राजनीति

सरकारसंग वार्ता गर्न विप्लव समूहले वार्ता टोली गठन गर्यो
१८ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टीको विप्लव समूहले वार्ता टोली गठन गरिसकेको छ । विप्लव समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा वार्ता टोली गठन गरेको हो । वार्टा टोलीमा प्रकाण्डका अलावा दिपक चलाउने छन् । सरकारसँग वार्ताका लागि ८ फाल्गुनमा विप्लवले प्रेस वक्तव्यमार्फत वातावरण बनाउन आग्रह गरेका थिए । वार्ताको पहल भइरहँदा विप्लवको विज्ञप्ति आएको थियो । आज सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका..

प्रचण्डको प्रश्नः हारेपछि बलियो हुने अरे ? अचम्म !
१७ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सर्वाेच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना गरिसक्दापनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएको भन्दै कडा आलोचना गर्नुभएको छ । आज पेसागत महासङ्घ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ बीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । सर्वाेच्चले ओलीलाई हराईदिएको भए पनि झन बलियो भयौं भन्दै प्रचण्डले व्यङ्य गर्नुभएको छ । ‘अचम्म ! हारेपछि बलियो..

म नरहेपनि केही छैन, प्रतिक्रियावादी तत्वका मतियारहरुसँग घुँडा टेक्नु हुँदैनः प्रधानमन्त्री ओली
१७ फाल्गुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ज्यानकै खतरा रहेको खुलासा गर्नुभएको छ । सरकारले विकास निर्माण तीव्र गतिमा काम गरिरहेकाले देशी–विदेशी तत्वहरु नेकपालाई ध्वस्त पार्न लागिरहेको भन्दै ओलीले आफूमाथि पनि प्रहार केन्द्रीत भएको बताउनुभएको हो । आज पोखरामा आयोजित नेकपा आफु पक्षीय गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो । नेकपाको नेतृत्व गरेर पार्टीलाई अघि बढाउदैं सरकारलाई प्रभावकारी र गतिशील ढंगले सञ्चालन गरिरहेको हुनाले आफ्नो..

सर्वाेच्चको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोक्योः संञ्चारमन्त्री गुरुङ
१७ फाल्गुन, काठमाण्डौँ । सरकारका प्रवक्ता समेत रहनुभएका संञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वाेच्च अदालतको फैसलाले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्नबाट रोकेको बताउनुभएको छ । आज मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । संसद विघटनसम्बन्धी मुद्दामा सर्वाेच्चले दिएको फैसलामा बहुमतप्राप्त दलले सरकार बनाउनै पर्ने उल्लेख भएकाले अहिले प्रधानमन्त्रीले राजीनामा दिन नमिल्ने उहाँले उल्लेख गर्नुभयो । सर्वाेच्चको फैसलापछि आफूहरु पनि के गर्ने..

नेकपाको कानुनी विभाजन रोक्न बामदेव सक्रियः सम्भव छ त ?
१७ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टीको कानुनी विभाजन रोक्ने प्रयासहरु अझै चलिरहेको छ । विभिन्न सम्भावनाहरुसहित केही नेताहरु विभाजित दुवै समूहसँग एकताको सूत्र तयार गर्न सक्रिय भएको छ । नेकपा उपाध्यक्ष बामदेव गौतम दुवै पक्षका शिर्ष नेताहरुसँग भेटेर एकताको सूत्र तयार गर्न लाग्नुभएको छ । उहाँले गत हप्ता नेकपा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । उहाँले विभिन्न..

प्रचण्ड–नेपाल पक्षले सक्कल नागरिकता सहित केन्द्रीय कमिटीको बैठक बोलायो
१७ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल पक्षले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आज बसेको प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठकपछि केन्द्रीय समितिको बैठक फाल्गुन १९ गतेका लागि तय गरिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सक्कल नागरिकता र पार्टीको परिचय–पत्र सहित अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको छ । प्रचण्ड–नेपाल पक्षका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल र गंगालाल तुलाधरले एक सूचनामार्फत पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सक्कल नागरिकता..

अविश्वासको प्रस्ताव पारित गरेर देखाउन प्रधानमन्त्री ओलीको चुनौती
१६ फाल्गुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेर देखाउन चुनौती दिनुभएको छ । झापाको तिन स्थानिय तह (दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिका)मा बन्ने औद्योगिक पार्कको शिलान्यास कार्यक्रममा सम्बोधन गर्नुहुदै उहाँले संसदबाट अविश्वासको प्रस्ताव पारित गरेर देखाउन चुनौती दिनुभएको हो । देशमा अहिले विकासका कार्यले गति लिएका कारण आफ्नै पार्टी भित्रबाट अन्र्तघात भएको उहाँले बताउनुभयो । प्रचण्ड र माधव नेपाल पदलोलुप भएको पनि उहाँले..

सुवास नेम्वाङको प्रश्नः मरेको प्रतिनिधिसभा व्यूँतिएपछि अविश्वासको प्रस्ताव बाँच्यो ?
१५ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले अविश्वासको प्रस्ताव ल्याउन फेल हुने भएकाले प्रचण्ड–माधव समूह डराएको बताउनुभएको छ । त्यहीकारण प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको उहाँको दाबी छ । ओली समूह निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेता नेम्वाङले अविश्वासको प्रस्ताव फेल भए फेरि एकवर्षसम्म अर्काे राख्न नपाइने संवैधानिक व्यवस्था रहेको बताउनुभयो । संसद विघटन भएको दिनमा अविश्वासको प्रस्ताव लगेको सुनेको भन्दै उहाँले मरेको प्रतिनिधिसभा..

सांसदहरुले पार्टीको ह्विप उल्लंघन गरे कारबाही गरिन्छः प्रमुख सचेतक भट्टराई
१५ फाल्गुन, काठमाण्डौँ । नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुसँग सयभन्दा बढी सांसद रहेको दाबी गर्नुभएको छ । आवश्यक परे संसदमा देखाउन तयार रहेको उहाँको भनाइ छ । आज राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा भट्टराईले प्रधानमन्त्री ओली अल्पमतमा रहेको भनेर बाहिर हल्ला चलाएको दावि गर्नुभयो । तर ओली बहुमतमा रहेको उहाँले दावि गर्नुभयो । संसद पुनःस्थापना गर्ने सर्वाेच्च अदालतको फैसलालाई आफूहरुले सम्मान गर्ने उहाँले गरेको पनि उहाँले..

प्रतिनिधिसभा पुनस्र्थापना पछि आज मन्त्रिपरिषदको बैठक बस्दै
१४ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्र्थापना भएपछि मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे बैठक बोलाइएको हा । आजको बैठकले प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्न सक्ने संभावना रहेको छ । गत फाल्गुन ११ गतेको सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापनाको फैसला गर्दै १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो ।