प्रदेश सांसद बिमला वलीले मुख्यमन्त्री पोखरेललाई एक करोड मागेको खुलासा

प्रदेश सांसद बिमला वलीले मुख्यमन्त्री पोखरेललाई एक करोड मागेको खुलासा


२३ श्रावण, काठमाण्डौँ । हप्तादिन एमाले सांसद भएर माओवादी पार्टीमै फर्किएकी लुम्बिनी प्रदेशसभा सदस्य बिमलाकुमारी वलीले एमालेलाई विभिन्न आरोपहरु लगाईन् । आफूलाई मुख्यमन्त्री शंकर पोखरेल सरकारीनिवासमा बन्दक बनाएको भन्दै उनले मिडियाहरुमा भन्नसम्म भ्याईन् ।

तर सांसद वलीको आरोपमा कुनै सत्यता नभएको नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रतिक्रिया समेत जनाइसकेका छन् । उनै संसद वलीले मुख्यमन्त्री पोखरेलसँग भेट गराइदिन पटकपटक आग्रह गरेपछि ढकालले वातावरण मिलाइदिएका थिए ।

वलीलाई आफ्नो सांसद दाबी गर्दैआएको एमालेले उनका लागि स्पष्टीकरण पत्र तयार पारेको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रबाट पठाएको स्पष्टीकरण पत्र दिएर गत साउन १५ गते दाङ पुगेका प्रमुख सचेतक ढकालसँगै सांसद बिमलासमेत बुटवल आएकी थिइन् ।

बुटवल आइ मुख्यमन्त्रीसँग भेटवार्ता गरेकी वलीले एमालेमै भएको मात्रै बताइनन्, आफूले पूर्वसभामुख तथा माओवादी नेत्री ओनसरी घर्ती र प्रदेश सांसद सुदर्शन बरालमार्फत ५५ लाख लिएको स्वीकार समेत गरिन् । सांसद वलीलाई माओवादी प्रमुख सचेतक तुलाराम घर्तीले खाजा खर्चका लागि ५० हजार दिएको समेत उनले मुख्यमन्त्री कार्यालयमा सुनाइन् ।

मुख्यमन्त्री कार्यालय पुगेपछि सांसद वलीले एमाले नेताहरूलाई पहिलो सर्त राखिन्– माओवादी नेत्री घर्ती र बरालले दिएको ५० लाख र तुलारामले दिएको ५० हजार फिर्ता गरिदिनुपर्छ । उनले आफूलाई पछिल्लो समय आर्थिक समस्या भइरहेको हुँदा ३०–४० लाख पनि दिनुपर्ने जिकिर गरेको स्रोतले बताएको छ ।

एमाले नेताहरूले पैसाको कुरा सुनेपनि नसुनेझैँ गरे । पटक–पटकको आग्रहपछि मुख्यमन्त्री कार्यालय पुगेकी उनले पटकपटक आर्थिक संवाद गरेको स्रोतले बताएको छ । करोड हाराहारीको आर्थिक जुटाउन नसक्ने एमाले नेताहरूले स्पष्ट पारेपछि बुधबार बिहानै सांसद वली मुख्यमन्त्री निवासबाट निस्केकी थिइन् ।

उनी मुख्यमन्त्री कार्यालयबाट माओवादीनिकट ठेकेदार एकराज बस्नेतको सम्पर्कमा पुगेपनि एमालेविरूद्ध नाटक मञ्चन गरेको एमाले नेताहरू बताउँछन् । एमाले लुम्बिनी प्रदेशसभाका एक सदस्य भन्छन्, ‘मागेजति पैसा दिए कमाल, नदिए बन्धक, यस्तो लाजमर्दाे पनि हुन्छ । कहाँ गयो सांसदको नैतिकता तिनाउ खोलाले बगायो । अझ् दिउँसै सांसद किन–बेच गर्ने माओवादीहरूको रोइलो ।’

प्रतिक्रिया:

सम्बन्धित खवर