१७ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल पक्षले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आज बसेको प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठकपछि केन्द्रीय समितिको बैठक फाल्गुन १९ गतेका लागि तय गरिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सक्कल नागरिकता र पार्टीको परिचय–पत्र सहित अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको छ ।
प्रचण्ड–नेपाल पक्षका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल र गंगालाल तुलाधरले एक सूचनामार्फत पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सक्कल नागरिकता र पार्टीको परिचयपत्र सहित अनिवार्य उपस्थितिको लागि सर्कुलर गरेको स्रोतले नाएको छ ।
बैठक आज दिउँसो १ बजे बस्नेछ ।