हामी कारबाही भोग्न तयार छौँः योगेश भट्टराई

३ चैत्र, काठमाण्डौँ । नेकपा (एमाले) माधव नेपाल समुहका प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफूहरुलाई कारबाही गरेर देखाउन चेतावनी दिनुुभएको छ । कारवाहीको धम्की नदिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भट्टराईले चेतावनी दिनुभएको हो । उहाँले आफूहरु एकपछि अर्काे कारबाही भोग्न तयार रहेको समेत बताउनुभयो । चैत्र ४ र चैत्र ५ गते काठमाडौंमा गरिने कार्यकर्ता भेलाको बारेमा जानकारी दिन आयोजित प्रेस मिटमा बोल्दै उहँँले यस्तो बताउनुभएको हो ।..

एमालेको नाममा माधव पक्षले छुट्टै गुट भेला गरे कारवाही गर्ने ओलीको चेतावनी

३ चैत्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नाममा माधव नेपाल पक्षले छुट्टै गुटको भेला गरे कारवाही गर्न सक्ने चेतावनी दिनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज आयोजित चियापान कार्यक्रममा बोल्दै उहाँले पार्टीमा बसेपछि उच्छृङ्खल गतिविधि गर्न तथा विधान विपरितका काम गर्न छुट नदिइने बताउनुभयो । पार्टीलाई पार्टीको रुपमा चल्न नदिने, जहिले पनि भाँडभैलो मच्चाउने प्रविर्ती अव हुन नसक्ने उहाँले बताउनुभयो । ‘पार्टीमा हामी सबैले बिचारमा एकजुट भएर..

जसपाको विवाद उत्कर्षमाः एक समुह ओलीको पक्षमा, अर्को समुह विपक्षमा

४ चैत्र, काठमाण्डौँ । अहिलेको विषम राजनीतिक परिस्थितीमा निर्णायक भूमिमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालमा चर्को विवाद देखिएको छ । दुई धारबीच आन्तरीक द्वन्द्व उत्कर्षमा पुगेको छ । सत्ता साझेदारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने कि ओली इतर राजनीतिक पक्षसँग सहकार्य गर्ने भन्नेबारे जसपा नेपालभित्र बहस चलिरहेको छ । जसपा नेपालले नेकपा एमालेसँग सत्ता साझेदारी गरेर अघि बढ्ने वा नेपाली काँग्रेस र माओवादी केन्द्रसँग मिलेर नयाँ गठबन्धनका..

राष्ट्रपतिद्धारा सर्वदलिय बैठकको आव्हान

४ चैत्र, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूलाई समसामयिक विषयमा छलफल गर्नका लागि आह्वान गर्नुभएको छ । राष्ट्रपतिले आज अपराह्न ४ बजे राष्ट्रपति भवनमा छलफलका लागि आह्वान गर्नुभएको हो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल एवं पूर्वप्रधानमन्त्रीलाई छलफलमा आमन्त्रण गरिएको छ । दलहरुबीच देखिएको विवाद अन्त्यको प्रयासस्वरुप भण्डारीले बैठक बोलाएको बताइएको छ । बैठकमा..

नेपाल–खनाल समूहले राष्ट्रिय भेला नरोक्ने, ओलीको चियापानमा सहभागी नहुने

२ चैत्र, काठमाण्डौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले चैत्र ४ र ५ गते आयोजना गर्ने भनिएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग आज दुई घण्टा भन्दा बढी छलफल गरेर फर्किएका नेता नेपालले राष्ट्रिय भेला नरोकिने बताउनुभएको हो । ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेकाले भेला नरोकिने बताईएको छ । धुम्बाराहीबाट फर्किएपछि खनाल र नेपाल समूहले बानेश्वरमा केन्द्रीय सदस्य..

माओवादी केन्द्रको बैठक सम्पन्नः सर्वाेच्चमा पुनरावलोकनमा जाने निर्णय

२ चैत्र, काठमाण्डौँ । हिजोदेखि जारी सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । दुई दिनदेखि जारी बैठकमा वर्तमान राजनीतिक अवस्थाबारे समिक्षा भएको थियो । पार्टीको संगठनात्मक अवस्थाबारे नेताहरुले ब्रिफिङ गरेका थिए । आजको बैठकमा सत्ता समिकरणको लागि नेतृत्वले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जसपा नेपालसँग निरन्तर सम्वाद गर्ने निर्णय गरेको जनाईएको छ । त्यस्तै, आजको बैठकमा सर्वाेच्चमा पुनरावलोकनमा जाने..

ओली–नेपाल पक्षबीच भएको वार्ता निष्कविहिन

२ चैत्र, काठमाण्डौँ । नेकपा एमालेको विवाद समाधान गर्ने प्रयासस्वरुप आज अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षबीच भएको वार्ता ठोस निष्कर्षमा पुग्न सकेन । एमाले मुख्यालय धुम्बाराहीमा भएको वार्तामा दुवै पक्षले आ–आफ्ना अडान नछोडेपछि सहमति जुट्न नसकेको हो । तीन महिनाभन्दा लामो अन्तरालमा ओली र माधव आमनेसामने भएका हुन् । झण्डै तीन घण्टा चलेको छलफलमा तातोपानी पिउँदै दुई समुहबीच आन्तरिक राजनीतिका तातो गफ चलेको थियो । त्यस क्रममा..

प्रधानमन्त्री ओली र जसपाका नेताहरुबीच भेटवार्ताः जसपाको प्रस्तावमा ओली सकारात्मक

२७ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका नेताहरुले बालुवाटारमा भेटवार्ता गरेका छन् । भेटमा सत्ता समिकरणबारे कुराकानी भएको थियो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भेट सकारात्मक भएको जानकारी दिनुभएको छ । उहाँले भोलिपनि कार्यदलस्तरीय भेटवार्ता हुने ट्वीटरमार्फत उल्लेख गर्नुभएको छ । भेटमा जसपाले संविधान संशोधन, रेशम चौधरीको रिहाईको विषय अगाडि सारेको थियो । आफूहरुका मागको सम्बोधन पहिलो प्राथमिकतामा रहेको बताएका थिए । भेटमा सत्तापक्षबाट..

ओलीले बैठक नबोलाएपछि नेपाल समूह असन्तुष्ट

२७ फाल्गुन, काठमाण्डौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक नबोलाएपछि माधव नेपाल समूह असन्तुष्ट बनेको छ । सर्वाेच्चको फैसलापछि पूर्व नेकपा एमाले र माओवादी पूर्व हैसियतमा पुगे पनि एमाले अध्यक्षको हैसियतले ओलीले बैठक बोलाउन ढिला गरेपछि नेपाल समूहले लागातार आफ्नो समूहको बैठक राख्दै आएको छ । हिजो केन्द्रीय कमिटी सदस्यहरुबीच छलफल गरेको माधव पक्षले आज स्थायी कमिटी सदस्यहरुबीच छलफल गरेको छ । ‘नेकपा एकता हुन नसक्ने र एमाले माओवादी..

नेपाली राजनीतिका ‘किङ मेकर’ देउवा किन शान्त ?

२७ फाल्गुन, काठमाण्डौं । देशमा राजनीतिक अस्थिरता चरम विन्दुमा पुगेको बेला सत्ता समीकरणबारे काँग्रेस सभापति शेरबहादुर देउवा मौन जस्तै छन् । एकमना सरकार चलाएको ‘नेकपा’ एमाले र माओवादी केन्द्रमा फर्किँदा पनि देउवामा हलचल आएको छैन । नेपाली राजनीतिमा उथलपुथल हुँदा पनि निर्णायक शक्ति केन्द्र देउवा निवास बूढानीलकण्ठ शान्तजस्तै छ । वर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार जोगाउन र नयाँ सरकार..