८ वैशाख, काठमाण्डौँ । नेकपा एमालेको फुट जोगाउन अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । नक्शालस्थित होटल मेरिअटमा दुई नेताबीच भेटवार्ता सुरु भएको हो ।
भेटमा एमालेको एकता जोगाउने सुत्रबारे छलफल चलिरहेको बुझिएको छ । भेटवार्ताको वातावरण योगेश भट्टराईले गर्नुभएको हो । उहाँले आज दिउँसो बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेट्नुभएको थियो ।
दुई नेताबीच सेतुको भूमिका निभाएर भट्टराईले आफु आफ्नो कदमबाट ब्याक बनाउने प्रयास गर्नुभएको छ ।
यो बीचमा ओलीले माधव नेपालसहित ४ जना नेतालाई ६ महिनाको लागि निलम्बन गरिसक्नुभएको छ । यता नेपाल पक्षले पनि केन्द्रीय नेतृत्व बाहेक सबै तहमा समानान्तर कमिटी गठन गरेको छ ।
मंगलबार मात्र ओलीले नेपालसहित ३२ जना सांसदलाई प्रष्टीकरण सोध्नुभएको थियो । पार्टीभित्र देखिएको बढ्दो विवादलाई आइसब्रेक गर्दै ओली र नेपाल छलफलमा जुटेको देखिन्छ ।