सर्वाेच्चको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोक्योः संञ्चारमन्त्री गुरुङ

सर्वाेच्चको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोक्योः संञ्चारमन्त्री गुरुङ

१७ फाल्गुन, काठमाण्डौँ । सरकारका प्रवक्ता समेत रहनुभएका संञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वाेच्च अदालतको फैसलाले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्नबाट रोकेको बताउनुभएको छ । आज मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।

संसद विघटनसम्बन्धी मुद्दामा सर्वाेच्चले दिएको फैसलामा बहुमतप्राप्त दलले सरकार बनाउनै पर्ने उल्लेख भएकाले अहिले प्रधानमन्त्रीले राजीनामा दिन नमिल्ने उहाँले उल्लेख गर्नुभयो । सर्वाेच्चको फैसलापछि आफूहरु पनि के गर्ने हो भन्ने अन्योलमा परेको भन्दै गुरुङले फैसला पुरै हेर्दा प्रधानमन्त्रीलाई राजीनामा गर्नु हुँदैन भनेको दावी गर्नुभयो । उहाँले भन्नुभयो–‘सम्मानित सर्वाेच्च अदालतको उत्प्रेषण परमादेशले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिनबाट रोकेको छ, बहुमतप्राप्त प्रधानमन्त्रीले राज्य सञ्चालन गर्नु संवैधानिक नैतिकताको विषय भएको फैसला गरेको छ’

सर्वाेच्चको फैसलाको पृष्ठ ९ मा प्रधानमन्त्रीले तत्काल राजिनामा दिन नहुने कुरो रहेको भन्दै गुरुङले यही कारण प्रधानमन्त्री ओली संवैधानिक र नैतिक हिसाबले जिम्मेवारीबाट भाग्न नपाइने बताउनुभयो । ‘राजीनामाबाट रोक्ने काम सर्वाेच्चको फैसलाबाटै भएको छ सम्मानननीय प्रधानमन्त्रीले अहिले राजीनामा गर्नुहुन्न’ उहाँले भन्नुभयो ।

संसद बैठक आह्वान भइसकेको भन्दै गुरुङले प्रधानमन्त्री ओलीे संसदीय प्रक्रियाबाटै अघि बढ्ने पनि जानकारी गराउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270