राजनीति
माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
२२ चैत्र, काठमाण्डौँ । आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । अधिकांश स्थायी समिति सदस्यहरु राजधानी बाहिर रहेकाले आजको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । आजको बैठकमा नेकपा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी बारेमा छलफल गर्ने बताईएको थियो । काँग्रेसले ओली सरकारको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि उत्साहित बनेको माओवादीले..
प्रधानमन्त्रीको राजीनामा माग्ने कांग्रेसको निर्णय
२१ चैत्र, काठमाण्डौँ । नेपाली कांग्रेसको शुक्रबार राति सानेपामा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाले पेश गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले पारित गर्दै नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको हो । अब आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्नेसमेत कांग्रेसले निर्णय लिएको छ । बैठकको निर्णयपछि अब प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र देखिँदै आएको अलमल समाप्त भएको छ । अब कांग्रेसले ओली..
माधव पक्षका स्थायी कमिटी सदस्यको संयुक्त विज्ञप्तीः ओली निरंकुश र स्वेच्छाचारी
२१ चैत्र, काठमाण्डौँ । नेकपा (एमाले) माधव नेपाल पक्षका ११ स्थायी कमिटी सदस्यहरुले संयुक्त रुपमा विज्ञप्ती निकालेका छन् । विज्ञप्तीमा अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला कदमहरुको विरोध गरिएको छ । शुक्रबार बसेको माधव नेपाल पक्षधर स्थायी कमिटीहरु सदस्यहरुले पार्टीको नवौं महाधिवेशनको मार्गनिर्देशन, त्यसबाट पारित विधान र पद्धती मिच्दै अध्यक्ष ओलीबाट एकपछि अर्काे निरंकुश र स्वेच्छाचारी कार्य भैरहेको जनाएका छन् । उनीहरुले ओलीबाट राज्यसत्ताको दुरुपयोग गर्दै तानाशाही प्रविर्ती लाद्ने दुस्प्रयास भइरहेको..
घनश्याम भुषाल र सुरेन्द्र पाण्डे पनि एमालेबाट ६ महिनाका लागि निलम्बत
१९ चैत्र, काठमाण्डौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेताहरु घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाको लागि निलम्बन गर्नुभएको छ । यसअघि वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि साधारणसदस्यमेत नरहनेगरि निलम्बन गरिएको थियो । यी चारै जना नेताहरुलाई अध्यक्ष केपी शर्मा ओलीले यसअघि स्पष्टीकरण सोध्नुभएको थियो । नेताहरुको स्पष्टीकरणत्रको जवाफ चित्त बुझ्दो नआएको भन्दै कारबाही गरिएको बताईएको छ । चारै जना नेताहरुलाई..
नेकपा विवाद बारेको पुनरावलोकन निवेदनमा पहिलेकै फैसला सदर
१९ चैत्र, काठमाण्डौँ । सर्वाेच्च अदालतले नेकपा विवाद बारेको पुनरावलोकन निवेदनमा पहिलेकै फैसला सदर गरिदिएको छ । नेकपाको दर्ता खारेज गर्ने सर्वाेच्च अदालतको फैसला पुनरावलोकनका लागि माओवादी अध्यक्ष प्रचण्डले गत मंगलबार रिट दायर गर्नुभएको थियो । सो मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासमा आज चढेको थियो । तर अदालतले फाल्गुन २३ कै फैसलालाई सदर गर्दै निस्सा दिन अस्वीकार गरेको हो । तत्कालीन..
माधव नेपाल समूहका बहुमत केन्द्रीय सदस्यहरु ओलीसँग मिलेर जानुपर्ने पक्षमा
१४ चैत्र, काठमाण्डौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल समूहका बहुमत केन्द्रीय सदस्यहरु प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जानुपर्ने पक्षमा उभिएका छन् । आज कालिमाटीस्थित एक ब्यांक्वेटमा बसेको नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठकमा बहुमत सदस्यहरुले अध्यक्ष ओलीसँग नै मिलेर जानुपर्ने भनाई राखेको स्रोतले बताएको छ । बैठकमा सहभागी एक नेताका अनुसार अब पार्टी एकतालाई जोगाउनको लागि नै बहुमत सदस्यहरुले लागिपर्ने भन्दै अब सोहीअनुसार अघि बढ्ने..
ओलीले मलाई घोक्र्याएर एमालेमा फर्काउन बाध्य बनायोः माधव नेपाल
१४ चैत्र, काठमाण्डौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्र्याएर एमाले पार्टीमा फर्काइएको प्रतिकृया दिनुभएको छ । नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको दया र कृपा रहुञ्जेल ओली सरकार टिकिरहने नेता नेता नेपालको तर्क छ । आज काठमाडौंमा बृहत नागरिक आन्दोलनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै एमालेका वरिष्ठ नेता नेपालले आफूलाई घोक्रयाएर पार्टीमा फर्काइएको टिप्पणी गर्नुभएको हो । नेकपा खारेज गर्ने सर्वाेच्च अदालतको फाल्गुन २३ गतेको निर्णयलाई संकेत..
विद्यार्थी नेताहरुको एउटै आवाजः स्ववियु निर्वाचन हुनुपर्छ !
१४ चैत्र, काठमाण्डौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनबारे त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चासो देखाएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिभुवन विश्वविद्यालय समितिसँग त्रिविले आगामी जेष्ठ ३० गते स्ववियु निर्वाचन गर्न सहमति जनाएको छ । नेविसंघ त्रिवि समितिले पाँच बुँदे माग राखेर ४८ दिनसम्म गरेको रिले अनसनपछि स्ववियु निर्वाचन गर्नेगरी त्रिवि र नेविसंघबीच ९ चैत्रमा सहमति भएको थियो । उक्त सहमतिको विद्यार्थी संगठनले स्वागत गरेका छन् । सत्तारुढ नेकपा एमाले..
दुई समुहका एमाले सांसदहरु बालुवाटारमा बहश गर्दे, नेपाल र रावललाई कारवाही गर्ने ओलीको संकेत
१३ चैत्र, काठमाण्डौँ । दुई समुहमा विभाजित भएका नेकपा एमालेका सांसदहरु आज दिउँसो बालुवाटारमा भेला भए । प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको दलको बैठकमा भाग लिन माधव नेपाल पक्षका नेताहरु पनि बालुवाटार पुगेपछि पार्टी एकताको भाव सञ्चार भएको भन्दै ओली पक्षका सांसदहरु पनि उत्साहित देखिए । एमाले संसदीय दलको बैठक आगामी बजेट र विकास योजनाहरुका सम्बन्धमा सांसद र मन्त्रीबीच सम्वाद गर्नका लागि बोलाइएको थियो । बैठकलाई..
प्रदेश–१ को मन्त्रिमण्डल विस्तारः सपथग्रहण आजै (नामावली सहित)
१३ चैत्र, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । विस्तारित सदस्यको सपथग्रहण आजै दिउँसो १ बजे हुनेछ । सर्वाेच्च अदालतको दल विभाजनसम्बन्धी फैसलापछि शक्तिशाली बनेका राईले प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार टङ्क आङ्बुहाङ, उषाकला राई, रामबहादुर राना र अम्बिरबाबु गुरुङलाई मन्त्री पदको जिम्मेवारी दिइएको छ । राजकुमार ओझा र कला घलेलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री कार्यालय स्रोतका..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७