ओली पक्षले संसदीय दलको बैठकका लागि प्रचण्ड–माधव समुहलाई पनि ‘एसएमएस’ पठायो

ओली पक्षले संसदीय दलको बैठकका लागि प्रचण्ड–माधव समुहलाई पनि ‘एसएमएस’ पठायो


२० फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा संसदीय दलको बैठकका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माधवकुमार नेपाल लगयत सबै सांसदहरूलाई ‘एसएमएस’ पठाएको छ ।

नेकपाले संसदीय दलको बैठकमा बोलाउन सांसदहरूलाई एसएमएस पठाउने गरेको छ । प्रधानमन्त्री ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले प्रचण्डसहित सबै सांसदहरूलाई २२ गते संसदीय दलको बैठकमा उपस्थित हुन म्यासेज पठाइएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल पक्षमा लागेका देव गुरूङलाई हटाएर भट्टराईलाई प्रमुख सचेतक बनाउनुभएको थियो । तर नेकपाको प्रचण्ड नेपाल पक्षले भने उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी र भट्टराईलाई कारबाही गरेको जानकारी संसद सचिवालयमा दिएको छ ।

भट्टराईलाई ओलीले प्रमुख सचेतकको जिम्मेवारी दिए पनि सभामुख अग्नि सापकोटाले अहिलेसम्म भट्टराईलाई भेट्न समय दिएका छैनन् ।

संसद सचिवालयले भने भट्टराईलाई दलको प्रमुख सचेकतका रूपमा कार्यकक्ष, सवारी साधन लगायतको व्यवस्था गरिसकेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर