राजनीति
गण्डकी प्रदेशमा मुख्यमन्त्रीका लागि कृष्णचन्द्र नेपालीको दावी
२८ जेष्ठ, कास्की । गण्डकी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । त्यसका लागि प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि दिएको २४ घण्टे समयअवधि दिएपछि काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीको दावी पेश गर्नुभएको छ । नेपालीसहितको ३१ जना सांसदहरु प्रदेश प्रमुख समक्ष उपस्थित भएर मुख्यमन्त्रीमा नेपालीले आज दावी पेस गरेका छन् । नेपालीलाई सहयोग गर्न स्वतन्त्र सांसद दीपक मनाङे पनि प्रदेश प्रमुख कार्यालयमा उपस्थित हुनुहुन्थ्यो । नेपालीसँग..
गण्डकी प्रदेश प्रमुख पौडेलद्धारा नयाँ सरकार गठनका लागि आह्वान
२८ जेष्ठ, कास्की । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ बमोजिमको प्रदेश सरकार गठनको लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि आज पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा भोली शनिबार दिउँसो ३ बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा तोकिएको छ । नयाँ सरकारको दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ । उनीहरुले आज नै..
सर्वाेच्चद्धारा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार
२७ जेष्ठ, काठमाण्डौँ । सर्वाेच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार गरेको छ । यससँगै एमाले, माधवकुमार नेपाल समूहले भने जस्तै २०७५ जेष्ठ २ को अवस्थामा फर्किनुपर्ने भएको छ । प्रकाश ज्वालासहित चार जनालाई कर्णाली प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा आन्तरिम आदेश दिँदै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीको रुपमा बैधानिकता दिन अस्वीकार गरेको बताईएको छ..
गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त गर्न असफल
२७ जेष्ठ, कास्की । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त गर्न असफल हुनु भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकोमा उहाँले बहुमत प्राप्त गर्न सक्नुभएन । यससँगै मुख्यमन्त्री गुरुङ पदमुक्त बन्नुभएको छ । गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त हुनुभएका गुरुङले संवैधानिक प्रावधानअनुसार आज विश्वासको मत लिन प्रयास गर्नुभएको थियो । मुख्यमन्त्री गुरुङको पक्षमा २७ मत मात्र परेको थियो..
आरजु राणालाई पराजित गर्ने कैलालीका नारदमुनि राना वन मन्त्री
२७ जेष्ठ, काठमाण्डौँ । शेरवहादुर देउवापत्नी आरजु राणालाई पराजित गरी कैलालीबाट निर्वाचित नेता नारदमुनि राना मन्त्री वन तथा वातावरण मन्त्रीमा नियुक्त बन्नुभएको छ । रानालाई प्रधानमन्त्री केपी शर्मा ओलीले वनमन्त्री प्रस्ताव गर्नुभएको र रानाले पद स्वीकार गरेको बताईएको छ । रानाले प्रतिनिधसभाको गत चुनावमा नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई कैलाली क्षेत्र नं. ५ बाट ४ हजार ८८० मतान्तरले पराजित गर्नुभएको थियो । चुनावकै बेला नेता रानालाई मन्त्री..
विश्वासको मत प्राप्त नभए मध्यावधि निर्वाचन हुन सक्ने मुख्यमन्त्री गुरुङको संकेत
२७ जेष्ठ, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा उहाँले विश्वासको मतसम्बन्धी प्रस्ताव विफल भएमा संविधानअनुसार अघि बढ्ने चेतावनी दिनुभएको छ । संघीय सरकारले झैं गण्डकी प्रदेश सरकारले पनि मध्यावधि निर्वाचनको घोषणा गर्ने त होइन भन्ने आशंका बढिरहेको समयमा मुख्यमन्त्री गुरुङले विश्वासको मत हासिल हुन नसके प्रदेशसभा विघटन हुन सक्ने संकेत गर्नुभएको हो । उहाँले प्रदेशसभामा विपक्षी गठबन्धनको..
ओली सरकारको संञ्चारमन्त्रीमा बादल पत्नी नैनकला थापा
२७ जेष्ठ, काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र) त्यागेर नेकपा (एमाले) प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ले आफ्नी श्रीमती नैनकला थापालाई मन्त्री बनाउन सफल हुनुभएको छ । सर्वोच्च अदालतको फैसलाले गृहमन्त्रीबाट बाहिरिएका बादल अन्ततः आफ्नी श्रीमतीलाई मन्त्री बनाउन सफल हुनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निकट सम्बन्धकै कारण बादलले आफ्नो खेमाबाट मन्त्री बन्न योग्य नेताहरुलाई पन्छाएर श्रीमतीलाई नै मन्त्री बनाउनुभएको स्रोत बताउछ । प्रधानमन्त्री ओलीले आज गरेको मन्त्रिपरिषद् विस्तारमा बादलपत्नी नैनकला..
प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषद् विस्तारः को को बने मन्त्री ?
२७ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गरेपनि रक्षा मन्त्रालय भने आफै सम्हाल्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री ओलीले आज मौजुदा मन्त्रिपरिषदमा जनता समाजबादी पार्टीको नेतासहित थप आठ जनालाई सहभागी गराई मन्त्रिपरिषदको विस्तार गर्नुभएको हो..
मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत प्राप्त, सुदूरपश्चिम प्रदेश सरकार जोगियो
२५ जेष्ठ, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेश सभा बैठकमा उहाँलाई ३० सांसदले विश्वासको मत दिएको सभामुख अर्जुनबहादुर थापाले घोषणा गर्नुभएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै
२५ जेष्ठ, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिँनुहुदैछ । मुख्यमन्त्री भट्टले सभामुखलाई विश्वासको मत लिने व्यवस्था मिलाई दिन भनेर लेखेको पत्र आइतबार साँझ प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । अहिले बिहान ९ बजे विश्वास मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक बोलाइएको छ । मुख्यमन्त्री भट्टले लिन लागेको विश्वासको मतका विपक्षमा मतदान गर्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ह्विप जारी गर्न संसदीय दललाई निर्देशन दिएको..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७