राष्ट्रिय सभा उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन ओली समुह छलफलमा

२४ वैशाख, काठमाण्डौँ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई बालुवाटार बोलाउनुभएको छ । वाग्मती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको उप निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाउन स्थायी कमिटीका नेताहरुसँग अनौपचारिक छलफलका लागि अध्यक्ष ओलीले बालुवाटार बोलाएको बताईएको छ । वागमतीको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयनको समय आज तोकिएको छ । ओलीले बेलाएको बैठकमा अनौपचारिक छलफल मात्र हुने..

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता आज, ओली समुह अन्योलमा

२४ वैशाख, काठमाण्डौँ । बागमती प्रदेशमा जेष्ठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । हेटौँडामा खोलिएको निर्वाचन आयोगको कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । एमाले प्रवेश गरेका रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि उत्त पद रिक्त छ । उक्त रिक्त पदमा माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेको माधव नेपाल पक्षले संयुक्त रुपमा डा.खिमलाल..

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवावीच भेटवार्ता

२२ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आज भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओली स्वयम सभापति देउवालाई भेट्न बुढानीलकण्ठस्थित उहाँकै निवास पुग्नुभएको थियो । राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले एमालेले तय गरेको उम्मेदवार वर्तमान गृहमन्त्री रामबहादुर थापाविरुद्ध गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहनुभएका ओली देउवालाई भेट्न बुढानीलकण्ठ जानुभएको हो । ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि सहभागी हुनुहुन्थ्यो । ओलीले वैशाख २७..

नेपालको प्रस्तावः विश्वासको मत चाहिएको भने जेष्ठ २ मा फर्कौँ, नभए सामुहिक राजिनामा !

२२ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएसंगै माधव नेपालले आफु निकट संसदद्धारा एक शन्देश पठाउनुभएको छ । माधव नेपालनिकट सांसद सोमप्रसाद पाण्डेकाअनुसार नेपाल पक्षले आजमात्रै प्रधानमन्त्रीलाई एउटा प्रस्ताव पठाउनुभएको हो । उनकाअनुसार यदि अध्यक्ष ओली २०७५ जेष्ठ २ गते फर्किए भने उहाँलाई विश्वासको मत दिन सकिने प्रस्तावमा उल्लेख गरिएको छ । उहाँले भन्नुभयो,‘हामीले त पार्टी एकता बचाउनका लागि नै प्रयत्न गरिराखेको..

माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लियो

२२ वैशाख, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बिहान संसद सचिवालयमा पत्र दिँदै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाउनुभएको छ । यसअघि हिजो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । २०७४..

ओली सरकारलाई माओवादीको समर्थन नहेको पत्र संसद सचिवालयलाई बुझाईदैँ

२२ वैशाख, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले सरकारलाई आफ्नो समर्थन नरहेको पत्र औपचारिक रुपमा संसद सचिवालयलाई आज बुझाउने भएको छ । पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाउन लागेको माओवादीले जनाएको हो । हिजो बसेको स्थायी कमिटी बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सरकारलाई पार्टीको समर्थन नरहेको पत्र आज बुझाउन लागिएको माओवादी..

विश्वासको मतमा प्रधानमन्त्री ओलीलाई फेल गराउने कांग्रेसको निर्णय

२१ वैशाख, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विश्वासको मतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेल गराउन पहल गर्ने निर्णय गरेको छ । कांग्रेस पदाधिकारीहरुको आज बसेको बैठकले त्यसका लागि दलहरुसँग पहिला छलफल गर्ने निर्णय गरेको छ । बजेट अधिवेशन बोलाउन ढिला भएको र कोभिडलगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने बेला विश्वासको मत लिनकै लागि अधिवेशन बोलाइएको भन्दै कांग्रेसले प्रधानमन्त्रीलाई फेल गराउन पहल गर्ने बताएको छ । ओली सरकारले संवैधानिक मूल्यमान्यतालाई..

संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएकामा देउवाको आपत्ति

२१ वैशाख, काठमाण्डौँ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशको काँग्रेसले विरोध गरेको छ । काँग्रेसको पदाधिकारी तथा शीर्ष नेताहरुको आज बसेको बैठकले राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश समेत जारी गरिएको भन्दै कडा विरोध गरेको हो । बैठकपछि सहमहामन्त्री डा.प्रकाश शरण महतले राष्ट्रपतिले संविधान र लोकतन्त्रको खिलाफमा हुने गरेर अध्यादेश जारी गरेको भन्दै आपत्ति जनाउनुभयो । बैठकले सो अध्यादेश जारी गर्ने निर्णयको भत्सर्ना गरेको महतले बताउनुभयो । राष्ट्रपति..

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुहुने

१९ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिनुहुने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिनुभएको स्रोतले बताएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिने तयारी छ ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त

१९ वैशाख, काठमाण्डौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । एकल बहुमतको आधारमा उहाँलाई मुख्यमन्त्री नियुक्त गरिएको पत्र दिइएको छ । पत्रमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम नियुक्त गरिएको उल्लेख छ । उक्त धारमा प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुने व्यवस्था..