२८ चैत्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको भन्दै कटाक्ष गर्नुभएको छ । नेपाली काँग्रेससहित माओवादी केन्द्र र जसपाबीच वैकल्पिक सरकार गठनका लागि औपचारिक छलफल सुरु भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले आक्रोश पोख्दै तीन दलका नेताहरुलाई विकास विरोधीको संज्ञा दिनुभएको हो ।
आज काठमाडौँमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको दाबी गर्नुभयो ।
भूकम्पले ध्वस्त बनाएका संरचनाहरूको पुनर्निर्माण, अस्पताल र बाटाहरु निर्माणका लागि सरकारले उल्लेखनीय काम गरेको दावी गर्दै उहाँले विकास विरोधी र मुलुकमा अस्थिरता निम्त्याउन खोज्नेहरू भने सरकारको विकल्प खोज्ने तर्फ उन्मुख भएको टिप्पणी गर्नुभयो ।
उहाँले आफूलाई हटाइहाल्लान् भन्ने कुनै चिन्ता नभएको बताउनुभयो । उहाँले भन्नुभयो–‘अहिले नै हटाइहोल भने पनि केही छैन । यस्तो अंकगणितलाई वरपर पार्न खोज्ने खालका शकुनीका गोटी पनि फँयाकिनेछन् ।’
ओलीले वर्तमान सरकारलाई केही महिनालाई तलमाथि पारिहालेमा चिन्ता नगर्न आग्रह पाि गर्नुभयो । प्रधानमन्त्री ओलीविरुद्ध सत्ता समिकरण बनाउने प्रयास भइरहँदा पछिल्लो भनाई सार्वजनिक भएको हो ।