नेकपा ओली पक्षको संसदीय दलको बैठक सम्पन्न, ११५ जना सांसदको उपस्थिती

नेकपा ओली पक्षको संसदीय दलको बैठक सम्पन्न, ११५ जना सांसदको उपस्थिती


२२ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको संसदीय दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा ११५ जना संघीय सांसद उपस्थित भएको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिनुभयो ।

प्रमुख सचेतक भट्टराईका अनुसार बैठकमा संसदीय दलका नेता एंवम प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको गतिविधिमा सक्रियतापूर्वक सहभागिता जनाउन निर्देशन दिनुभएको थियो ।

भोलि बस्ने संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे ओलीले आफ्ना सांसदहरुलाई निर्देशन दिनुभएको थियो । हिजोमात्रै नेकपाको दाहाल नेपाल पक्षको संसदीय दलको बैठक बसेको थियो ।

उक्त पक्षले पनि हिजोको बैठकमा ११५ जना संघीय सांसद उपस्थित रहेको दाबी गरेको थियो । यस्तै बैठकले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर