कसको सिट संख्या कती ? एमालेः १२१, माओवादीः ५३

२३ फाल्गुन, काठमाण्डौँ । सर्वोच्च अदालतको आजको फैसलासंगै नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा गर्दै बनेको नेकपा खारेज भएको छ । पार्टी विवादमा सर्वाेच्च अदालतमा परेको मुद्दाको फैसलाले ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेज गरेसँगै अव उनीहरु पूर्ववत अवस्थामै फर्किने वा पुन प्रक्रिया पुर्याएर पार्टी एकता गर्ने विकल्प रोज्न बाध्य भएका छन् । पूर्ववत भन्नाले नेकपा एमाले र माओवादी केन्द्रको हैसियत भन्ने..

सर्वाेच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दियो

२३ फाल्गुन, काठमाण्डौँ । सर्वाेच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दर्ता खारेज गरिदिएको छ । सर्वाेच्च अदालतले ऋषि कट्टेलद्वारा जारी रिटमाथि फैसला गर्दै आज यस्तो आदेश गरेको हो । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भइसकेको अवस्थामा सोही पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता गर्न नमिल्ने आदेश..

विप्लव समूहको केन्द्रीय कमिटी बैठक बस्दै

२३ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । आज राजधानीमा विप्लव समूहको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक शुरु भएको हो । सरकारसँग फाल्गुन २० गते शान्ति सम्झौता भएर विप्लव सार्वजनिक भएपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक राजधानीमा बस्न लागेको हो । बैठकले विप्लव समूहको भावी रणनीति तय गर्ने बताईएको छ ।

नेकपा ओली पक्षको संसदीय दलको बैठक सम्पन्न, ११५ जना सांसदको उपस्थिती

२२ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको संसदीय दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा ११५ जना संघीय सांसद उपस्थित भएको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिनुभयो । प्रमुख सचेतक भट्टराईका अनुसार बैठकमा संसदीय दलका नेता एंवम प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको गतिविधिमा सक्रियतापूर्वक सहभागिता जनाउन निर्देशन दिनुभएको थियो । भोलि बस्ने संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे ओलीले..

सहमति पत्रमा हस्ताक्षर, प्रधानमन्त्री ओली र विप्लव एउटै मञ्चमा

२१ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दको उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ । सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा बादल र सदस्य डा. राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउनेले आज राष्ट्रियसभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह’मा हस्ताक्षर गर्नुभएको..

प्रदेश–१ मा नेकपाको नयाँ अंकगणितः ओली पक्ष ३०, प्रचण्ड–माधव समुहमा ३५ सांसद

२० फाल्गुन, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा प्रदेश–१ नेकपाको संसदीय दलमा बलियो अवस्थामा रहेको प्रचण्ड–नेपाल पक्ष लगातार कमजोर बन्दै गएको छ । यो समूहले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसद नै आफ्नो पक्षमा टिकाउन नसक्दा मुख्यमन्त्री राई पक्षले सांसद संख्या बढाइरहेको छ । संसद् बैठक सकेसम्म लम्ब्याउने र अरू सांसद आफूतिर तान्ने सरकारी रणनीति सफल हुँदा प्रचण्ड–नेपाल समूह पहिलेको दाँजोमा कमजोर बनेको हो । यद्यपि..

ओली पक्षले संसदीय दलको बैठकका लागि प्रचण्ड–माधव समुहलाई पनि ‘एसएमएस’ पठायो

२० फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा संसदीय दलको बैठकका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माधवकुमार नेपाल लगयत सबै सांसदहरूलाई ‘एसएमएस’ पठाएको छ । नेकपाले संसदीय दलको बैठकमा बोलाउन सांसदहरूलाई एसएमएस पठाउने गरेको छ । प्रधानमन्त्री ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले प्रचण्डसहित सबै सांसदहरूलाई २२ गते संसदीय दलको बैठकमा उपस्थित हुन म्यासेज पठाइएको जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल पक्षमा लागेका देव..

अब दुई बर्षसम्म यही सरकार रहन्छः महासचिव पौडेल

२० फाल्गुन, रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको दावि गर्नुभएको छ । गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा उहाँले आज पत्रकारसँग कुरा गर्दै अब पनि यही सरकार निरन्तर रहने बताउनुभयो । प्रतिनिधिसभामा अविश्वास प्रस्ताव दर्ता हुँदैमा वर्तमान सरकार नढल्ने र बाँकी दुई वर्षको कार्यकाल केपी शर्मा ओली नेतृत्वमै चल्ने उहाँको भनाई छ । आफ्नै दलको झण्डै दुई..

सरकार र विप्लव समूहवीच तीनबुँदे सहमति, दलहरुद्धारा सहमतीको स्वागत

२० फाल्गुन, काठमाण्डौँ । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपावीच आज बिहीबार तीनबुँदे सहमति भएको छ । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा बादल र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गर्नुभएको छ । सहमतिको विस्तृत विवरण भोली दिउँसो २ बजे विशेष समारोहमा सार्वजनिक गरिने बताइएको छ । विस्तृत विवरण सार्वजनिक कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्द समूहका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने विज्ञप्तिमा उल्लेख छ ।..

सरकार र विप्लव समूहविच एकै दिन दुई चरणको वार्ता

१९ फाल्गुन, काठमाण्डौँ । सरकार र विप्लव समूहविच एकै दिन दुई चरणको वार्ता भएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता आज साँझ भएको जानकारी दिनुभएको छ । यसअघि आज विहानै पहिलो चरणको वार्ता भएको थियो । वार्तामा दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निश्कर्षमा पुग्ने अपेक्षा गरिएको उल्लेख गरिएको छ ।