नरोत्तम बैद्य विरुद्ध मुद्दा दर्ता

नरोत्तम बैद्य विरुद्ध मुद्दा दर्ता


३१ जेष्ठ, काठमाण्डौँ । बाग्मती प्रदेश सभा सदस्य नरोत्तम बैद्य विरुद्ध आइतबार एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर मुद्दा दर्ता गराएका छन् ।

एमाले नेता तथा कार्यकर्ताहरुले सांसद बैद्यलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका थिए । गत शुक्रबारको प्रदेश सभा बैठकमा बैद्यले प्रधानमन्त्री ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिनुभएको थियो ।

तर, चौतर्फी विरोध र पार्टीबाटै तत्काल आत्मालोचना गर्न निर्देशन दिएपछि उहाँले शनिबारको बैठकमा माफी माग्दै उक्त शब्द फिर्ता लिएको घोषणा गर्नुभएको थियो । तर युवा संघका जिल्ला समिति सदस्य अनिल काफ्लेले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर आईतवार मुद्दा दर्ता गराएका छन् ।

बैद्यले भने आफूविरुद्ध मुद्दा दर्ता भैसकेकोले अब मुद्दा किनारा नलागेसम्म मिडियामा नबोल्ने जनाउनुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर