पार्टीको ह्विप उल्लंघन गर्ने कर्णाली प्रदेशका सांसदलाई मन्त्री पद उपहार

पार्टीको ह्विप उल्लंघन गर्ने कर्णाली प्रदेशका सांसदलाई मन्त्री पद उपहार


५ वैशाख, काठमाण्डौँ । पार्टीको ह्विप उल्लंघन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाइएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत लिए पश्चात शनिबार मन्त्रिपरिषद हेरफेर गर्ने निर्णय गर्नुभएको हो ।

यसअघि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मा पाएका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मा दिइएको छ भने मुख्यमन्त्रीले नै सम्हाल्दै आएको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मा कुर्मराज शाहीलाई दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ ।

शनिबारमात्र एमाले प्रदेश कमिटीले तीनैजनालाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी निष्कासन गर्ने निर्णय गरेको थियो । अहिले कर्णाली सरकारमा माओवादी केन्द्रबाट नरेश भण्डारी र विमला केसी मन्त्री छन् ।

मुख्यमन्त्री शाहीले माओवादीबाट नयाँ अनुहारसहित नेपाली कांग्रेसलाई समेत सरकारमा सहभागी गराउने तयारी गरेको स्रोतको भनाइ छ ।

नवनियुक्त मन्त्रीहरुको सपथ आज हुने तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर