राजनीति

शुल्क फिर्ताको माग गर्दै आज दोस्रो दिन पनि दमक क्याम्पसमा अनेरास्ववियूद्धारा प्रर्दशन
७ माघ, झापा । कोरोना कहरको समयमा बन्द रहेको क्याम्पसको मासिक शुल्क फिर्ता लिन माग गर्दै आज दोस्रो दिन पनि अनेरास्ववियू दमक बहुमुखी क्याम्पस कमिटीले प्रर्दशन गरेको छ । गत चैत्र ११ गतेबाट मंसिम पहिलो सातासम्म बन्द रहेको समयको पनि दमक क्याम्पसले मासिक शुल्क असुलेको भन्दै अनेरास्ववियूले विरोधका कार्यक्रमहरु हिजो देखी सुरु गरेको हो । अनेरास्ववियू क्याम्पस कमिटीले गत पौष २६ गते दमक बहुमुखी क्याम्पस प्रमुख नेत्र बुढाथोकीलाई एक विज्ञप्ति..

मध्यावधि निर्वाचनको तयारी गर्न कांग्रेस केन्द्रीय कार्यालयको सर्कुलर
७ माघ, काठमाण्डौँ । नेपाली कांग्रेसले वैशाखमा तोकिएको मध्यावधि निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन पार्टी जिल्ला कार्यसमितिलाई सर्कुलर पठाईएको छ । प्रधानमन्त्री केपी ओलीले ५ पौषमा संसद विघटन गरी वैशाख १७ २७ का लागि मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमाबार मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन सबै जिल्ला सभापति परिपत्र गरेको जनाईएको छ । आयोगले १५ माघदेखि २१ सम्म ७५३..

प्रदेश–१ को प्रदेशसभा अवरुद्ध हुने सम्भावनाः नेकपाका दुई समूहले आ–आफ्नै रणनितिमा
७ माघ, विराटनगर । प्रदेश–१ को आज (बुधबार) बस्ने प्रदेशसभा बैठक अवरुद्ध हुने सम्भावना बढेको छ । सत्तारुढ दल नेकपाका दुई समूहले एक–अर्कालाई निषेध गर्ने निर्णय गरेसँगै बैठक अवरुद्ध हुने सम्भावना बढेको स्रोतले जनाएको छ । यद्यपि, अवरोधलाई चिर्न सभामुख प्रदिप भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बुधबारदेखि सुरु हुने प्रदेशसभा बैठकमा दलको नेताको हैसियतमा मुख्यमन्त्री शेरधन राईलाई बोल्न नदिने निर्णय गरेको..

आफूहरु हिंसात्मक आन्दोलनतर्फ नजाने प्रचण्डको भनाई
६ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरु हिंसात्मक आन्दोलनतर्फ नजाने स्पष्ट पार्नुभएको छ । आज (मंगलबार) काठमाडौंमा दाहाल–नेपाल समूहनिकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले आफूहरुले कानुनी राजको मान्यतामा हस्ताक्षर गरिसकेकाले हिसांत्मक आन्दोलनतर्फ नजाने स्पष्टीकरण दिनुभएको हो । कार्यक्रममा अध्यक्ष ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषा पुर्व राजाकै भाषा जस्तै ह्वास्सै गन्हाएको बताउनुभयो पुस ५ को..

टाउको चिलाएको छ, लाठी खान मन छः प्रचण्ड
५ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी आफू निकट युवाविद्यार्थीलाई आक्रामक बन्न निर्देशन दिनुभएको छ । उहाँले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनीयन (अनेरास्ववियू)को उपत्यकास्तरीय भेलालाई आज राजधानीमा सम्बोधन गर्दै संसद विघटनविरुद्धको आन्दोलनमा आक्रामक बन्न निर्देशन दिनुभएको हो । ‘सिंह जस्तै गर्जेर प्रतिक्रान्तिकारी हल्लिनुपर्छ,’ प्रचण्डले भन्नुभयो,‘किन किन के चिलाएको हो ? टाउको चिलाएको छ, लाठी खान मन छ योपटक ।’ उहाँले विगतमा गिरिजाप्रसाद कोइरालाले..

प्रदेश सरकार आफ्नो हैसियत देखाउन समक्ष भयोः मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ
४ माघ, काठमाण्डौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार आफ्नो हैसियत देखाउन समक्ष भएको बताउनुभएको छ । विभिन्न समस्याका बाबजुद पनि पहिलो ३ वर्षमा जति काम भएको छ, त्यो अभूतपूर्व भएको उहाँको दाबी छ । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमा मुख्यमन्त्री गुरुङले भन्नुभयो, ‘अपर्याप्त होला, कतिपय स्थानीय तह र प्रदेशलाई मन नपर्ने कानुन पनि बने होलान, तर ३ वर्षमा त धेरै कानुन बन्यो ।..

प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफदेहिता लिन तयार छुः प्रधानमन्त्री ओली
४ माघ, काठमाण्डौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र विधिको शासन कमजोर हुने गतिविधि नगर्न राजनैतिक दलहरूलाई आग्रह गर्नुभएको छ । अखिल नेपाल महिला सङ्घले आज काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्था तथा विधिको शासनलाई कमजोर बनाउने गतिविधि नगर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले राजनैतिक दलका गतिविधिले निर्वाचन आयोग, न्यायालय लगायतका संस्थाको काममा अवरोध पुर्याउँदा लोकतन्त्र कमजोर हुने अवस्था आएको..

प्रचण्ड–नेपाल समूहलाई सूर्य चिह्न चाहिने भए पार्टीमा फर्कन ओलीको आग्रह
३ माघ, काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहलाई सूर्य चिह्न चाहिने भए पार्टीमा फर्कन आग्रह गर्नुभएको छ । काठमाडौंमा आज आयोजित प्रदेश–१ को प्रदेशस्तरीय कार्यकर्ता भेलामा ओलीले सूर्य चिह्नबाट एकपटक पनि चुनाव नलडेका प्रचण्डले अहिले सूर्य चिह्न आफ्नै हो भन्ने अधिकार नभएको पनि बताउनुभयो । ‘हिजो सूर्य चिह्नमा चुनाव लड्न सहमति गरेर तोड्ने काम गर्ने तपाईंलाई सूर्य चिह्न चाहिने भए पार्टीमा फर्किनुस्, बैठकमा..

काँग्रेसले शनिबार देशभरका स्थानिय तहहरुमा विरोध प्रदर्शन गर्दै
३ माघ, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका स्थानिय तहहरुमा विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको कदमविरुद्ध काँग्रेसले आज दोस्रो चरणको आन्दोलनअन्तर्गत सात सय ५३ गाउँ तथा नगरपालिकामा विरोध प्रदर्शन गर्न लागेको हो । प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध काँग्रेस चरणवद्ध रुपमा देशव्यापी प्रदर्शन गरिरहेको छ । यस्तै काँग्रेसले आउदो माघ ८ गते ६ हजार..

अब ओलीसँग मिल्ने सम्भावना छैनः माधव नेपाल
२ माघ, काठमाण्डौँ । नेपाल कम्युष्टि पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब केपी ओलीसँग मिल्ने सम्भावना नरहेको बताउनुभएको छ । प्रधानमन्त्री केपी ओलीसँग मिलेर अघि बढ्ने सम्भावना रहँदै नरहेको उहाँले उल्लेख गर्नुभएको हो । संविधान निगरानी समूहद्वारा आज आयोजित कार्यक्रममा उहाँले अब मिल्ने सम्भावना नरहेको भन्दै ओली पार्टी सदस्य हुन योग्य समेत नरहेको बताउनुभयो । ओली मदन भण्डारी फाउन्डेसनको वरिपरि मात्र डुल्ने गरेको नेता नेपालको भनाई छ ।..