राष्ट्रिय युवा संघको संयोजकबाट दीपशिखालाई हटाईयो

२६ माघ, काठमाण्डौँ । नेकपा ओली समूहको राष्ट्रिय युवा संघले संयोजकबाट रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई हटाएको छ । ललितपुरको च्यासलमा आइतबार बसेको ओली समूहको युवा संघको केन्द्रीय कमिटी बैठकले सापकोटालाई हटाएको हो । प्रचण्ड–माधव समूहमा लागेको संयोजकलाई हटाउन सहसंयोजक रमेश पौडेलको अध्यक्षतामा बैठक बसेको थियो । सापकोटालाई संयोजकबाट हटाइए पनि कसको नेतृत्वमा नयाँ संगठन बनाउने भन्ने छलफल भइरहेको बताइएको छ । आजसम्म चल्ने बैठकले संयोजक चयन गर्ने संघका नेता प्रभातविक्रम कटवालले..

प्रदेश–१ प्रदेशसभा बैठक अन्योलमा

२५ माघ, विराटनगर । नेकपा विभाजनका कारण आजका लागि बोलाइएको प्रदेश–१ प्रदेशसभा बैठक केही दिन स्थगित गर्ने कि सुचारु गर्ने भन्नेमा नेकपाको दुई पक्षबीच विवाद भएको छ । नेकपाको ओली पक्ष आजका लागि बोलाइएको प्रदेशसभा बैठक केही दिन स्थगित गर्नुपर्ने पक्षमा उभिएको छ भने प्रचण्ड–माधव पक्ष बैठक रोक्न नहुने पक्षमा उभिएको छ । सोही विवादका कारण ११ बजेलाई बोलाइएको परामर्श समतिको बैठक समेत एक घण्टा ढिलो १२ बजेपछिमात्रै सुरु भएको..

धरानमा बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र मजदुरबीच झडप

२२ माघ, काठमाण्डौँ । धरानमा बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र मजदुरबीच झडप भएको छ । आज बिहान भानु चौकमा मजदुर र बन्दकर्ताबीच सामान्य झडप भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार केही समय विवाद भए पनि पछिल्लो समय अवस्था सामान्य छ । धरानमा नै सवारी साधनमाथि ढुङ्गा प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । धरानमा अहिले सार्वजनिक सवारी साधन सञ्चालनमा..

आमहड्ताल सफल बनाउन प्रचण्ड सडकमा

२२ माघ, काठमाण्डौँ । आज घोषित आम हड्ताल सफल बनाउन नेकपा (दाहाल–नेपाल) समुहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पनि सडकमा उत्रिनुभएको छ । प्रचण्ड सातदोबाटो स्थित चोकमा देखिनुभएको थियो । प्रचण्ड–नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ । हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन् । नेता नारायणकाजी श्रेष्ठले रत्नपार्कको जुलुसको नेतृत्व गरिरहनुभएको छ । त्यस्तै कलंकीको सडकमा निस्किएकी..

अष्टलक्ष्मी शाक्य सहित दाहाल–नेपाल समूहका नेता कार्यकर्ता पक्राउ

२२ माघ, काठमाण्डौँ । दाहाल–नेपाल समूहले घोषणा गरेको आमहडताल सफल बनाउन सडकमा उत्रिएका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई पनि कलंकीबाट पक्राउ गरेको छ । उनीसँगै अन्य नेता तथा कार्यकर्ताहरुलाई पनि प्रहरीले पकाउ गरेको छ । कलंकीबाट नेतृ शाक्य पक्राउ परेकी हुन् । आज आमहड्ताल गरेको समूहका आधा दर्जन नेता–कार्यकर्तासहित प्रहरी र सशस्त्रको समूहले शाक्यलाई नियन्त्रणमा लिएको हो । हड्ताल सफल..

प्रधानमन्त्री र राष्ट्रपतिले संविधानलाई कागजको खोष्टो बनाएः रामकुमारी झाँक्री

२१ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर नेपालको संविधानलाई कागजको खोष्टो बनाएको आरोप लगाउनुभएको छ । आफूले जिम्मेवारीताका साथ यो कुरा भनेको पनि उहाँले दाबी गर्नुभएको छ । उहाँले सामाजिक संञ्जालमा यस्तो लेख्नुभएको छ–‘दुनियाँ यहि समयको पर्खाईमा थियोः मैले नै बास्तविकता भनिदिउँ.. भने, जिम्मेवारीसाथ भनेको छु । पुष्टि गर्न नै के पो बाँकी रह्यो र..

संवैधानिक निकायका आयुक्तलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वाेच्चमा रिट

२१ माघ, काठमाण्डौँ । विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वाेच्च अदालतमा रिट परेको छ । आज पद तथा गोपनीयताको सपथ लिएका संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीलाई कामकाज गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गर्नुभएको हो । ‘२०७७ मंसिर ३० गतेको संवैधानिक परिषद्को निर्णय प्रतिषेधको आदेशद्वारा कार्यान्वयन नगर्नु’ त्रिपाठीले रिटमा आदेश माग गर्नुभएको छ, ‘सो मितिको सिफारिस..

नेकपा दाहाल–नेपाल समुहद्धारा भोली आमहड्तालको आव्हान

२१ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले संवैधानि अंगहरुको नियुक्तिको बिषयलाई लिएर भोली देशभर आमहड्ताल गर्ने जनाएको छ । उनिहरुले संवैधानि अंगहरुको नियुक्तिको बिषयलाई ज्यादतीपूर्ण निरंकुश कदम समेत भनेको छ । आज राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले ‘प्रतिगामी षड्यन्त्रको कडी’ भन्दै भोलि विरोधस्वरुप आमहड्तालको आव्हान गर्नुभएको हो । विज्ञप्तिमार्फत नेकपा स्थायी कमिटी सदस्य पम्फा भुषालले भन्नुभयो,‘नेकपा असंवैधानिक रुपमा बलजफ्ती गरिएको संवैधानिक..

लिखित जबाफ पेश गर्न प्रचण्डलाई सर्वाेच्च अदालतको आदेश

२१ माघ, काठमाण्डौँ । सर्वाेच्च अदालतले नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लिखित जबाफ माग गरेको छ । अदालतको अपहेलनासम्बन्धी मुद्दामा सर्वाेच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज प्रचण्डका नाममा कारण देखाउ आदेश जारी गरेको हो । प्रचण्डले विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी अभिवक्ति दिएको भन्दै अधिवक्ता समीर हायूले सर्वाेच्चमा अवहेलनासम्बन्धी रिट दायर गर्नुभएको थियो ।

केपी ओली र प्रचण्ड दुवै मिलेर चुनावमा जानुहुन्छः घुवीर महासेठ

२० माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठले वैशाख १७ र वैशाख २७ गते तोकिएकै मितिमा निर्वाचन हुने साथै केपी ओली र पुष्पकमल दाहाल दुवै मिलेर चुनावमा जाने पनि उहाँले दाबी गर्नुभएको छ । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले अध्यक्षद्धय ओली र प्रचण्ड मिलेर नै चुनावमा जाने दाबी गर्नुभयो । उहाँले भन्नुभयो–‘उहाँहरु मिलेर नै चुनावमा जानुहुन्छ,..