फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री शाही विश्वासको मत लिन सफल

फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री शाही विश्वासको मत लिन सफल


३ बैशाख, काठमाण्डौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।

आज कर्णाली प्रदेश सभामा भएको मतदान प्रक्रियामा नेकपा एमालेका चार जना सांसदले पार्टीको ह्विप उल्लङ्घन गर्दै मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई मतदान गरेपछि उहाँले विश्वासको मत प्राप्त गर्नु भएको हो ।

नेकपा माओवादी र नेपाली काँग्रेससँग बहुमत नभएकाले शाही नेतृत्वको सरकार ढल्ने लगभग पक्का थियो । तर आश्चर्यजनक तरिकाले नेकपा एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमर थापाले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्नुभयो ।

प्रदेश सभामा कायम जम्मा ३९ सांसद मध्ये मुख्यमन्त्री शाहीको पक्षमा–२२ मत र विपक्षमा –१७ मत खसेको थियो ।

जसमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गर्नुभएको थियो ।

२०७७ असोज २५ गते तत्कालीन नेकपाका १८ जना सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर