सुवास नेम्वाङलाई प्रचण्ड–नेपाल समूहले कारबाही गर्ने

सुवास नेम्वाङलाई प्रचण्ड–नेपाल समूहले कारबाही गर्ने


१९ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता तथा पार्टी स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङलाई प्रचण्ड–नेपाल समूहले कारबाही गर्ने निर्णय गरेको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै सो समूहको केन्द्रीय कमिटी बैठकले नेम्वाङलाई कारबाही गर्दै संसदीय दलको उपनेताबाट समेत राजीनामा गर्न निर्देशन दिएको हो ।

उपनेता नेम्वाङले पार्टी अनुशासन उलंघन गरेकाले विधानअनुसार कारबाहीसहित दलको उपनेताबाट राजीनामा दिन बैठकले निर्देशन दिएको बैठकपछि प्रचण्ड नेपाल समुहका नेता भीम रावलले जानकारी दिनुभयो ।

यस्तै बैठकले केन्द्रीय कमिटीका सदस्य विशाल भट्टराईलाई पनि कारबाही गर्दै संसदीय भूमिकामा पार्टीको हितअनुसार काम गर्न निर्देशन दिएको छ भने केन्द्रीय सदस्यहरु प्रभु साह, महेश बस्नेत, कर्ण थापा, शान्ता चौधरी र सूर्य थापालाई पनि ६ महिनाका लागि निलम्बनको निर्णय गरेको नेता रावलले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर