अब दुई बर्षसम्म यही सरकार रहन्छः महासचिव पौडेल

अब दुई बर्षसम्म यही सरकार रहन्छः महासचिव पौडेल


२० फाल्गुन, रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको दावि गर्नुभएको छ । गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा उहाँले आज पत्रकारसँग कुरा गर्दै अब पनि यही सरकार निरन्तर रहने बताउनुभयो ।

प्रतिनिधिसभामा अविश्वास प्रस्ताव दर्ता हुँदैमा वर्तमान सरकार नढल्ने र बाँकी दुई वर्षको कार्यकाल केपी शर्मा ओली नेतृत्वमै चल्ने उहाँको भनाई छ । आफ्नै दलको झण्डै दुई तिहाइको सरकार ढालेर कम्युनिष्ट इतरको सरकार बनाउन दाहाल–नेपाल समूह लागिरहेको आरोप लगाउँदै त्यो प्रयास निरर्थक हुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,“उहाँहरुले अरु पार्टीका नेताहरुलाई प्रधानमन्त्री बनाउन अफर गरिरहनु भएको छ, यो सरकार गिराएर कम्युनिष्ट इतरको सरकार बनाउने उहाँहको प्रयास निरर्थक हुनेछ ।”

महासचिव पौडेलले अहिले पनि नेकपा राष्ट्रिय राजनीतिको नेतृत्व शक्ति रहेको र बाँकी कार्यकाल ओली नेतृत्वको सरकारले काम गर्ने बताउनुभयो ।-रासस

प्रतिक्रिया:

सम्बन्धित खवर