जसपाका प्रदेशसभा सदस्यमाथी कारवाही हुनसाथ महन्थले पत्र पठाए सभामुखलाई

१६ वैशाख, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्य पदमुक्तसंगै अध्यक्ष महन्त ठाकुरले प्रदेश प्रमुखलाई पत्र पठाउनुभएको छ । प्रदेशसभा सचिवालयले आज सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी, कल्पना पाण्डे र विजयकुमार यादव पदमुक्त भएको सूचना प्रकाशित गरेको थियो । यी चार सांसदमध्ये पाण्डेय र यादव प्रत्यक्ष निर्वाचित सांसद ्हुन भने रायमाझी र कल्पना पाण्डे समानूपातिक सांसद हुन् । पार्टीको निर्देशनविपरित मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा..

नेपाल समुहका एक्लो प्रदेश सांसदको स्पष्टोक्तिः म फ्लोर क्रस गर्दिन !

१६ वैशाख, कास्की । नेकपा एमाले नेपाल–खनाल समुहमा रहेका एक्लो गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले आफूलाई बदनाम गर्ने गरी विभिन्न कोणबाट अनावश्यक हल्ला चलाइएको भन्दै अशन्तुष्टी व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वास प्रस्ताव पेश भइसकेको अवस्थामा आफू मन्त्री नबन्ने बताउनुभएको हो । हिजो सहज परिस्थितिमा आफूलाई वास्ता नगरिएको तर अहिले अविश्वास प्रस्ताव आइसकेपछि फ्लोर क्रस गर्ने त्रासले सरकारमा सामेल गर्न खोजिएको उहाँको भनाइ छ । तर..

गण्डकी प्रदेश सदस्य शाही बेहोश भएपछि अस्पताल भर्ना भएको स्पष्टोक्ति

१६ वैशाख, कास्की । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीले आफु बेहोश भएपछि अस्पताल भर्ना भएको स्पष्ट पार्नुभएको छ । उहाँले पार्टी निर्णयप्रति प्रतिवद्ध भएको उल्लेख गर्दै पार्टीको निर्णय बमोजिम संसद बैठकमा सहभागी हुने बताउनुभएको छ । आज एक विज्ञप्तिमार्फत शाहीले पार्टीको निर्णयप्रति प्रतिवद्ध भएको स्पष्ट पार्नुभएको हो । उहाँले आफूविरुद्ध भ्रामक खबरहरु आइरहेकोमा समेत आपत्ती जनाउनुभएको छ ।

नेकपा एमालेको पक्षमा खुले दीपक मनाङे

१५ वैशाख, काठमाण्डौँ । गण्डकी प्रदेशका सांसद राजिव गुरुङ (दीपक मनाङे) अन्ततः नेकपा एमालेको पक्षमा खुलेका छन् । आज प्रदेशसभा बैठकमा अनुपस्थित भएका सांसद मनाङेले एमालेको पक्षमा खुल्ने निर्णय लिएका हुन् । उहाँले मंगलबारको प्रदेशसभा बैठकमा आफू स्वतन्त्र सांसद भएको भन्दै संसदमा छुट्टै कुर्सीको माग गर्नुभएको थियो । उहाँले आज सामाजिक संञ्जालमा मार्फत एमालेको पक्षमा उभिने निर्णय गरेको बताउनुभएको हो । उहाँले फेसबुकमा लेख्नुभएको छ–‘मनाङ्ग जिल्लाको नेकपा एमाले संगठनले भने..

जनमोर्चाका सांसद सम्पर्कविहिन भएपछि गण्डकी प्रदेशसभा स्थगित

१५ वैशाख, कास्की । मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनुअघि भएको बैठकमा दुईजना सांसदहरु अनुपस्थित भएपछि गण्डकी प्रदेशको प्रदेशसभा स्थगित भएको छ । प्रदेशसभाको बैठक चलिरहँदा जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित हुनुहुन्थ्यो । त्यसैगरी अर्का सांसद दीपक मनाङ्गे (राजीव गुरुङ) पनि बैठकमा देखा पर्नुभएन । शाहीले बिरामी भएको जनाउ दिएको र मोबाइल समेत अफ गरेको स्रोतले बताएको छ । गण्डकी प्रदेशसभामा सभामुखसहित कुल ६० सांसद छन् ।..

गण्डकी प्रदेशसभामा जनमोर्चाका सांसद हराएपछि खैलाबैला

१५ वैशाख, काठमाण्डौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा आज गण्डकी प्रदेशसभामा मतदान हुँदैछ । अपराह्न साढे ४ बजेबाट सुरु हुने भनिएको बैठकमा मतदान गर्ने कार्यसूची रहेको भनिएपनि अहिलेसम्म प्रदेशसभा सुरु भएको छैन । तर प्रदेशसभाको बहुमतमा निर्णायक बनेको राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य अनुपस्थित भएपछि प्रदेशसभामा खैलाबैला भएको छ । प्रदेशसभा सदस्य खिमबिक्रम शाही प्रदेशसभा परिसरमा देखिएका छैनन् । त्यसअघि बुधबार नै बसेको पहिलो बैठकमा..

प्रधानमन्त्री ओलीविरुद्ध तत्काल अविश्वासको प्रस्तावमा नजाने जसपाको निर्णय

१४ वैशाख, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तत्काल अविश्वासको प्रस्तावमा नजाने निर्णय गरेको छ । आज बसेको पार्टीका शीर्ष ६ नेताहरुको बैठकमा सरकारविरुद्ध आउने अविश्वासको प्रस्तावमा जाने कि नजाने भन्नेबारे छलफल भएको थियो । तर, तत्काल अविश्वासको प्रस्तावको पक्षमा जान नसकिने निश्कर्ष निकालिएको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । पछिल्लो समय जसपा सत्ता समिकरणमा तानातानमा परेको छ । प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुर र..

गण्डकी प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश

१४ वैशाख, कस्की । गण्डकी प्रदेश सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । सोमबार देखी सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गर्नुभएको हो । प्रस्ताव पेश गर्दै नेता कृष्णचन्द्र नेपालीले संघीय र प्रदेश सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडिरहेकाले अविश्वासको प्रस्ताव ल्याइएको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने असंवैधानिक कदमलाई..

नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक जारी

१२ वैशाख, काठमाण्डौँ । नेकपा एमालेको केन्द्रीय महाधिवेशन आयोजक कमिटीको आजको बैठकले महत्वपूर्ण निर्णय गर्ने जनाईएको छ । वालुवाटारमा विहान १० बजे देखी सुरु भएको बैठक जारी छ । आजको बैठकलाई वैशाख ६ र १० गते बसेको बैठकको निरन्तरताको रुपमा समेत हेरिएको छ । बैठकमा नेताहरुको जिम्मेवारी तोक्ने र माधवकुमार नेपाल पक्षका नेताहरुको कारवाही बारे थप छलफल हुने स्रोतको भनाई छ । गत ६ गते बसेको बैठकले नेपाल पक्षका नेताहरुलाई..

एमालेलाई फुटबाट जोगाउन ओली र नेपालबीच भेटवार्ता

८ वैशाख, काठमाण्डौँ । नेकपा एमालेको फुट जोगाउन अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । नक्शालस्थित होटल मेरिअटमा दुई नेताबीच भेटवार्ता सुरु भएको हो । भेटमा एमालेको एकता जोगाउने सुत्रबारे छलफल चलिरहेको बुझिएको छ । भेटवार्ताको वातावरण योगेश भट्टराईले गर्नुभएको हो । उहाँले आज दिउँसो बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेट्नुभएको थियो । दुई नेताबीच सेतुको भूमिका निभाएर भट्टराईले आफु आफ्नो कदमबाट ब्याक बनाउने..