राजनीति
प्रदेश–२ सरकारबाट ठाकुर–महतो पक्षका चार मन्त्री बर्खास्त
२४ जेष्ठ, धनुषा । प्रदेश–२ सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्रलाल सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो । मुख्यमन्त्री लालबाबु राउतले जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई हटाइएको पत्र आइतवार अबेर राति प्रदेश प्रमुख डा. राजेश झाको सचिवालयमा दर्ता गराउनुभएको हो । प्रदेश प्रमुख..
माओवादी केन्द्रले फिर्ता लियो प्रदेश–१ सरकारलाई दिएको समर्थन
२३ जेष्ठ, काठमाण्डौँ । प्रदेश–१ सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएको छ । आज माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभा सचिवालयमा दिनुभएको हो । गत पैष ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्धमा उभिएको तत्कालिन नेकपाको माओवादी र एमालेको माधव नेपाल समुहका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । सर्वाेच्च अदालतले नेकपाको एकता भंग गरेपछि प्रदेशसभामा तत्कालिन नेकपा एमालेको एकल..
गण्डकी प्रदेशसभा सदस्यबाट थापालाई सांसद्बाट नहटाउन अन्तरिम आदेश
२३ जेष्ठ, काठमाण्डौँ । सर्वाेच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट कारवाही गरिएका कृष्ण थापालाई प्रदेशसभा सदस्यकै रुपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । आज सर्वाेच्च अदालतका न्यायाधीश डा.कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो । इजलासले विपक्षीहरूलाई १५ दिनभित्र थापामाथिको कारवाहीबारे लिखित जवाफ दिन पनि आदेश दिएको छ । गत वैशाख २९ गते हुने भनिएको सरकार गठनसम्बन्धी दावीमा प्रदेशसभा सदस्य..
आज साँझसम्म मन्त्रिपरिषद विस्तार गर्नेगरि ओली छलफलमा (मन्त्री बन्ने सम्भावित नाम)
२३ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझसम्म मन्त्रिपरिषद विस्तार गर्नेगरि छलफल सुरु गर्नुभएको छ । अहिले आफूले राखेका मन्त्रालयहरुमा एमालेबाटै मन्त्री बनाउनेगरि ओलीले तयारी थाल्नुभएको हो । शुक्रबार जनता समाजवादी पार्टीका १० जनालाई मन्त्री बनाइएको र एमालेका केही मन्त्रीहरुलाई हटाइएका कारण ७ वटा मन्त्रालयहरु खाली छन् । खाली रहेका ७ मन्त्रालयहरुमा रक्षा, गृह, उद्योग, कृषि, सामान्य प्रशासन, वन र सञ्चार छन् । खाली रहेका मन्त्रालयमा पूर्वमाओवादीबाट एमालेमा..
जसपा ठाकुर पक्षबाट मन्त्री बनेका १० जनाको सपथ ग्रहण ६ वजे
२२ जेष्ठ, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षबाट आठजना मन्त्री र दुईजना राज्यमन्त्रीले आज ६ वजे सपथग्रहण लिने भएका छन् । जसपाका एक नेताका अनुसार अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सहमतिअनुसार पार्टीले सरकारमा सहभागी हुने १० जनाको नाम बुझाइसकेको छ साथै आज ६ बजे सपथग्रहण हुने ती नेताले बताए । मन्त्री बन्नेमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्तव,..
आन्तरिक एकतालाई सुदृढ गर्ने एमाले स्थायी कमिटी बैठकको निर्णय
१८ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेले आन्तरिक एकतालाई सुदृढ गर्नका लागि अन्तिम समयसम्म पनि प्रयत्न जारी गर्ने निर्णय गरेको छ । बालुवाटारमा आज बसेको एमाले स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्नका लागि प्रयत्न जारी राख्ने विषयमा छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकमा, लुम्बिनी प्रदेशको उपनिर्वाचनमा अन्तर्घातका कारण पराजित भएको निष्कर्ष निकालेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । उहाँले प्रतिनिधिसभा विगठनपछि अदालतमा विचाराधीन मुद्दालाई प्रभावित हुने गरी चलाइएका..
जसपा विवादः महन्थ ठाकुर पक्षद्धारा उपेन्द्र यादवपनि निष्कासित
१८ जेष्ठ, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई महन्थ ठाकुर पक्षले पार्टीबाट निष्कासन गरेको छ । अध्यक्ष ठाकुरलगायत चारजना नेतालाई यादव पक्षले पार्टीबाट यस अघि नै निष्कासित गरेको थियो । यादव पक्षको यो निर्णय आएलगत्तै ठाकुर पक्षको बबरमहलमा बसेको बैठकले जवाफी कारवाही गरेको हो । बैठकले यादवलाई पार्टीबाट निष्कासन गरेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । अध्यक्ष यादवले पार्टीका चारजनालाई गरेको कारवाही पार्टीको विधान विपरित रहेको..
प्रधानमन्त्री ओली र भीम आचार्यबीच तीन घण्टा छलफल
१८ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालनिकट नेता भीम आचार्यसँग करिब तीन घण्टा छलफल गर्नुभएको छ । बालुवाटार बोलाएर आचार्यसँग ओलीले पार्टी एकताको लागि भूमिका खेल्न आग्रह गरेको बुझिएको छ । नेता आचार्यले पनि आफूहरु एकताकै पक्षमा रहेकोले अन्तिम प्रयास जारी नै रहेको स्पष्ट पार्नुभएको छ । पत्रकार ऋषि धमलासँग कुराकानी गर्दे आचार्यले माधव नेपालले मात्रै चाहेर पार्टी नफुट्ने दाबी गर्नुभयो । उहाँले आफूहरु पार्टी एकताकै पक्षमा..
लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा दृगनारायण पाण्डेय विजयी
१७ जेष्ठ, काठमाण्डौँ । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा आज भएको निर्वाचनमा विपक्षी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनु भएको छ । उहाँले चार हजार एक सय ४० मत ल्याई विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चन्द्रबहादुर खड्काले तीन हजार छ सय १२ मतमात्र ल्याउनु भएको छ । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा कुल तीन सय मतदाता मध्ये दुई सय ९७ मत खसेको..
बजेट कार्यान्वयनको अभियानलाई भोलिदेखि नै तिव्रता दिन्छुः अर्थमन्त्री पौडेल
१६ जेष्ठ, काठमाण्डौँ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने योजना, प्रतिवद्धता र संकल्पका साथ आएको स्पष्ट पार्नुभएको छ । उहाँले बजेट कार्यान्वयन हुँदैन कि भनेर शंका नगर्न समेत आग्रह गर्नुभएको छ । आगामी आर्थिक बर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटका सम्बन्धमा आइतबार अर्थ मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलेले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो–‘बजेट केबल सुनाउनका लागि होइन कार्यान्वयन गर्नका..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७