमन्त्री पदसँग मतलब छैन् । बरु, फेरि सभापति बन्ने मेरो उद्देश्य छ ।’ उक्त भेटमा..

नेकपा फुट्दैमा कार्यकर्ताले कांग्रेसलाई भोट हाल्दैनन्ः डा. शेखर कोईराला

२६ फाल्गुन, झापा । विचारको राजनीतिमा गुट हुनु स्वभाविक भएपनि पार्टी अधिवेशनको तुस अन्य चुनावमा निकाल्ने परिपार्टी ठिक नभएको नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले बताउभएको छ । झापाको दमकमा मंगलबार क्षेत्रीयस्तरका अगुवा पार्टी कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेता कोईरालाले विचारको राजनीतिमा गुट हुनुलाई आफूले स्वभाविक रुपमा लिने गरेको भन्दै अधिवेशनको तुस चुनावमा निकाल्छ भने त्यो कांग्रेस हो कि होइन ? भन्दै प्रश्न गर्नुभयो । कांग्रेसमा पहिलो वरियताका नेता वीपि कोईराला..

एमालेमा फर्कनेहरुलाई सम्मानजनक व्यवहार गरिन्छः सुवास नेम्वाङ

२६ फाल्गुन, काठमाण्डौँ । नेकपा (एमाले)का नेता सुवास नेम्वाङले पार्टीमा असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा संसदीय दलका उपनेता नेम्वाङले एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतको फैसलाबाट खारेज भएकाले एमालेमा फर्कनेहरुलाई सम्मानजनक व्यवहार गरिने स्पष्ट गर्नुभयो । उहाँले जनता समाजवादी पार्टीसँग उसका मागका विषयमा छलफल भए पनि सत्ता साझेदारीबारे हाल कुरा नभएको प्रतिक्रिया दिनुभयो ।..

माओवादी केन्द्र र जसपाका नेताहरुबीच भेटवार्ता

२६ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । सो भेटमा सरकार गठनका विषयमा छलफल भएको स्रोतले बताएको छ । बुधबारै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए ।

विखण्डनवाद र हिंसाको अन्त्यपछि मुलुक शान्तिपूर्ण युगमा प्रवेश गरेको छः प्रधानमन्त्री ओली

२६ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विखण्डनवाद र हिंसाको अन्त्यपछि मुलुक नयाँ शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको छ । सिंहदरबारमा आज आयोजित राष्ट्रिय सुरक्षा परिषदको २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले विखण्डनवाद र हिंसाको अन्त्य गरेर मुलुकलाई शान्तिको नयाँ अध्यायमा प्रवेश गएको बताउनुभएको हो । उहाँले हिंसात्मक बाटोमा लागेका सबैलाई शन्तिपुर्ण मार्गमा ल्याउन सफल भएको उल्लेख गर्नुहुँदै हिंसात्मक आन्दोलनमा लागेको विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनु कसैको पराजय र..

ओली सरकारलाई नै दुई वर्ष टिकाउनु पर्छः झलनाथ खनाल

२६ फाल्गुन, काठमाण्डौँ । सत्तारूढ दल नेकपा (एमाले)का वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टीको नेतृत्वको सरकारलाई नै दुई वर्ष टिकाउने बताउनुभएको छ । आजको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा नेता खनालले यस्तो प्रतिक्रिया दिनुभएको हो । प्रतिनिधिसभाको पूरा कार्यकालभरि नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई टिकाउने खनालको भनाई आएको हो । उहाँले यही सरकारलाई दुई वर्ष टिकाउनतिर आफुहरु लागेको र अब संसद्मा हुन सक्ने विभिन्न खेलतिर नलागी..

माओवादीबाट मन्त्री बनेकाहरु पुनः माओवादीमा नफर्किने

२६ फाल्गुन, काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र)बाट मन्त्री बनेकाहरु अब नेकपा (एमाले) मा समाहित हुने भएका छन् । सर्वाेच्च अदालतको फैसलाअनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) तत्कालकै अवस्थामा पुगेको छ । दुई पार्टी अलग–अलग भएपछि माधव नेपाल, झलनाथ खनालहरु एमालेमै फर्किएका छन् । तर, माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु भने माओवादीमा नजाने बरु सांसद पद नै माया मारेर एमालेमै बस्ने निधोमा पुगेका छन् । उनीहरुको निश्कर्ष सुनेपछि एमाले अध्यक्ष तथा..

प्रतिनिधि सभाको दोस्रो बैठक आज बस्दै, ७ वटा अध्यादेश पेस गर्ने कार्यसूची

२६ फाल्गुन, काठमाण्डौँ । पुनस्र्थापनापछि प्रतिनिधि सभाको दोस्रो बैठक आज (बुधबार) बस्दै छ । संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने छ । आजको बैठकमा सात वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य संञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गर्ने कार्यक्रम छ..

प्रचण्ड र बाबुरामबीच भेटवार्ता

२६ फाल्गुन, काठमाण्डौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । बाबुरामलाई भेट्न प्रचण्ड टोेखास्थित निवासमै पुग्नुभएको थियो । एक घन्टा लामो भेटमा दुई नेताबीच सत्ता समिकरणबारे कुराकानी भएको स्रोतले बताएको छ । यसअघि प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको थियो । प्रचण्डले काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सत्ता समिकरणको गृहकार्य गरिरहेका छन्..

ओली सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने माओवादीको रणनीति

२६ फाल्गुन, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा बैठक अघि संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधि सभामा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको हो । त्यस्तै आज नै माओवादी केन्द्रको स्थायी समिति बैठक पनि बस्दैछ । संसद संञ्चालन, सरकार र राजनीतिक प्रक्रियाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिनुभयो । प्रतिनिधि सभाको सातौं अधिवेशन..