कर्णलीमा फ्लोर क्रस गर्ने सांसदहरुलाई कारवाही गर्ने तयारी

कर्णलीमा फ्लोर क्रस गर्ने सांसदहरुलाई कारवाही गर्ने तयारी


३ बैशाख, काठमाण्डौँ । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार सांसदलाई कारवाही गर्ने तयारी भएको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलले फ्लोर क्रस गर्ने सांसदहरुप्रति आक्रोश व्यक्त गर्दे कारवाही गर्ने संकेत गर्नुभएको हो ।

उहाँले पार्टीका सांसदहरुबाट राजनीतिक अपराध गर्ने काम भएको प्रतिक्रिया दिनुभएको छ । यस्तो क्रियाकलाप जिम्मेवार व्यक्तिहरुबाट हुने आफूले नसोचेको पनि उहाँले बताउनुभएको छ ।

फ्लोर क्रस गर्ने सांसदहरुलाई कारवाही गर्न कर्णाली प्रदेश एमाले संसदीय दलको बैठक बसिरहेको बताईएको छ । कर्णाली प्रदेशसभा बैठक सकिए लगत्तै एमालेको बैठक सुरु भएको हो ।

एमालेका चार सांसदहरुले फ्लोर क्रस गरेका थिए । फ्लोर क्रस गरेर राजनीतिको गेम चेञ्ज गर्ने एमाले सांसदहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा छन् ।

सांसद देवि ओलीले भने शाहीको पक्षमा मतदान गरे पनि आफ्नो मत सच्याउनुभएको थियो । उहाँलाई पनि कारवाही गर्ने तयारी गरिएको स्रोतले बताएको छ ।

एमाले सांसदहरुले फ्लोर क्रस गर्दा शाही सरकार जोगिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर